Showing posts with label festival. Show all posts
Showing posts with label festival. Show all posts

Tuesday, October 21, 2014

Tihar 2071/Oct 2014

The flashing tihar lights in the evening, deusi and bhailo chant in the neighbourhood, rice flour grinding by sisters and sister-in-law are indicating the start of tihar here in charikot. Amidst this, I am waiting for my tihar holidays to begin…
Gaurishankar Mountain as seen from tudikhel, Charikot

Thursday, November 8, 2007

२०६४ को तिहारलाई स्वागत अनी बाइ बाइ


तिहार पनि हिजो बाट सुरु भयो। हिजो काग तिहार। खोइ काग को पूजा पनि गरिएन!! कागले ल्याउने समाचार अब त फोन र ईन्टरनेटले ल्यैहाल्छ।


अनी आज कुकुर तिहार। घरमा कुकुर छैन तर आमा ले भुस्या कुकुर लाई पूजा गरेर खाना दिनुहुन्छ कि थाहा छैन।

भोली चै रमाइलो हुन्छ। देउसी खेल्न जानुपर्छ। तर देउसी खेलेर पैसा कमाउने चाँही होइन, पैसा तिरेर आउनु पर्छ। हाम्रो लोहोरुङ समुदाय ले सामुहिक देउसी खेल्छ। हामी लोहोरुङ हरु भेला हुन्छौ अनी गीत गाउँदै नच्दै पैसा उठाएर लोहोरुङ्हरुको कोषमा जम्मा गर्छौ।

यसपाली तिहारमा म्यारिज खेल्ने भनेको खोइ के हुन्छ हेरौ। दशै मा त सिक्दा सिक्दै राम्ररी खेल्न पनि पाइएन। सिक्नु बित्तकै खेल्दा पैसा पनि हारिदो रहेछ।
तिहार को रौनक त मज्जाले नै छाएको छ। टि.भी , रेडियो, एफ.एम मा तिहारको धुन पनि बज्न थालि सकेको छ। एक दुई लाइन भए पनि ब्लग लाई तिहारमय बनाउनु पर्‍यो नि। कि कसो??

भईलेनी आयौं आँगन
बढारी कुढरी राखन
हे औंसी को दिन
गाइतिहार भईलो




भन मेरा भाई हो
देउसिरे
राम्ररी भन
देउसी रे
स्वर मिलाई भन
देउसी रे

मलाई त यती मात्र आउँछ!!!