Showing posts with label lohorung. Show all posts
Showing posts with label lohorung. Show all posts

Wednesday, July 15, 2026

लोहोरुङ समाज र मेरो केहि अनुभव

कलेज पढ्ने सिलसिलामा काठमाडौं आएपछी लोहोरुङ समाज सँग जोडिने मौका पाइयो ।२०६१ सालामा पाटन कलेज मा भएको महाधिबेशन मा डम्मर लोहोरुङ( काका ) मैले चिनेको पहिलो लोहोरुङ अधक्ष्य हुनुभयो ।  त्यसै अन्तर्गत् NGO-FONIN  सँग जोडिने मौका मिल्यो । NGO FONIN लोहोरुङ संस्था साथसाथै  १४ वटा अरु जातिय संस्था को छाता सँगठन थियो । आदिवासी हरुको हक अधिकार को बारेमा जानकारी भयो । थुप्रै आन्दोलन मा भाग लियौ । सुचिकारणको  लागी आवाज उठाउने काम हरु भयो ।  आदिवसी सँग सम्ब धि तालिम अनि भ्रमण मा भाग लिने अवसर मिल्यो । तीन बर्ष जती समुहमा सकृय भएपछी व्यक्तिगत कारण जगिर तिर बाटो मोडियो । सकृय हुन नसकेपनी समय समयमा समुहमा हुने कार्यक्रम हरु मा सहभागी भ इ रखेको छु । मैले भाग लिएको केहि कार्यक्रम निम्न अनुसार ब्यक्खा गर्न चाहन्छु :   

थान कोट बनभोज  कार्यक्रम (२०६१)
मैले लिएको पहिलो लोहोरुङ समुहको पहिलो  समुहिक कार्य यही नै थियो । यो बन भोज कार्यक्रम मा थुप्रै लोहोरुन्ङ्हरु  उपस्थित हुनुहुन्थ्यो । साह्रै रमाइलो पनि भएको थियो । 

 मशाल प्रदर्शन ( २०६४ भदौ )
यो साता व्यापी आन्दोलन थियो । यस को मुख्य उदेश्य आत्मा निर्णयको अधिकार सहित को सं ग्घीय गणतन्त्रको स्थापना गर्न को लागि दबाब दिने कार्यक्रम थियो ।

 नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव र फुड फेस्टीबल (२०६५ जेष्ठ)
लोहोरुङ महिला समुहले नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सवको फुड फेस्टीबलमा भाग लिए थियौ। यो फुड फेस्टिवल जेष्ठ २४ देखी २७ गते सम्म ४ दिन चलेको थियो। लोहोरुङ खानाहरु जस्तै चाम्रे, वाचेपा, मासिकदाम,सरुवा आदी समबेश गरिएको थियो । यो हरेक साल आयोजना हुन्थ्यो र लगातर ५ बर्ष सम्म भाग लिएका थियौ ।

हस्ताक्षर संकलन कार्यक्रम  (२०६५ साउन)
यो कार्यक्र्म मा हस्ताक्षर संकलन गरेर संविधानन सभाको पहिलो बैठकमा सभा अध्यक्ष मर्फत संविधानन सभासध हरु समक्ष बुझाउने थियो ।    

अन्त राष्ट्रिय आदिवासी दिवस (२०६५ भदौ)
यो कार्यक्रमा टुडिखेल देखी र्यली गरेर दसरथ रङशलामा अन्त गरिएको थियो साथै लोहोरुङ खानाको स्टल पनि रखिएको थियो ।

कैलाली कंचनपुर भ्रमण
मुक्त कमैयाको आन्दोलन नजिक बाट बुझ्न को लागि यो भ्रमणको आयोजन भएको थियो ।

जनजाती आदिवसी संबन्दी तालिमहरु
रणनीतिका , प्रस्ताव लेखान, पत्रकारिता, कार्यालय ब्यबस्थापान आदी तालिम हरु मा सहभागएए हुने मौका मिल्यो । 

2011 पर्यटन बर्ष उत्सव
यो कार्यक्रम २०६७ चैत्र महिनामा भएको थियो । यो कार्यक्रमा लोहोरुङ समुदायको झाकी प्रदर्शन गर्नु को साथै  खाना को स्टल पनि रखिएको थियो । 

लोहोरुङ देउसी भैलो कार्यक्रम
बर्ष पिछे गरिने यो कार्यक्रम सबै भन्दा निरन्तर भ इ रहेको कार्यक्रम को । धेरै भन्दा धेरै लोहोरुङ्हरु  समाबेश हुने यो कार्यक्रम मा म पनि नछु टाइ सहभाग गि भएको छु अहिले सम्म ।


Wednesday, March 23, 2011

'लोहोरुङहरु बडी इमोसनल हुन्छ हो ? ' सर गम्भीर मुद्रामा सोध्नु हुन्छ
' Charlotte E. Hardman ले सबै भन्दा पहिले लोहोरुङको इमोशनको बारेमा किताब लेखेको र सबैले उसलाई रेफरेन्स लिएको हुनाले लोहोरुङको इमोशनको बारे धेरै सामाग्री भएको हो ' म उत्तर दिन्छु

मन मनै बेस्सरी हासो उठी रहेको हुन्छ...

Tuesday, July 27, 2010

मेरो बूट जुत्ता भित्रको सिद्धन्त

म कैयौ दिन देखि निरन्तर हिडिरहेछु। घुमाउरो डाँडाहरुमा । राइ गाँउको दक्षिणी अरुण खोलामा । मेरो वरपर लोहोरुङ गाँउ लडिरहेछ । उर्लेको खुला खोलाले उपत्यकाका भागहरु छुट्टाएको देखिरहेको छु । हिमालहरु भन्दा पुरानो , सानो सानो खोलाहरु यसमा मिसिएकोले आफ्नै सानो उपत्यका, गहिरो खोंच र अनगिन्ती भिरालो जमिन बनाएको छ । मानौ एउटा लामो धर्का तल नदी देखि खाँदबारी - माथिल्लो अरुणको मुख्य बजार सम्म जुन ४००० फिट सम्म बनाएको देखिन्छ ।

जति म हिड्दै जान्छु त्यती दृश्यहरु बदलिदै जान्छन् । मेरो पहिलो दृश्य छाप नटुङगिने खोलाले ,रातो माटो को टाटाहरु , खैरो चट्टान र ठुला ढुङ्गाहरुले छोडेको हुन्छ जसको बनावट प्रकाश ले बदलिदिन्छ । कहीले काही ति काला भएर निस्किन्छन अनी कलिलो हरियो हल्लिरहेको धानको छायाहरु- गाडा बैजनी हरियो जङल सँग ठोकिन्छन। तल्लो भिरालोको sub tropical बनस्पति - सितल हल्लिरहेको केराको रुख र छरितो बाँसहरुको रहस्य थाहा पाउन पातालिन्छन् । तिनीहरुको अग्लो हाँगा चट्टान र टुप्पोमा हिउँले ढाकिएको हिमाल बिरुद नुहेको हुन्छ । मानिसहरु जसलाई लोहोरुङ भनेर मैले भेट्नु भन्दा पहिला यही भु बनोट र प्रकिर्तिक विश्वले मेरो मानसपटलमा हिर्काउँछ जहाँ लोहोरुङहरु बसोबास गर्छन् ।

नोट : अनुवाद गर्ने कोशिश गर्दै छु । यो किताब ' Other Worlds' (Charlotte E. Hardman) को पहिलो अध्याया हो । फुर्सद मिलेसम्म क्रमश अनुवाद गर्दै जाने छु ।