म: तिमी पनि हतरमा हो?
टिकटिके किरा : हो नि ।
म : सबै जना कति सारो हतारमा हो। ल ठीक छ अफिस जाँदापो ट्रेन छुट्छ भन्ने डर तर यहाँ त घर फर्कदा पनि त्यतिकै हतार ।
टिकटिके किरा : बाइ द वे मलाई पनि हतार छ है । बाइ बाइ
ए हो त है तिमी त बिकसित देश को टिकटिके किरा पो पर् र्यौ त ( मनमनै बिचार गर्छु त्यतिन्जेल टिकटिके किरा उडी सकेको हुन्छ )
Showing posts with label Guff. Show all posts
Showing posts with label Guff. Show all posts
Thursday, May 26, 2011
Tuesday, May 24, 2011
यता उता पृथिवी तिरै
बेलुकाको साँढे आठ बज्न लाग्यो । पल्लो घरको झ्यालमा घाम टिलिक्क टल्किरहेछ । के अचम्म हो। संसार पनि बिचित्रको छ। कुन ठाउँमा यही समयमा राती भई सक्छ कुन ठाउँमा घाम टल्किन्छ । मान्छेको सोचाइ साह्रै सागुरो हुदो रहेछ। कुनै कुरा नदेखे सम्म त्यही कुरा सत्य अनी देखिसके पछी त्यही कुरा गलत । के कुरा सत्य के कुरा गलत त्यो पनि कहिल्यै एकनास नहुदो रहेछ ।
Labels:
Blogging,
Experiance,
Guff,
life,
Observation,
Opinion
Saturday, July 4, 2009
बिथ्थमाको पोस्ट
ओहो के हो यस्तो ! मन मनै प्रश्न गर्न मन लाग्छ । ईन्टरनेट ले नि दास नै बनायो । ईन्टरनेट नचलाऊदा त के छुटेको के छुटेको जस्तो पो लाग्छ ।
मलाई किन यस्तो लाग्छ भनेर प्रश्न गरेको त उत्तर त साईबर धाइ धाइ ईन्टरनेट चलाको तेइ भएर भन्ने पो आउदो रहेछ बा।
के हो यसो हेर्छु साबरमा त कोही छैन । मलाई मात्र ईन्टरनेट चलाऊनु पर्ने हो कि के हो ! एउटा फुच्छे हो कि फुच्ची छेउ मा गेम खेल्दै थियो त्यो पनि गएछ । फ्यान को आवाज अनी के के को आवाज हो सुनिदै छ । फोन कस्तो सारो कराको ।
अँ एउटा कुरा पो लेख्न मन पर्यो । कलमबिर घोताने( http://mero-bichaar.blogspot.com/ को ब्लग हेरेको त त्यहाँ ओबामालाई नेपाली लुगामा देख्न पाये । अनी त के यो दिमागमा दिक्सुङको याद आयो । उसलाई यो संसारमा एउटा मात्र केटा मन पर्छ रे अनी त्यो चै ओबामा । म त दिक्सुङ्को चोइस देखेर छक्क परेको थिए ।

Monday, January 5, 2009
स्वदेश
अस्ती स्वदेस फिल्म हेर्दै थिएँ । मेरो मनपर्ने फिल्महरु मध्ये एउटा फिल्म हो यो। यो फिल्मको सबै कुरा मलाई मनपर्छ। कथा ( अली व्यबहारिक नलागेपनी ), संगीत, छायंकन, फिल्मको सरलता सबै राम्रो लाग्छ। धेरै पटक हेरिसके । जती हेरेपनी राम्रो लाग्छ।
यसपाली हेर्दा चै के लाग्यो भने नेपालमा बिजुली संकट परेको बेला त्यो फिल्मको पात्र मोहन जस्तै धेरै मोहनहरु नेपालमा चाहिएको छ भन्ने लाग्यो । हुन त गीता जस्तो पात्र पनि चाहिएको छ । नेपालमा शिक्षाको ज्योति फैलाउन ।
त्यो फिल्मको गितको टुक्रा नेपालीमा लेख्दै छु
थोपा थोपा मिल्यो भने खोला बन्छ
थोपा थोपाले नै बन्छ सागर
थोपा बिना सागर केहीपनी हैन ।
हामीले अरुलाई वास्ता गर्न छोड्यौ भने
हामी एक्लै पर्न सक्छौ
त्यसैले हामी सबै मिलेर धारा बनौ ।

Monday, August 4, 2008
फ्रेन्डशिप डे
हिजो फ्रेन्डशिप डे । गर्न त त्यस्तो धुम धढाका केही गरिदैन तर पनि अरु दिन जस्तो युजल दिन पनि हुँदैन यस्तो दिनहरुमा । विश गरेपनी नगरेपनी फरक पर्दैन तर कसैले विश गर्दा रमाइलो लाग्छ। शायद यही हो कि फ्रेन्डशिप डे को बिशेषता। मलाई बिहानै तेन्जिङले यस एम यस छोडिदिसकेको रहेछ तर मैले तत्काल नै रिप्लाई गर्न ढिलो भएँ। जे भएपनी मैले पनि उस्लाई ढिलै भएपनी विश गरे।
फेरी एकछिनमा झर्नाले मिस्कल छोडिदिसकेछ। उस्लाई पनि ढिलै भएपनी फोन गरेर विश गरे। पालो थियो बिनुको। उस्लाई आँफै फोन गरे । 'ह्यपी फ्रेन्डशिप डे' भनेको त ' वोइ आज फ्रेन्डशिप डे हो? ' पो भन्यो अनी मैले 'तिमिले बिर्सेंको ' भने । उस्ले पनि जिस्कदै भनिहाल्यो 'भ्यालेनटाइन डे मात्र थाहा हुन्छ क्या' ल ल ठिकै छ मैले भने अनी एकछिन पछी फोन राखे। फोन राखिसकेर मेसेज आयो । बिनुकै रहेछ । मेसेज यस्तो थियो ...
oi dear fren HAPY FRIENDSHIP DAY.me na so careless dirty gal.kep remindin me la.luv u.
मुसु मुसु हाँसे । जे होस् मलाई मन पर्यो उस्को मेसेज। अन्तिम पालोमा चै अर्चना पर्यो । उस्लाई चै भेटेर नै हात मिलाएर भने 'ह्यपी फ्रेन्डशिप डे '

Monday, March 3, 2008
'लाकुरी भञजाङको बच्चाहरु'
'के खेलेको ?'
उनिहरु बोलेनन् ।
'गोट्टी खेलेको ?'
सबैजना चुपचाप।
'कसरी खेल्ने?'
अब थाहा भयो उनिहरु किन नबोलेको भनेर , हामी शहरीया नौलो मान्छेलाई देखेर पो रहेछ।
कुरा गर्ने जोश उस्तै छ अनी फेरी सोध्छु ' स्कुल जान्छौ तिमीहरु?'
'जान्छौ' बल्ल बल्ल बोल्यो एकजना।
'अनी आज स्कुल छैन? '
'छुट्टी'
'के को छुट्टी ?'
'पर्सी देखी जाँच छ'
ओहो !! पर्सी देखी जाँच अनी उनिहरु यसरी गोट्टी खेलिरहेको ! अचम्म माने।
गोजीमा भएको चकलेट बाडिसकेपछी सोचेँ 'शायद यि मध्ये कोही बिलियम शेक्स पियर , देवकोटा, क्युरि पनि त हुन सक्छन'।
Friday, November 30, 2007
पैसा र सुख
'Who said money can't buy happiness?' निकुन्ज दिदिले भन्नु भयो 'आज मैले दुइवटा सल पाँए र म एकदम खुशी छु।दुई वटा नचलाइएक सलहरुलाई फेरी रङ र बुट्टा भरेर पुरनो सलहरुलाई नयाँ बनाएपछी उहाँले त्यस्तो भन्नु भएको थियो।
यसोदा दिदीले 'Sometimes money buy happiness' भन्न नपाउँदै गितिका दिदिले 'Money can buy happiness almost every time' भनिहाल्नु भयो।
पैसाले कहिले सुख दिन्छ त कहिले काही दु:ख। साँच्चै यो पैसा भन्ने कुरा, हुँदा पनि नहुने नहुँदा पनि नहुने चिज रहेछ।

Subscribe to:
Posts (Atom)