हिजो हाम्रो अफिसको दाईको मोटरसाइकल दुर्घटना भएको हुँदा हामी अफिसको साथीहरु उहाँलाई हेर्न बि एण्ड बि हस्पिटल पुगेको थियौं ।
फर्कदा बाटोमा आफू बिरामी भएको क्षणहरु सोच्न पुगे। म कक्षा ३ मा हुँदा थाइमा गाडे पिलो आएको थियो अनी अपरेसन गर्न काठमाडौं आउनु परेको थियो ।
अपरेसन गर्दाको क्षणहरु अहिले अलिअलिमात्र याद आउँछ । के याद आउँछ भने मलाई अपरेसन गर्न अगाडि सायद १ दिन होला, खानेकुरा खान दिइएको थिएन । मलाई मेरो थाइ टनटन भएर दुखीरहेको याद छ। लुगा फेराइएको याद छ । सायद हरियो लुगा होला अपरेसन थिएटरमा पस्दा लगाउने । अनी आफ्नो बेड देखी स्ट्रेचरमा राखेर अपरेसन थिएटर पुर्याइएको थियो । छेउ छेउमा बुवा आमा हुनुहुन्थ्यो मलाई नडराउन भनिरहनु भएको थियो।
बुवा आमासँग अपरेसन थिएटर बाहिर छुट्टिएकोपनि कता कता सम्झनामा आउँछ । त्यसपछीको एउटा क्षणचै आँखामानै झुण्डिएको छ भन्दा फरक पर्दैन । त्यो क्षणमा मलाई अपरेसन थिएटर भित्र पुर्याइएको हुन्छ । मलाई स्ट्रेचरबाट अपरेसन बेडमा सारीन्छ । म ठुलो ठुलो आँखा पारेर हेरिरहेको हुन्छु सिलिङतर्फ । डाक्टर अनी नर्सहरु हरियो लुगा लगाएर मुख छोपी मेरो छेउ छाउ उभीरहेका हुन्छन । म त्यतिनजेल सम्म बेहोस् भईसकेको हुँदिन । मलाई औषधीले छुदैन कि क्या हो भन्ने मनमा लागिरहेको हुन्छ । हेर्दा हेर् दै सिलिङमा भएको गोलो आकारको चिज जुन भित्र गोलो आकारकै स-साना पाँचवटा जति होला बत्ती बालिएको साधन म देखी अलि माथि आइपुग्छ । औषधीले छुदैन कि क्या हो भन्ने सोचेर म डराइरहेको हुन्छु । तर एकछिनमै म केही थाहा पाउदिन । जब म उठ्छु मेरो थाइमा पोका जस्तै झुण्डाइएको हुन्छ अनी त्यो चै ब्यानडेज हुन्छ।
अनी मलाई नर्सहरु आएर 'कस्तो छ बहिनी भन्दै सोध्छ्न् । म चै बोलिरहेको हुँदिन । वरपर हेर्छु सुनसान हुन्छ । अहिले थाहा पाउँदा त्यो आइ सि यू रहेछ । केही घण्टा पछी मलाई त्यहाँ बाट निकालेर बेडमा लगिन्छ।
हातमा स्लाइन लगाइदिइएको हुन्छ । सम्झ्यो भने अहिले पनि दुख्छ । १४ बर्ष अगाडि लगाएको त्यो स्लाइन लाउँदाको पिडा अहिले पनि मेरो दिमागमा ताजानै छ। स्लाइन लगाउन मेरो हातमा नसा नभेटिएर कत्रो आपत् परेको थियो रे । त्यो चै केही थाहा छैन । नर्सहरुले हातमा नसा नै फेला पार्न नसकेर मेरो हातको थुप्रै ठाउँमा सुइले घोचेको थियो रे अनी बच्चालाई यती धेरै घोच्ने भनेर मेरो बुवाको झगडापनी परेको थियो रे ।
मलाई हेर्ने डाक्टरको पनि याद आउँछ । मलाई धेरै माया गर्नु हुन्थ्यो । उहाँको अनुहार गोलो गोलो थियो अनी चस्मा लगाउनु हुन्थ्यो । धेरै आग्लो पनि हुनुहुन्नथ्यो।
म बेडमानै सुतिराख्थे । बुवाले भिडियो गेम किनिदिनु भएको थियो । त्यो टेट्रिस गेम हुन्छ नि त्यसतो खालको ब्रिक्स मिलाउने । म त दिन दिनै खेल्दा खेल्दा यती च्याम्पीयन भएको थिए कि मलाई कसैले भेटाउन सक्दैन थियो। ट्यक ट्यक ठुस्स झवम्म यस्तै आवाज निकालेर खेलिराख्थे । धेरै खेलेर होला नर्सले मलाई आवाज ननिकाली खेल है भन्नु हुन्थ्यो । अनी म मिउट मा लगाएर खेल्थे । पछी त एउटा मोटी नर्सले यो बच्चाले के खेल्छ भनेर म सँग भिडियो गेम मागेर खेल्न पो थाल्यो । मसँग जहिले मागेर एक्छिन खेलेर ल्याइदिन्थिन ।
एउटा बिदेशी साथीले मलाई कथाको किताब ल्याइदिएकी थिइ। त्यो किताब अङग्रेजी किताब थियो अनी त्यहाँ भएको कथाहरु विश्वा प्रसिद्ध बाल कथाहरु रहेछ जस्तै सिन्ड्रेला,रापुन्जल , स्नो वाइट।
खाना खान मनपर्दैन थियो त्यसैले बुवाले मलाई आलु र म म ल्याइदिनु हुन्थ्यो । सायद बफ म म होला। म त्यती बेला साकाहारी थिइन । आलु र म म चाँही खुब मन पर्थ्यो ।
लामो समय सम्म पनि घाऊबाट पिप आउन रोकिएन । ड्रेसिङ गरिराख्नु पर्थ्यो । एक जन फुपु आएर आलु र म म नखाने सल्लाह दिनु भयो । त्यस्तो खान ले घाऊ पाक्छ भन्नु भयो । अनि बुवा आमाले खान दिन छोड्नु भयो । सायद २० दिन बसिसकेको थियौ हस्पिटलमा। साँच्ची त्यो चिज खान छोडे पछी घाऊ सुक्दै आयो । अनि म निको हुन थाले । फिजीयोथेरापी पनि जोइन गर्न पर्यो ।
यसरी म पुरै निको भएँ । मलाई डिस्चार्ज गरियो तर खुट्टाले अझै राम्रो नटेकेको हुनाले बैशाखी टेक्नु पर्ने सल्लाह दिइयो । म फर्कदा प्लेनबाट बैशाखी टेक्दै निक्लदा त सानो दाई झसङग् भएछ।
घाऊ , हस्पिटल , बैशाखी यि सब अब त सम्झनामा थाक लागे मेरो जिन्दगीको पानाहरु बन्न पुग्यो । कुनै बिर्सिसकिएको पाना कुनै बिर्सननसकिएको पानाहरु ................