Tuesday, August 13, 2019

दिनहरु

आज मिति १३ अगस्त  २०१९ ।
मेरो छोरा निवा  पनि सात बर्ष पुगेर आठ  लाग्यो । अहिले कक्षा २ मा पढ्दै छ ।मेरो जिन्दगी उसैको सेरोफेरोमा बितिरहेछ । उसलाई स्कुल लाने । पढाउने । नुहाउने । घुमाउने । आदी  कामहरु नै मुख्य काम हरु  हुन ।

 यसो सोच्दा लाग्छ जिन्दगी यतिकै कट्दो  रहेछ । फरक फरक अनुभब हरु मा । आफु केटा केटी हुँदाको अनुभब । बिद्यार्थी हुँदाको अनि कामकाजी हुँदाको र अहिले बच्छ हुर्काउदाको । सबै अनुभब हरु मा आफ्नो आफ्नो तितो मिठो कथा हुदो रहेछ । अहिले सम्झदा पुरानो अनुभब रमाइलो लाग्छ अनि फेरी पछी फेरी फर्केर हेर्दा अहिलेको अवस्था को मिस गर्न थालिदो रहेछ ।

सन्तानको माया पनि अचम्मको हुदो रहेछ । जती माया ख नाए पनि  नसकिने । एकोहोरो । कहिले काही डर लाग्छ । धेरै मायाको । अनि फेरी म आफैलाई सम्झन  पुग्छु । जिन्दगी चक्र रहेछ । घुमी रहने ।