Showing posts with label Family. Show all posts
Showing posts with label Family. Show all posts

Friday, July 17, 2026

बुवालाई एउटा चिठी

 

नोट: आमाले आफ्ना बुवाको सम्झनामा चौध वर्षअघि लेख्नुभएको चिठी। 


मिति: २०६९/०८/१०

प्रिय बुवा,

हामी सबै यहाँ सन्चै छौँ। तपाईं पनि जहाँ हुनुहुन्छ, त्यहाँ शान्ति र सुखमा हुनुहुन्छ भन्ने विश्वास गर्छु।

हरेक बिहान करिब पाँच बजे उठेर ध्यानमा बस्ने मेरो बानी छ। त्यस बेला आकाशमा एउटा चम्किलो तारा देखिन्छ। म त्यसै तारालाई तपाईं सम्झेर हेर्छु र मनमनै भन्छु, "बुवा!" त्यो तारा तपाईं नै हो जस्तो लाग्छ। त्यसैले तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ आनन्द र आराममा हुनुहुन्छ भन्ने अनुभूति हुन्छ।

बुवा, तपाईंलाई एउटा खुसीको खबर सुनाउन मन लाग्यो। अहिले अलैँचीको मूल्य बढेर प्रतिमन ४० हजार रुपैयाँ पुगेको छ। अझ तीन वर्षअघि त यसको मूल्य ६० हजार रुपैयाँसम्म पुगेको थियो। तपाईं हुनुहुन्थ्यो भने यो खबर सुनेर कति खुसी हुनुहुन्थ्यो होला! अलैँचीप्रति तपाईंको माया र मेहनत सम्झँदा अहिले पनि मन भरिन्छ। तर नियतिले तपाईंलाई धेरै छिट्टै हामीबाट टाढा लग्यो।

तपाईंले छोडेर जानुभएको भैँसी अहिले पनि घरमै छ। उसले राम्रो दूध दिन्छे, र घिउ पनि निकै स्वादिलो हुन्छ। त्यस भैँसीको दूध र घिउ हामीले कति खायौँ, त्यसको हिसाब नै छैन। उसले हरेक वर्ष बाछाबाछी पनि जन्माउँछे। साँच्चै, कति राम्रो भैँसी छ। आमाले धेरै दुःख गरेर अझै पनि त्यसलाई माया गर्दै पालिरहनुभएको छ।

तर तपाईंलाई धेरै माया लागेको गाई भने तपाईं जानुभएको वर्षमै मरिन्। कहिलेकाहीँ मनमा लाग्छ, सायद त्यो गाई पनि तपाईंलाई धेरै माया गर्थी। त्यसैले तपाईं गएको धेरै समय एक्लै बस्न नसकेर तपाईंलाई नै साथ दिन आइपुगी होली। अहिले तपाईंहरू दुवै जहाँ हुनुहुन्छ, सँगै हुनुहुन्छ कि जस्तो लाग्छ।

बुवा, तपाईं हामीबीच शारीरिक रूपमा नभए पनि तपाईंका सम्झना, तपाईंले सिकाएका मूल्य र तपाईंले देखाउनुभएको जीवनको बाटो आज पनि हाम्रो साथमा छन्। तपाईंको अभाव कहिल्यै पूरा हुँदैन, तर तपाईंले छोडेर जानुभएको प्रेरणाले हामीलाई सधैँ अघि बढ्न हौसला दिइरहेको छ।

जहाँ हुनुहुन्छ, सधैँ शान्तिमा रहनुहोस्। हामी तपाईंलाई हरेक दिन सम्झिरहेका छौँ।


तपाईंको छोरी

 रुकमिणी जिमी

काठमाडौं

 

 

 


Thursday, July 16, 2026

मेरो मावली हजुरबुबा: एक असाधारण व्यक्तित्वको कथा


मानिसको महानता उसको सम्पत्ति वा पदले होइन, उसले समाजका लागि गरेको योगदानले मापन गरिन्छ। मेरो मावली हजुरबुबा पनि यस्तै एक असाधारण व्यक्तित्व हुनुहुन्थ्यो। उहाँलाई मैले प्रत्यक्ष रूपमा चिन्ने अवसर पाइनँ, तर आमाबाट सुनेका उहाँका जीवनका कथा र समाजप्रतिको योगदानले उहाँप्रति गहिरो सम्मान जगाउँछ।

आमाका अनुसार उहाँ साहसी, बुद्धिमान, मेहनती, दूरदर्शी र समाजसेवामा समर्पित व्यक्ति हुनुहुन्थ्यो। उहाँ आफ्नो गाउँ मात्र होइन, छिमेकी गाउँहरूमा समेत निकै लोकप्रिय हुनुहुन्थ्यो। उहाँले आफ्नो समयभन्दा धेरै अगाडि सोच्ने क्षमता राख्नुहुन्थ्यो र गाउँको विकासका लागि निरन्तर काम गर्नुभयो।

उहाँको महत्वपूर्ण योगदानमध्ये एउटा सङ्खुवासभा जिल्लामा पहिलो पटक अलैँची खेतीको सुरुवात गराउनु थियो। आज अलैँची पूर्वी नेपालको महत्वपूर्ण नगदे बालीमध्ये एक मानिन्छ। त्यतिबेला यस्तो खेतीको सम्भावना देखेर यसको विस्तार गर्न अग्रसर हुनु उहाँको दूरदर्शिताको उदाहरण हो।

कृषि क्षेत्रमा मात्र होइन, शिक्षाको विकासमा पनि उहाँको योगदान उल्लेखनीय थियो। उहाँले आफ्नै गाउँमा प्राथमिक विद्यालय स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो, जसले गाउँका बालबालिकालाई शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्‍यो।

त्यसैगरी गाउँको समग्र विकासका लागि उहाँले धेरै पूर्वाधार निर्माणका काममा नेतृत्व गर्नुभयो। पुल निर्माण, खानेपानी र सिँचाइको व्यवस्था, घट्ट (पानीघट्ट) सञ्चालन, विद्युत् र सञ्चार सेवाको विस्तार तथा स्थानीय बजार स्थापना जस्ता कामहरूले गाउँको आर्थिक र सामाजिक जीवनमा ठूलो परिवर्तन ल्याए। यी सबै कार्यले उहाँ केवल एक समाजसेवी मात्र नभई दूरदर्शी विकास अभियन्ता पनि हुनुहुन्थ्यो भन्ने स्पष्ट हुन्छ।

मेरो मावली हजुरबुबाको जन्म सङ्खुवासभा जिल्लाको मादी–वालिङ भन्ने सानो गाउँमा भएको थियो। उहाँका पिता धनबहादुर जिमी र माता अश्रानी जिमी हुनुहुन्थ्यो। उहाँ मझिया परिवारमा जन्मनुभएको थियो। त्यतिबेला मझिया परिवारका सदस्यहरू स्थानीय प्रशासनिक तथा सरकारी जिम्मेवारी निर्वाह गर्ने पदमा नियुक्त हुने परम्परा थियो। उनीहरूले राज्य र स्थानीय समुदायबीच समन्वय गर्ने, प्रशासनिक कामकाज सञ्चालन गर्ने तथा गाउँको नेतृत्व गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्थे।

दुर्भाग्यवश, उहाँका पिताको निधन सानै उमेरमा भयो। तर उहाँका हजुरबुबा जिम्मेवार मझिया हुनुहुन्थ्यो। उहाँले आफ्ना नातिलाई मझियाको जिम्मेवारी, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र जनसेवाको भावना सिकाउँदै हुर्काउनुभयो। सम्भवतः त्यही संस्कार र शिक्षाले पछि उहाँलाई गाउँको विकास र समाजसेवामा समर्पित व्यक्तित्वका रूपमा स्थापित गरायो।

मेरो मावली हजुरबुबाको जीवनले एउटा सन्देश दिन्छ—साँचो नेतृत्व भनेको आफ्ना लागि होइन, समाजका लागि काम गर्नु हो। उहाँले निर्माण गरेका विद्यालय, पुल, खानेपानी, सिँचाइ, बजार र अन्य विकासका आधारहरू आज पनि उहाँको दूरदृष्टि, नेतृत्व र समाजप्रतिको समर्पणका जीवित प्रमाण हुन्। उहाँको जीवनगाथा हाम्रो परिवारका लागि मात्र होइन, भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बनेर रहनेछ।

कृषि अध्ययन भ्रमणका क्रममा स्विट्जरल्यान्डमा

Wednesday, July 27, 2011

सानो गाँउ बाट सुरु भएको मेरो कथा

एउटा सम्पन्न परिवारमा मेरो जन्म भएको रहेछ । सम्पन्न यस अर्थमा कि धेरै गाँउलेलाई बिहान बेलुका बर्ष भरि खाना पुग्दैन थियो भने हाम्रो परिवारलाई पुग्दथ्यो । मेरो जुजु साह्रै मेहेनती हुनुहुन्थ्यो । सुनेको थिए उहाँ बच्चा हुँदा राम्रो सँग खाना नपुग्ने अवस्था थियो रे। किन पेटभर खाना पुग्दैन भन्ने कुराले उहाँलाई पिरोल्थ्यो रे। त्यसैले उहाँले धेरै मेहेनत गरेर खानु पुग्ने अवस्था भएको हो भनेर बुवाले भन्नु हुन्थ्यो ।

मलाई थाहा भए अनुसार उहाँ धेरै पशुपालन गर्नु हुन्थ्यो अनी कहीले काही ब्यापार गर्न कलकत्ता पनि जानु हुन्थ्यो । नपढेको मान्छे ब्यापार गर्न गाह्रो भएको थियो होला त्यसैले बुवालाई लेखपढ गर्न टाडाको सदरमुकाम पुराउनु भएको कुरा बुवाले मलाई सुनाउने गर्नु हुन्थ्यो। झन मेरो पालोमा त घरमै मास्टर राखेर पढाउनु थाल्नु भएको थियो। उहाँको शिक्षा प्रतिको चेतनाले गर्दानै म मेरो गाँउको पहिलो ग्र्याजुएट ( बि ए ) भएको छु र मैले मेरो जिबिको पार्जन कलम चलाएर नै गर्ने मौका पायेँ।

क्रमस :

(कथा बुवाको
शब्द आफ्नै )

Wednesday, October 15, 2008

दाजुको बिहे पछीको कुरा .....


दाजुको बिहे पनि सकियो । सबै जना आफ्नै धुनमा लागिसक्यौ । समय पनि कती चाडै बित्छ । काठमाडौं आएको पनि हिजो अस्ती जस्तो लाग्छ । तिनकुनेमा बसेको हिजो अस्ती जस्तो लाग्छ। आन्टीले दिनु भएको खानेकुरा हरुको झल्झली याद आउछ तिनकुने बस्दा को । अनी स्वयम्भु सरेको पनि भर्खर नै हो जस्तो लाग्छ। ४,५ बर्ष पनि थोरै समय हुँदो रहेछ । अबको दुई तीन बर्षमा त हाम्रो घरमा छुनु मुनु छुनु मुनु गर्ने बच्चा पनि हुन्छ होला कि दाजुहरु कतै बाहिर तिर गएर घरनै उजाड लाग्ने पो हुन्छ कि । भोली के हुन्छ भन्ने कुरा कसलाई पो थाहा हुन्छ र । जे भएपनी सबै जन खुशी अनी सुखी नै होस् यही मेरो कामना हो।

हाम्रो प्यारो भाउजुलाई स्वागत छ हाम्रो सानो छाप्रोमा जहाँ सुख अनी सुबीधा त छैन तर माया नै माया भरिएको छ भन्न चै फरक पर्दैन होला। आन्तिममा, खुशी लागेको छ रक्तपात भएन हाम्रो घरमा। शायद हामी सबैमा मानविय भावना उत्पन्न भईसकेछ । के यो नै हैन र नयाँ नेपालको चाहाना .....

Wednesday, October 8, 2008

Dashain Thing

Dashain of 2065 is running with a full speed. The weather is different, not too hot and not too cold. But it is marking a sign that the winter has come. My hands and feet have started to freeze.

Office is off for three days. Today is the second day of my dashain holiday and I have to join office from day after tomorrow. Nothing so rush although there is too little holiday.

College is closed for one month. So don't have to wake up early in the morning. Enjoying sleeping and staying at home.

This Dashain is really a different Dashain from the previous Dashain. We used to play cards, go to shopping, enjoy the long holidays etc.. Nothing is going like before. feeling lazy to play cards and going shopping( this is my hatest thing in the world).

There is a little excitement of my brother's wedding. Preparations have been done.

I am happy today, my dear granny ( Keshar Maya Jimee) is coming from Morang. I will go to Pick her to the airport. we'll chat a lot, litsten her stories and will take a lot of pics of her. She is a darling grandmother.

Tomorrow will be a grand day, so many people will be at home. Kaakaa, Kaaki, Bhai, Bahines, Phupu, Didis, Chyama, Boju and we the six members from my family. I am thinking what should be cooked .. Beans, Daal, Bhat, Meat, Cauliflower, Achar and Eggs. Hmm it will be a nice day. Planning to take a nice family Pic and a lot of pics for the remembrance of Dashain 2065.

Wednesday, September 24, 2008

दाजुको बिहेको प्रसङ्ग

मेरो ठुलो दाजुको पनि बिहे हुने भयो। सानो तरिकाले हुनेभयो । यो सानो तरिका चै कस्तो हुन्छ त्यो बिहे भैसकेपछीनै थाहा हुन्छ। अनी मेरो प्रश्न थियो कसरी हुन्छ बिहा अनी के के गर्नुपर्छ हाम्रो पट्टी बाट ? खै हाम्रो समुदायको खाट्टी बिहे कहिले खान पाइएकै छैन अहिलेसम्म । जहिले गाउँ देखी बाहिर ।

बुवाले भन्न थाल्नु भयो ' केटा पक्षको बाट मान्छेहरु बेहुलिकोमा जाने अनी त्यहाँ काम सकाएर हाम्रो घरमा ल्याउने । हाम्रो घरमा चै ह्यान्खुवा गर्नु पर्छ । ह्यान्खुवा गर्दा दुई वटा कुखुरा चाहिन्छ। म कराएँ 'कुखुरा?' ओहो त्यो कुखुराहरुलाई काट्ने होला हैन अनी हाम्रो घरमै काट्ने हो?

'हो त ' बुवा भन्नु हुन्छ । अनी बहिनी र म मुख बिगार्न थाल्छौ ।
'हाम्रो घरमा रगत हुन्छ ' खल्लो मनले म भन्छु ।
काटमार पहिले देखी नै मन नपरेपनी, मासु खान छोडेपछी त झन् पटकै मनपर्दैन।
' के गर्ने त आण्डा फुटाउने हो ! ' बुवा पनि यस्तो कुरामा विश्वाश गर्नु हुन्न अनी जिस्कदै भन्नु भयो
'बरु केक काट्न लगाउँ न ' भने मैले । 'कुखुराको आकारको बनाउ अनी केक काट्न लाउँ दाजु अनी भाउजुलाई '
'कहाँ दाजु भाउजुले काट्ने हो त याटङ्पा ( पूजारी ) ले पो काट्छ त ' बुवा ले जवाब दिनु भयो ।
यतिकैमा कुरा सकियो । तर साँच्चीनै के हाम्रो घरमा कुखुराको बध हुन्छ त । यो त समयले नै भन्छ । तर कुखुराको बध नहुनको लागि म अनी सानो दाईको चै बैठक राखेर हटाउने कोशीश गर्नु पर्ला । बाँकी कुरा के हुनेछ ब्लगमा लेखौला ।

Monday, May 5, 2008

आमा

आजको मेरो ब्लगको पोस्ट मेरो आमाको लागि समर्पित छ। मेरो मायालु आमाको लागि...


हुनत मैले म सानो छँदा आमालाई धेरै दु:ख दिएको छु। आमाको धेरै पिटाइ खाने बच्चा म नै हुँ। झगडा के कुरामा हुन्थ्यो थाहा छैन तर अहिले आमाले भन्नु भए अनुसार झगडा लामो हुने कारण मैले नै अन्त्यमा जित्नु पर्थ्यो रे अनी उहाँले मलाई जित्न दिनु हुन्नथ्यो रे। अचेल आमासँग कुरा गर्दा आमा छोरी खुब हाँस्छौ।


उमेरले मान्छेलाई परीपक्क बनाउदो रहेछ। उमेर सँग सँगै मैले आमाको महत्व बुझेको छु। उहाँको मायालाई बुझेको छु। अबत म मेरो आमालाई दु:ख दिने कुरा सोच्न पनि सक्दिन।


मेरो आमाको नाम रुक्मिणी जिमी हो। उहाँको नामको पनि कथानै छ। घरमा बोलाउने नाम 'साने' थियो रे। स्कुलमा नाम लेखाउन जाँदा हेडमासटर्ले नाम के हो भन्दा नाम नै रहेन छ अनी हेडमास्टरले नै अब देखी तिम्रो नाम रुक्मिणी है भन्नु भएछ। अनी मेरो आमाको नाम रुक्मिणी हुन पुगेछ।


मेरो आमालाई उहाँको नाम खुब मन् पर्छ । उहाँ कहिले काहीँ उहाँको हेडमास्टरलाई सम्झदै धन्यवाद दिनु हुन्छ। उहाँले आफ्नो बाल्यकाल संखुवासभाको एउटा बिकट ठाँउ मादी मुलखर्कमा बिताउनु भयो। त्यहाँको सम्झनाहरु धेरै छ । हामीलाई सुनाइ राख्नु हुन्छ । त्यसैले हामीलाई त्यहाँको बारेमा कन्ठस्त छ भन्दा फरक पर्दैन।


त्यस पछी मेरो बुवासँग बिहे भयो र बुवा जहाँ जानु भयो त्यहाँनै आमाको घर भयो।


मलाई आमाको धेरै माया लाग्छ । यो संसारमा आमाको माया मात्रै निस्वर्थी माया हुन्छ रे। आमाको लागि धेरै गर्नु पर्ने छ । धेरै खुशी दिनु पर्ने छ । मेरो लागि देख्नु भएको सपनाहरु साकार पार्नु पर्ने छ। असल छोरी बनेर जहिले खुशी राख्नु पर्ने छ।


यती मायालु आमा पएकोमा म भगवान लाई मेरो भित्री मन देखीनै धन्यवाद दिन चाहन्छु । संसारको सबै मानिसहरुलाई मायालु आमा दिनुहोस् जसले गर्दा सबैको मनमा माया नै माया होस् र विश्वामा शान्ति फैलिरहोस्।


Me with my mom

My Beautiful 'Aama' (She was 20 yrs then)


नोट: मैले यो लेख लेख्न भन्दा अगाडि बसन्त दाई को ब्लग मा भ्एको आमा भन्ने पोस्ट पढेको याद आयो । अनी त्यो पोस्ट फेरी पढ्न मन लाग्यो । त्यो पोस्टले आमाको महत्व कती हुन्छ भन्ने बोध गराउँछ । मैले त्यो पोस्टमा कमेन्ट गरेको त थिइन तर मैले ब्लग मा पढेको सबै भन्दा राम्रो लागेको पोस्ट त्यो नै हो। त्यो पोस्टले सबैको मन लाई छुन्छ । बसन्त दाई लाई मैले personally चिनेको त छैन तर पनि बसन्त दाई लाई धन्यवाद छ है आमा बारे त्यो पोस्ट जसले आमा कती महत्वपूर्ण हुन्छ भन्ने बताउँछ । http://www.gautambasanta.blogspot/ को childhood memories मा छ त्यो post सबै जनाले पढ्नु होला ।

Wednesday, April 30, 2008

Let's sing

We are facing load shedding, but lets have positive thinking about it.

One of the day of load Shedding.
Time:Evening after dinner
Venue: Our room
Light: dim light of 'Tuki', We call it cobra at home beacause it looks like cobra and we have 4 cobras at home. It is popular at my home..isn't it?:)

'अन्ताकक्षरी खेलौ ' my mom said
'खेल्ने तर तपाईं तेही २ वटा गीत त गाउँनु हुन्छ ' I replied.
'अनी के त्यो चाँही गीत होइन '
'ल ल खेलौ 'I agree being good daughter
'सुरु गर ' she told me

I start to sing,

मेरा मन क्यु तुमे चाहे मेर मन
नाजने जुड गय कैसे यह बन्धन
कैसे यहाँ दि वाने दिल कैसा यह दिवाना पन



My mom sings,
नेपालको धराहरा
टोपी खस्यो हरर
बुट्टे चोलो लाउन साइली
घुम्न जाउँ शहर

uff again.. the same song ( I haven't heard it anywhere radio,tv etc.. I don't know why my mom remembers only this song)

I decide not to play so I start to sing myself and she sings with me. Finally we sing together, enjoying the darkness and the dim light of 'cobras'

Note : The other song is
लेकै मा फुल्ने लै लालिगुराँस
बेशी मा फुल्ने टोटोला ... I forgot the line
(My mom's two favorite song)

Tuesday, December 4, 2007

Birthday Celebration

We celebrated Akriti's birthday yesterday.She blew a candle which was accompanied by sliced cake.All gave her gift before she blew candle but it was only me who gifted her after blowing candle.we(especially me with loud voice) sang 'Happy Birthday to you' while she was blowing candle.

We enjoy such small celebrations so much at our home. We even make father to blow candle in his birthday.Although its a western culture of blowing candle and eating cakes in birthdays, we celebrate it becoz we don't want to miss such small happiness in our family.Celebrating such birthdays fill a kind of warmness within a family.

So what are u wating for?Go ahead to celebrate ur and ur family's birthday!!

Friday, November 2, 2007

Man Bahadur Majhya: My Maternal Grandfather

My mom is fond of telling her childhood days to me becoz we spent so much time in Kitchen as compared to my brothers and sister.

I remember every incident that she start to tell from its first line of starting. But I have to listen her as enthusiastically as I am hearing for the first time. She scolds if I didn't listen to her. If not, she says now you are big enough not to listen to me. No body cares to me as I cared all of u so much.

She tells about her father, mother, sister, brother,Kaka, kaki, phupu, boju and the villagers which she remembers.

My grandfather had a large joint family. He had 5 brothers and 3 sisters. He took all the responsibilities to grow them up. He was the second son but he fulfilled as a role of first son.
My grandfather's eldest brother was an Indian army so he stayed out of home all the time. My mom said that he didn't like the job of 'Majhya' to collect all the revenue of that area and give to government. so he asked my grandfather to do all those jobs.

My great grandfather, Prashad Majhya was a drunkard so he couldn't do his jobs as 'Majhya'. My great great grandfather was a successful Majhya so he taught my grandfather to do all the jobs of Majhya in the village. After the death of my great great grandfather my grandfather at the age of 16, took all the responsibilities of majhya.

My great grandfather left my grandfather in so much debt. But by his effort, he paid all those debt and kept his family a happy family.

I know only the surface part of his life. But he is more than what I know about him. He is a real social worker. He has contributed a lot for his village'Madi in sankhuwasava'.
Some of the contributions are:
  • Established a school in Panchayat system. There was only two school in whole Sankhuwasava district at that time. And one was in his village
  • He is the one to establish water mill in the village.
  • He brought electricity in the village
  • He along with my grandmother ( keshar maya jimee) started kitchen garden for vegetable for the first time in the village
  • He started Cardamom or Elainchi farming to the village. People in that area still make a lot of income with this farming
  • He managed proper water system in the village
  • Improved paths of the village
  • Improved bridges in the rivers
  • Established a boarding school in the village for the first time for good education
  • Started Tea garden but couldn't succeed becoz of Maoist Problem.

Now he has only one vision that is to join the road to that village.

He is now in his early 80s but he is as active as he used to be. He is a man of simplicity. He never thought himself as a Majhya but as a man who is always ready to serve other.

I believe, he got all this success because of the contributions my grandmother made as well.