Showing posts with label सम्झनाहरु. Show all posts
Showing posts with label सम्झनाहरु. Show all posts

Tuesday, March 31, 2015

स्कुलको सम्झनाहरु

आज धेरै दिन पछी स्कुलको सम्झना आइरहेछ दमक छोडे पछी दमक लाई चट्टै माया मारिएछ भने झै भई रहेछ किनकी आज गनेर ल्याउँदा ठ्यकै १० बर्ष पुरा भएछ त्यहाँ पाइला नटेकेको
स्कुले दिन पनि त्यति रमाइलो भएन ।।।। स्कुल जाउ , दिन भरी कक्षामा बिताउ , गर्मी मौसम , अल्छि अनी निन्द्रा लाग्दो कक्षाहरु ।। पढ्नमा अरुची ,, यस्तै यस्तै थिए दिनहरु ।।।

  तर केही स्कुल को सम्झनाहरु कहिले नओइ लिवोस जस्तो लाग्दो रहेछ।। अझै पनि स्कुल को गेट छिर्दा गेटै छेउको सुनाखरी त्याँही फुलिरहेको होला भन्ने सम्झनामा आइरहन्छ अनी बेगन बेली को फुल मुनी को चौतारी अझै नि फुलले सितल दिइ रहेको होला भन्ने लाग्छ।। त्यो स्कुल घन्टी नि कदमको रुखमुनी झुण्डी रहेको मेरो स्मृति मा अनी त्यो सिसौको बोटको सुनखरी ओहो कहिल्यै बिर्सिन सक्दिन ति  फुल हरुलाई ।।। अल्छि लाग्दो कक्षामा बसेर बाहिर हेर्नु को मज्जा बेग्लै हुन्थ्यो।। पानी परिरहेको बेला टिनको छानाको आवज अनी पानीको थोपाहरु त्यो सानो अंबाको पात माथि बर्सिदा अंबाका पातहरु कस्तरी नुहिन पुग्थ्यो ।।। त्यो चर्तिकला हेरेर कहिले थाक्दिन थे ।। त्यो चर्तिकला कहिले नसकियोस झै लाग्थ्यो  ।। कक्षामा के के पढाई हुन्थ्यो सम्झन्न तर त्यो अंबाको बोट्लाई कहिले बिर्सन सक्दिन


त्यसैले मलाई दमक जान मन लाग्दैन अनी स्कुल पनि ।।।। कही त्यो गेटको सुनाखरी को ठाउँमा सिमेन्टिको पिलर पो कि ! ! बेगन बेली को ठाउँ मा पार्किङ होला ।।  घन्टी भएको ठाउँमा कन्क्रिट होला ।। त्यो अंबाको बोटको नाम निसाना कतै नहोला ।।। सोच्दा नि उकुस मुकुस लागेर आउछ !!!!

Friday, December 26, 2008

आफ्नै कुरा

ओहो ! २०६५ सालको जाडो मौसमको चिसो पानी पनि हल्का सँग पर्‍यो। खाली आफ्नै कुरा गर्न मनलाग्छ । जाडोमा पानी पर्दा सिरकमा बसेर तातो चाउ चाउको सुप नत्र कालो कफी खान मन लाग्छ । त्यही भएर चाउचाउको सुप बनाएर खाए। मज्जा भयो । आज अफिस देखी छुट्टी लिएको पनि राम्रै भयो। पानी परेको बेला मनपरेको कुरा त गर्न पाएँ। तर अफिस लागेको भएपनी मेरो अफिसको ठुलो कपमा तातो तातो कालो कफी चै खान्थेनै ।

ए ! आज त जाचँ दिन क्या रमाइलो भयो । फोटोग्राफीको जाँच थियो । लेख्न क्या रमाइलो भयो । त्यहाँ लेखेको कुराहरु एकदिन ब्लगमा हाल्ने छु । राम्रै कुराहरुपो लेखे जस्तो लाग्दै छ। राम्रो मार्क्स आवोस् ।

आजपनी घर हिड्दै आएँ । जम्मा एक घण्टा आधा । स्वास्थलाई पनि राम्रो हुने सोचेर धेरै भन्दा धेरै हिंड्ने कोशीश गर्दै छु । हेरौ!

Tuesday, March 25, 2008

The Memories of Pokhara (2063/ 4/ 18)

Begnas Lake: We played in water and felt the real enjoyment of nature

The Machapuchre ( Fish Tail) Range in the early morning

Malekhu: On the way to Pokhara with Shepherd gals 3rd Batch



From left: Sujata, Bipna, Sneha, me and the front one is Archana




Davis fall: Archana and me

The photographer of the team: that's me Arati

Note: Thanks Bishal for your high resolution camera.

Friday, February 29, 2008

जन्क ईमेल

हिजो मैले एउटा ईमेल पाएँ। त्यो ईमेल अनुसार, मैले अरुहरुलाई जती धेरै त्यही ईमेल पठायो मेरो ईच्छाहरु पुरा हुन्छ भन्ने थियो।

यसले मलाई म सानो छ दाँ को याद दिलायो जुन बेला म कक्षा ५ मा पढ्ने गर्थे। त्यती बेला हाम्रो कक्षामा यस्तै खाल्को हल्ला चलेको थियो।

एउटा कागज हुन्थ्यो। भगवान को बारेमा के के लेखेको। त्यो पाएपछी आफुले १० वाट अथवा त्यो भन्दा धेरै लेखेर अरुलाई दिनुपर्ने। नत्र आफुलाई न् राम्रो हुन्छ रे भन्ने हल्ला थियो। अनी कसरी कसरी हाम्रो हात मा आइ पुग्थ्यो त्यो पत्र । त्यस पछी टेनसन । लेख्न थालथ्यौ । सरले पढाई राख्नु भएको बेला पनि लुकी लुकी लेखथ्यौ।
अहिले सम्झदा धेरै हाँस उठ्छ । बिचरा हाम्रो तेती बेलाको कलिलो मस्तिस्क ।

Friday, February 1, 2008

सन्तोष मेरो इशान

'दिदी म तपाईंलाई घरबाट आम्बा ल्याइदिन्छु ल' उसले भनेको थियो 'अनी हाम्रो घरमा कुखुराहरु थुप्रै छन्'
'मलाई आण्डाचाँही नल्याइदिने?'मैले कुरा लम्बाउन भने।
'आण्डा त फुटिहाल्छ नि' उसले जवाफ दियो।

उसको नाम सन्तोष। कक्षा ३ मा पढ्ने विद्यार्थी। म उसको ट्युसन पढाउने दिदी।

यो दुई तीन दिनमा म उसलाई धेरै सम्झन थालें। सम्झना को कारण हिन्दी चलचित्र 'तारे जमिन पर' थियो। जती त्यो चलचित्रको बिज्ञापन हेर्थे त्यती तो फुच्च चे मेरो मस्तीस्कमा नाच्न थाल्यो। मैले त्यो फिल्म हेर्ने निर्णय गरे। मैले फिल्म हेरेँ।
फिल्म हेरुन्जेल म फिल्मको पात्रमा सन्तोषलाई खोजिरहेको थिएँ।

मलाई त्यो फिल्मको पात्र इशान अवस्ती अरु कोइ नभएर त्यही सन्तोष जस्तो लाग्यो। सबै कुर उस्तै। मैले ध्यान आकर्षण गरेको पहिलो कुरा हातमा लगाएको डोरी थियो। त्यो फुच्चे ले जहिले पनि हातमा डोरी लगाउँथ्यो।

'हातमा के लगाएको?' मैले एक पटक सोधेको थिएँ। उसले जवाफ मन्द मुस्कान मात्रै दियो।

सन्तोष इशान जस्तै पढ्नमा कमजोर, हेर्दा दुब्लो र नराम्रो थियो। अक्षर त झन् दुरुस्तै। दुइवटा धर्का लाई काटेर तल माथि गर्ने। तर उसको अबोध गफले गर्दा होला उ मेरो मनपर्ने विद्यार्थी मध्ये एक थियो।

गफ गर्न उसलाई खुब मन पर्थ्यो। पढ्ने बेलामा गफ गर्थ्यो, अरुको गफ सुन्थ्यो कि त अरुले के के गर्दै छ भन्ने हेर्थ्यो । मलाई उसलाई गृहकार्य गराउन धौ धौ पर्थ्यो।

कागजको फुल, चरा बनाउन सिकाउँछु भन्दा एकदम खुशी हुँदै कागजहरु लिएर बसिहाल्थ्यो। उसलाई पढाई भन्दा अतिरिक्त कृयाकलाप गर्न मन लाग्थ्यो।

उसको घर पाल्पा हो। अहिले त्यहिँ पढ्छ रे भन्ने सुन्छु। जहाँ भएपनी इशान अवस्ती को जस्तो हालत नहोस् भन्ने मेरो कामना छ।

Note: I had written this article before some weeks ago. But I couldn't complete it with my whatever reason. But I have learnt a lesson not to leave any article unfinished.

Monday, December 24, 2007

पत्र

प्यारो साथी माया,
धेरै दिन पछीको मिठो सम्झना। जुम्लाको स्याउ भन्दा पनि मिठो। शायद यतिखेर जुम्ला, स्याउको बस्नाले हरर पारेर हीउँको पर्खाइमा होला। जुम्ला अनी जुम्लाको स्याउ र हीउँ अब मेरो सम्झनामा मात्र छ। जुम्लाको ति क्षणहरु एक पल्ट ताजा गर्न को लागि त्यहाँ आउन मन परेको त छ तर कहिले हो थाहा छैन।

औंलामा गन्दा जुम्ला छाडेको पनि १३ बर्षा भाईसकेछ तर हामीले बिताएको क्षणहरु सम्झदा हिजो मात्र जस्तो लाग्छ। तिमीलाई याद छ कि छैन तर मलाई तिम्रो घरमा बिताएको दिनहरु कहिले काहीं झल्झली याद आउँछ। मलाई तिम्रो घरमा जाने बाटो साह्रै डर लाग्थ्यो। मलाई तिम्रो घर खुब जान मन लाग्थ्यो तर त्यो तिम्रो घर तलको घुफा सम्झेर म जहिले पनि रोकिन्थे। मान्छेहरुले त्यहाँ भूत बस्छ भन्थे। उमेर सानै भएकोले होला मलाई साँचिकै त्यहाँ कालो भूत बसेको जस्तो लाग्थ्यो।

तिम्रो घरमा मौसम सम्बन्धी उपकरण हरु रहेछन्।मलाई त्यतिबेला ति उपकरण हरु के होलान् भनेर अचम्म लाग्थ्यो। अहिले सम्झँदा पो ति उपकरण हरु मसौम जाँच्ने उपकरण रहेछन्।हामी हावा लाग्ने ठाउँ मा भएको त्यो उपकरण मुनी बसेर कुराकानी गर्थ्यौ। हामी के बारे कुराकानी गर्थ्यौ त्यो त थाहा छैन तर म त्यो डाडु जस्तो घुमिरहेने उपकरण लाई के होला भनी सोचिराख्थे।
तिम्रो घरको बारेमा सम्झदाँ अरु कुराहरु पनि याद आउँछ। तिम्रो घरको भित्तामा थुप्रै भगवानहरुको फोटोहरु टाँसिएका हुन्थे। कुन भगवानको फोटोहरु थिए त्यो त याद छैन तर ति फोटोहरु ठुला ठुला थिए भन्ने चै राम्ररी सम्झिराखेको छु।तिम्रो घरको भन्सा पनि म कता कता सम्झन्छु। तिम्रो आमाले दिनु भएको जुम्ली रोटी अचार सँग खाएको पनि याद आँउछ।

तिमि र तिम्रो दाइ रबि, कहिले कही हाम्रो घर आएको पनि याद छ। हाम्रो घरमा भएको caram board हामी खेल्थ्यौ। म र मेरो दाइ दिन दिनै खेल्ने सँग तिमीहरु जहिल्यै हार्थ्यौ।
जुम्लामा हिउँमा खेलेको थुप्रै सम्झनाहरु छन् तर तिमी सँग हिउँमा खेलेको याद छैन। शायद तिमी आफ्नै घरमा खेल्थौ होला अनी म आफ्नै घरमा खेल्थे होला।
स्कुलमा हामी एउटै कक्षामा थियौ तर कक्षाको कुराहरु त्यती याद छैन। एउटा कुरा के याद छ भने हामी त्यो नयाँ खुलेको बोर्डइङ स्कुल लाई खुब उडाइदिन्थ्यौ।
'हाम्रो ३ कक्षामा पढाउने किताब त्यहाँ ४ कक्षामा पढाउँछ रे' हामी यस्तै भन्ने गर्थ्यौ।
जुम्लामा बस्दाको सम्झनाहरु थुप्रै छन्। तिमी सँग बिताएका सम्झनाहरु तिमीले चिट्ठी पठाउँदा धेरै याद आउँछ। लौ त अरु कुरा अर्को पत्रमा लेखौला। तिम्रो परिवारलाई हाम्रो परिवारको तर्फबाट धेरै धेरै सम्झना छ।

उही तिम्रो साथी
आरती

Wednesday, October 24, 2007

Remembering Damak


Damak is a town in eastern part of terai, surrounded by hills in northern side. The Ratwa River flows through Damak. It's a brief introduction about Damak.




But I remember Damak as a valuable place in my life always.There are a lot of things to remember about Damak. Especially my school Chulla Chulli Boarding.


The teachers and friends are the most valueable gift that I got in Chulla Chulli. I got chance to learn a lot of things from them. That is the moment to remember in my life always and that are the moments that made me 'Arati'.


Sarda Miss is always a inspiring teacher in my life. She is the one who inspired me to read literature. I can't forget her classes of Gulmohar, History and English. It used to be my favourite class. Her way to make understand to students was such a powerful.


Similarly Chandra sir, Nepali sir ( Upendra Parajuli), Ram Kaushil Sir and Bengali Sir are those teachers who not only taught lessons but taught the lessons of life.


The other part of Chulla Chulli are frens. Jharna and Binu are the vital part of my school life. They have a lot of influence in me. Teju, Khushbu, Pinka and Shiksha are the friends, with whom we along with Binu and Jharna, used to enjoy a lot.


There a lot of memories beside this, I will write later.