कलेज पढ्ने सिलसिलामा काठमाडौं आएपछी लोहोरुङ समाज सँग जोडिने मौका पाइयो ।२०६१ सालामा पाटन कलेज मा भएको महाधिबेशन मा डम्मर लोहोरुङ( काका ) मैले चिनेको पहिलो लोहोरुङ अधक्ष्य हुनुभयो । त्यसै अन्तर्गत् NGO-FONIN सँग जोडिने मौका मिल्यो । NGO FONIN लोहोरुङ संस्था साथसाथै १४ वटा अरु जातिय संस्था को छाता सँगठन थियो । आदिवासी हरुको हक अधिकार को बारेमा जानकारी भयो । थुप्रै आन्दोलन मा भाग लियौ । सुचिकारणको लागी आवाज उठाउने काम हरु भयो । आदिवसी सँग सम्ब धि तालिम अनि भ्रमण मा भाग लिने अवसर मिल्यो । तीन बर्ष जती समुहमा सकृय भएपछी व्यक्तिगत कारण जगिर तिर बाटो मोडियो । सकृय हुन नसकेपनी समय समयमा समुहमा हुने कार्यक्रम हरु मा सहभागी भ इ रखेको छु । मैले भाग लिएको केहि कार्यक्रम निम्न अनुसार ब्यक्खा गर्न चाहन्छु :
थान कोट बनभोज कार्यक्रम (२०६१)
मैले लिएको पहिलो लोहोरुङ समुहको पहिलो समुहिक कार्य यही नै थियो । यो बन भोज कार्यक्रम मा थुप्रै लोहोरुन्ङ्हरु उपस्थित हुनुहुन्थ्यो । साह्रै रमाइलो पनि भएको थियो ।
मशाल प्रदर्शन ( २०६४ भदौ )
यो साता व्यापी आन्दोलन थियो । यस को मुख्य
उदेश्य आत्मा निर्णयको अधिकार सहित को सं ग्घीय गणतन्त्रको स्थापना गर्न
को लागि दबाब दिने कार्यक्रम थियो ।
नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव र फुड फेस्टीबल (२०६५ जेष्ठ)
लोहोरुङ
महिला समुहले नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सवको फुड
फेस्टीबलमा भाग लिए थियौ। यो फुड फेस्टिवल जेष्ठ २४ देखी २७ गते सम्म ४ दिन
चलेको थियो। लोहोरुङ खानाहरु जस्तै चाम्रे, वाचेपा, मासिकदाम,सरुवा आदी
समबेश गरिएको थियो । यो हरेक साल आयोजना हुन्थ्यो र लगातर ५ बर्ष सम्म भाग
लिएका थियौ ।
हस्ताक्षर संकलन कार्यक्रम (२०६५ साउन)
यो कार्यक्र्म मा हस्ताक्षर संकलन गरेर संविधानन सभाको पहिलो बैठकमा सभा अध्यक्ष मर्फत संविधानन सभासध हरु समक्ष बुझाउने थियो ।
अन्त राष्ट्रिय आदिवासी दिवस (२०६५ भदौ)
यो कार्यक्रमा टुडिखेल देखी र्यली गरेर दसरथ रङशलामा अन्त गरिएको थियो साथै लोहोरुङ खानाको स्टल पनि रखिएको थियो ।
कैलाली कंचनपुर भ्रमण
मुक्त कमैयाको आन्दोलन नजिक बाट बुझ्न को लागि यो भ्रमणको आयोजन भएको थियो ।
जनजाती आदिवसी संबन्दी तालिमहरु
रणनीतिका , प्रस्ताव लेखान, पत्रकारिता, कार्यालय ब्यबस्थापान आदी तालिम हरु मा सहभागएए हुने मौका मिल्यो ।
2011 पर्यटन बर्ष उत्सव
यो कार्यक्रम २०६७ चैत्र महिनामा भएको थियो । यो कार्यक्रमा लोहोरुङ समुदायको झाकी प्रदर्शन गर्नु को साथै खाना को स्टल पनि रखिएको थियो ।
लोहोरुङ देउसी भैलो कार्यक्रम
बर्ष पिछे गरिने यो कार्यक्रम सबै भन्दा निरन्तर भ इ रहेको कार्यक्रम को । धेरै भन्दा धेरै लोहोरुङ्हरु समाबेश हुने यो कार्यक्रम मा म पनि नछु टाइ सहभाग गि भएको छु अहिले सम्म ।
No comments:
Post a Comment