एउटा सम्पन्न परिवारमा मेरो जन्म भएको रहेछ । सम्पन्न यस अर्थमा कि धेरै गाँउलेलाई बिहान बेलुका बर्ष भरि खाना पुग्दैन थियो भने हाम्रो परिवारलाई पुग्दथ्यो । मेरो जुजु साह्रै मेहेनती हुनुहुन्थ्यो । सुनेको थिए उहाँ बच्चा हुँदा राम्रो सँग खाना नपुग्ने अवस्था थियो रे। किन पेटभर खाना पुग्दैन भन्ने कुराले उहाँलाई पिरोल्थ्यो रे। त्यसैले उहाँले धेरै मेहेनत गरेर खानु पुग्ने अवस्था भएको हो भनेर बुवाले भन्नु हुन्थ्यो ।
मलाई थाहा भए अनुसार उहाँ धेरै पशुपालन गर्नु हुन्थ्यो अनी कहीले काही ब्यापार गर्न कलकत्ता पनि जानु हुन्थ्यो । नपढेको मान्छे ब्यापार गर्न गाह्रो भएको थियो होला त्यसैले बुवालाई लेखपढ गर्न टाडाको सदरमुकाम पुराउनु भएको कुरा बुवाले मलाई सुनाउने गर्नु हुन्थ्यो। झन मेरो पालोमा त घरमै मास्टर राखेर पढाउनु थाल्नु भएको थियो। उहाँको शिक्षा प्रतिको चेतनाले गर्दानै म मेरो गाँउको पहिलो ग्र्याजुएट ( बि ए ) भएको छु र मैले मेरो जिबिको पार्जन कलम चलाएर नै गर्ने मौका पायेँ।
क्रमस :
(कथा बुवाको
शब्द आफ्नै )
Showing posts with label Experiance. Show all posts
Showing posts with label Experiance. Show all posts
Wednesday, July 27, 2011
Thursday, May 26, 2011
कुराकानी
म: तिमी पनि हतरमा हो?
टिकटिके किरा : हो नि ।
म : सबै जना कति सारो हतारमा हो। ल ठीक छ अफिस जाँदापो ट्रेन छुट्छ भन्ने डर तर यहाँ त घर फर्कदा पनि त्यतिकै हतार ।
टिकटिके किरा : बाइ द वे मलाई पनि हतार छ है । बाइ बाइ
ए हो त है तिमी त बिकसित देश को टिकटिके किरा पो पर् र्यौ त ( मनमनै बिचार गर्छु त्यतिन्जेल टिकटिके किरा उडी सकेको हुन्छ )
टिकटिके किरा : हो नि ।
म : सबै जना कति सारो हतारमा हो। ल ठीक छ अफिस जाँदापो ट्रेन छुट्छ भन्ने डर तर यहाँ त घर फर्कदा पनि त्यतिकै हतार ।
टिकटिके किरा : बाइ द वे मलाई पनि हतार छ है । बाइ बाइ
ए हो त है तिमी त बिकसित देश को टिकटिके किरा पो पर् र्यौ त ( मनमनै बिचार गर्छु त्यतिन्जेल टिकटिके किरा उडी सकेको हुन्छ )
Tuesday, May 24, 2011
यता उता पृथिवी तिरै
बेलुकाको साँढे आठ बज्न लाग्यो । पल्लो घरको झ्यालमा घाम टिलिक्क टल्किरहेछ । के अचम्म हो। संसार पनि बिचित्रको छ। कुन ठाउँमा यही समयमा राती भई सक्छ कुन ठाउँमा घाम टल्किन्छ । मान्छेको सोचाइ साह्रै सागुरो हुदो रहेछ। कुनै कुरा नदेखे सम्म त्यही कुरा सत्य अनी देखिसके पछी त्यही कुरा गलत । के कुरा सत्य के कुरा गलत त्यो पनि कहिल्यै एकनास नहुदो रहेछ ।
Labels:
Blogging,
Experiance,
Guff,
life,
Observation,
Opinion
Sunday, April 24, 2011
Wednesday, August 5, 2009
भुत अनी बर्तमान
कुरा गर्दै थियौ नेपालकै अनी नेपालीहरुकै ।
त्यतिबेला खुब मजा गरिन्थ्यो । बेलुका भएपछी घरबाट निक्लिएर सडकमा हल्ला गर्थ्यौ । अन्तक्छरी खेल्ने फिल्म हेर्ने चुट्किला भन्ने गफ गर्ने के के हो के के । बेलुकाको फिल्म शो नि कहिले कही ठुल बडा सँग गैन्थ्यो ।
शान्ति अनी सुरक्षा शायद तेइ होला ।
त्यतिबेला खुब मजा गरिन्थ्यो । बेलुका भएपछी घरबाट निक्लिएर सडकमा हल्ला गर्थ्यौ । अन्तक्छरी खेल्ने फिल्म हेर्ने चुट्किला भन्ने गफ गर्ने के के हो के के । बेलुकाको फिल्म शो नि कहिले कही ठुल बडा सँग गैन्थ्यो ।
शान्ति अनी सुरक्षा शायद तेइ होला ।
Monday, August 25, 2008
Riding Regular Vehicle
The use of public vehicle should be encouraged in Kathmandu Valley. The increasing crisis of fuel is the main reason for encouraging it and the narrow road of kathamdu is the other reason.
The most irritating thing of using the public vehicle is time wastage on every stop and the dirty uncomfortable seats and most of the time you are lucky if you get those seats. Otherwise hang on the ceiling handles.
Anyways I love Swoyambhu Yatayat especially the one with comfortable seats and the transparent one.
Tuesday, June 10, 2008
स्वास्थ्य टिप्स
खुट्टा फर्किनु भनेको घुडाँ देखी पैतलाको बिचको भाग बटारिनु हो। Muscle अथवा माङ्सपेसी बटारियो भने खुट्टा फर्किन्छ। धेरै मान्छेलाई यसले सताउँछ । यो बंशानुगत रोग हो किनकी रोग हरु ९०% बंशानु गतनै हुन्छ । यसले राती अथवा बिहान ओछ्यानमा अट्याक गर्छ अनी दिनभरी खुट्टा दुखिरख्छ।
कसरी उपचार गर्ने?
पानी धेरै पिउने । दिनमा ८ गिलास जती ।
मेरो ब्यक्तिगत अनुभव हो।
कसरी उपचार गर्ने?
पानी धेरै पिउने । दिनमा ८ गिलास जती ।
मेरो ब्यक्तिगत अनुभव हो।
Wednesday, November 28, 2007
बाघ र बुवा
यो घटना हामीलाई बुवाले एकदम हाँसो उठ्दो पाराले घरमा सुनाउनु हुन्छ। म त यती हास्छु कि मेरो जहिले पनि यो घटना सुन्दा पेट दुख्छ।
एक पल्ट हाम्रो बुवा गाउँ ( संखुवासभा)बाट काठमाण्डौ आ उँदा तुम्लिङ्टार एअरपोर्टमा मान्छेहरुले बाघको बच्चा समातेका रहेछन् । अनी उनिहरुले त्यो बाघ लाई के गर्ने भनेपछी काठमाण्डौ पुगाउने भनेर एक जनाको जिम्मा लगाएर पठाउने निर्णय गरी बुवा सँग पठाउने भएछन् । उनिहरुले एअरपोर्टमा हाम्रो मान्छे आँ उछ भनेको हुनाले बुवाले पनि ल म पुर्याइदिन्छु भन्नु भएछ।
काठमाडौं एअरपोर्टमा ओर्लिदा त कोही पनि आएनछ। त्यो शनिबार को दिन् रहेछ। बुवाले अब के गर्ने भनेर त्यो बाघ को बच्चालाई डेरामा ल्याउनु भएछ।त्यो पनि ट्याक्सीमा। बुवाले त्यो बाघलाई भोक लाग्यो भनेर बिस्कुट र दुध खान दिनु भएछ। आईतवार पनि छुट्टी भएकोले त्यो दिन पनि दुध र बिस्कुट खुवाउँदै पाल्नु भएछ।
सोमबारको दिन बिहानै ट्याक्सीमा फेरी बन बिभागमा पुर्याउन लग्नु भएछ। तर बन बिभागको मान्छेहरुले एता लानु उता लानु भनेर हैरान बनाएछ। बुवा त बाघलाई बोक्दा बोक्दा दिक्क लगेर बाघ लाई त्यही छोडेर हिंड्नु भएछ। बुवा हिढ्दा हिड्दै भन्दै थियो रे" ए ए कस्तो मान्छे रहेछ। पर्खिनुस् त" केही नसुनी उहाँ फर्किनु भएछ।
Subscribe to:
Posts (Atom)