Thursday, August 3, 2017

लाखे

म : 'यो लाखे लाई पैसा दिनु न '
आमा : ' कती चोटि दिइ सके तर कहिल्यै राम्रो मुकुन्डो  किन्ने होइन  '

अनी लाखे र आमाको बाल्यकालको कथा सुरु हुन्छ

हरेक जनै पुर्णिमा मा गाई जात्रा - लाखे, गाउं हुँदै पर देवी खोलामा सेलाउन पुग्थ्यो । हरेक ठुला बाडाको   घरमा पैसा उठाउने र खाजा खाने काम हुन्थ्यो । लाखे सँगै मारुनी पनि हुन्थ्यो । लाखे थाके पछी मारुनी नाच्ने गर्थ्यो ।
 तरुनी , तन्नेरी जती सबै टाढा को बजार जान्थे भने बच्चा र बुढा  बुढी हरु चै गाउ कै लाखे हेरेर दाङग पर्थे ।

पल्लो गाउमा नेवारी बस्ती थियो । उनिहरु माटो को भाडा बनाउथे र कृषि पनि गर्थे । गाई जत्रा तेही बाट सुरु हुन्थ्यो । अनी सँग सँगै लाखे पनि । हामी बच्चाहरु तेही जान्थ्यौ । सुरु भए देखी न सेलाए सम्म हामी पछी पछी लाग्थ्यौ  ।

लाखे अग्लो थियो । साधारण मनिस भन्दा अग्लो । आकाश नै छुने गरी नाच्थ्यो । टाउको हल्लाउदै नाच्थ्यो । ठुलो मकुन्डो र लामो अनी  राम्रो जामा लगाएको हुन्थ्यो ।

अघिल्लो दिन  रात परेपछी लाखे आफ्नो गाउ फर्किन्थ्यो । हामी हाम्रो घर । भोली पल्ट बिहान भुइगल बाट लाखे कहिले आउछ भनेर बाटो हेर्थ्यौ । लाखे आउथ्यो नाच्थ्यो अनी जान्थ्यो । अघिल्लो दिन हाम्रो घरमा आउन नभ्एर हाम्रो घरमा दोस्रो दिन आउथ्यो ।

त्यसपछी गाउ नै  लाखेमय हुन्थ्यो। बारीको  मकैको जुङगा जती  सबै टाउकोमा हुन्थ्यो । त्यस पछी ....

ढंग ढंग कुटी  ढंग ढंग...ढंग ढंग कुटी  ढंग ढंग.... ढंग ढंग कुटी  ढंग ढंग....