Showing posts with label My country. Show all posts
Showing posts with label My country. Show all posts

Thursday, May 29, 2008

शुभकामना ! !

गणतन्त्र घोषणा भएकोमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई मेरो तर्फबाट हार्दिक मंगल् मय शुभकामना । नेपाल मा शान्ति छाहिरहोस् यही मेरो कामना छ ।

Monday, March 31, 2008

संबिधान सभाको चुनाव

संबिधान सभाको चुनावको लहर जताततै चलिरहेको छ। चाहे कलेजमा होस् या अफिसमा अनी घरमा नै किन नहोस् । जे होस् यसले सबैतिर एउटा चुनाबी माहोल खडा गरिरहेको छ।


म पनि पहिलो चोटि भोट दिन गइरहेको छु। म चै यस् पालीको भोट घोषणापत्र हेरेर नै दिने बिचार गरेको छु। अहिले सम्ममा एकजना को पाइँ सके । अरु पनि हेर्छु । मैले चाँही एउटा असल नागरिकले बिकसित देश मा जसरी भोट हाल्छ त्यसरी नै भोट हाल्ने बिचार गरेको छु।

मैले यसलाई शान्ति प्रकृयाको एउटा खुडकिलाको रुपमा लिएको छु र मैले सकिन्जेल सम्म म शान्ति प्रकृयामा मद्घत पुर्याउने छु।

Thursday, February 7, 2008

झण्डा र अर्थ

मलाई झण्डामा भएको रङ्को समिश्रण र आकृतिहरुको अर्थ हुन्छ भन्ने धेरै पहिलासम्म थाहा थिएन ।
हामी कक्षा ८ मा हुँदा ' हाम्रो राष्ट्रिय झण्डा ' भन्ने पाठ नेपाली किताबमा पढेपछिमात्र थाहा पाएको थिएँ । त्यस पाठमा हाम्रो झण्डा को सुक्ष्म तरिकाले ब्याख्खा गरिएको छ। त्यतिबेला जाँचमा पास हुने तरिकालेमात्र पढिने हुँदा अहिले त्यती सम्झन सकिरहेको छैन।
मलाई झण्डाको बारेमा लेख लेख्न सम्झनुको कारण छ।
'के यो केन्या को झण्डा हो?'मैले केन्याबाट आउनु भएको सर को कोठामा भएको झण्डा देखे पछी सोधेको थिएँ।
उहाँले आफ्नो झण्डाको बयान गर्न थाल्नु भयो।

झण्डामा भएको माथिल्लो भागको कालो रङ्ले केन्यन शारीरिक रङ बुझाउँछ। बिचमा भएको रातो रङ्ले केन्यन जनताहरुले ब्रिटिश साम्रराज्य हटाउन बगाएको रगतको रङ बुझाउँछ। रातो देखी मुन्तिर भएको हरियो रङ्ले केन्या को उर्बरा भुमी जनाउँछ। यसै गरी बिच मा भएको ढाल र भालाले केन्यन जनताले ब्रिटिशहरुसँग लडाइँ खेल्दा चलाएको हातहतियार बुझाउँछ। यि तीन रङ्को बिच मा भएको सेतो रङ्ले शान्ती जनाउँछ।
यि कुराहरु सुनिसकेपछी मलाई हाम्रो झण्डा को याद आयो। के हाम्रो झण्डा घरमा छ? यो प्रश्नको उत्तर खोज्ने क्रम मा धेरै बर्ष पहिला यही प्रश्नले मलाई झण्डा बनाउँन प्रेरित गरेको कुरा सम्झे। सायद म त्यती बेला कक्षा ६ मा पढ्थे। एक दिन मैले एक जना क्यानेडियन को घरमा क्यानडाको झण्डा राखेको देखेर मलाई पनि हाम्रो देशको झण्डा घरमा राख्न मन परेको ले आफै कागजको बनाएर राखेको थिएँ।

झण्डा सम्झने क्रममा मैले त्यो झण्डा कहाँ होला भनी सम्झे। धेरै बर्ष अघिको कुरा, दमकको घरको कुनै झोलाको कापी को च्यापमा हुनसक्छ भन्ने निस्कर्ष निकाले। अनी फेरी सोच्न थाले हाम्रो झण्डामा भएको रङ र अकृतिको अर्थ।
पाठ सम्झिन सकिन। त्यसैले हाम्रो झण्डा को सबै अर्थ निकाल्न सकिन। हाम्रो झण्डा मा भएको चन्द्र र सुर्यले हामी चन्द्र वंसी र सुर्य वंसी हौं र निलो रङ्ले शान्ती बुझाउँछ भन्ने मात्र सम्झें। चन्द्र वंसी र सुर्य वंसी को अर्थ पनि निकाल्न सकिन।
तर एउटा केन्या को मान्छेले मलाई आफ्नो झण्डाको बारेमा सोच्ने प्रेरणा चै दियो ।