Showing posts with label life. Show all posts
Showing posts with label life. Show all posts

Monday, November 30, 2015

महिला हिंसा

म फील्डमा जाँदा  एउटा सानो छोरी गीत गाउदै नाच्दै  मेरो छेउमा आउँदा मेरो छोरा को कति याद आको थियो ।  त्यो छोरी को दुई दिदीहरु पनि थिए।  भर्खर थाहा पायें की उसको बाऊ ले कान्छी श्रीमती ल्याएको छ रे।  

Tuesday, March 31, 2015

स्कुलको सम्झनाहरु

आज धेरै दिन पछी स्कुलको सम्झना आइरहेछ । दमक छोडे पछी दमक लाई चट्टै माया मारिएछ भने झै भई रहेछ किनकी आज गनेर ल्याउँदा ठ्यकै १० बर्ष पुरा भएछ त्यहाँ पाइला नटेकेको ।
स्कुले दिन पनि त्यति रमाइलो भएन ।।।। स्कुल जाउ , दिन भरी कक्षामा बिताउ , गर्मी मौसम , अल्छि अनी निन्द्रा लाग्दो कक्षाहरु ।। पढ्नमा अरुची ,, यस्तै यस्तै थिए दिनहरु ।।।

  तर केही स्कुल को सम्झनाहरु कहिले नओइ लिवोस जस्तो लाग्दो रहेछ।। अझै पनि स्कुल को गेट छिर्दा गेटै छेउको सुनाखरी त्याँही फुलिरहेको होला भन्ने सम्झनामा आइरहन्छ अनी बेगन बेली को फुल मुनी को चौतारी अझै नि फुलले सितल दिइ रहेको होला भन्ने लाग्छ।। त्यो स्कुल घन्टी नि कदमको रुखमुनी झुण्डी रहेको मेरो स्‍मृति मा छ । अनी त्यो सिसौको बोटको सुनखरी ओहो म कहिल्यै बिर्सिन सक्दिन ति  फुल हरुलाई ।।। अल्छि लाग्दो कक्षामा बसेर बाहिर हेर्नु को मज्जा बेग्लै हुन्थ्यो।। पानी परिरहेको बेला टिनको छानाको आवज अनी पानीको थोपाहरु त्यो सानो अंबाको पात माथि बर्सिदा अंबाका पातहरु कस्तरी नुहिन पुग्थ्यो ।।। म त्यो चर्तिकला हेरेर कहिले थाक्दिन थे ।। त्यो चर्तिकला कहिले नसकियोस झै लाग्थ्यो  ।। कक्षामा के के पढाई हुन्थ्यो म सम्झन्न तर त्यो अंबाको बोट्लाई कहिले बिर्सन सक्दिन ।


त्यसैले मलाई दमक जान मन लाग्दैन अनी स्कुल पनि ।।।। कही त्यो गेटको सुनाखरी को ठाउँमा सिमेन्टिको पिलर पो छ कि ! ! बेगन बेली को ठाउँ मा पार्किङ होला ।।  घन्टी भएको ठाउँमा कन्क्रिट होला ।। त्यो अंबाको बोटको नाम निसाना कतै नहोला ।।। सोच्दा नि उकुस मुकुस लागेर आउछ !!!!

Friday, March 21, 2014

days

was ill for some days,, had to go to hospital,, but the hospital people always dis sastisfies with their behaviour,, they nearly hospitalised me without any reason,, we had to suggest that i need only blood and urine test. everthing was normal,, the season change has caused the fever,, i was suspecting typhoid,, so to confirm , we went to hospital.. the hospital guys wanted to go for saline. but i strictly said no.

'Maile Saline nalaune kasam khako chu' I wanted to tell them but it was not necessary.

i am recovering,, weakness is still left to overcome.. cheers to my upcoming healthy days..

in singing mood,
"aaj desi romance ho jara , saath angreji dance ho jara"

Wednesday, July 27, 2011

सानो गाँउ बाट सुरु भएको मेरो कथा

एउटा सम्पन्न परिवारमा मेरो जन्म भएको रहेछ । सम्पन्न यस अर्थमा कि धेरै गाँउलेलाई बिहान बेलुका बर्ष भरि खाना पुग्दैन थियो भने हाम्रो परिवारलाई पुग्दथ्यो । मेरो जुजु साह्रै मेहेनती हुनुहुन्थ्यो । सुनेको थिए उहाँ बच्चा हुँदा राम्रो सँग खाना नपुग्ने अवस्था थियो रे। किन पेटभर खाना पुग्दैन भन्ने कुराले उहाँलाई पिरोल्थ्यो रे। त्यसैले उहाँले धेरै मेहेनत गरेर खानु पुग्ने अवस्था भएको हो भनेर बुवाले भन्नु हुन्थ्यो ।

मलाई थाहा भए अनुसार उहाँ धेरै पशुपालन गर्नु हुन्थ्यो अनी कहीले काही ब्यापार गर्न कलकत्ता पनि जानु हुन्थ्यो । नपढेको मान्छे ब्यापार गर्न गाह्रो भएको थियो होला त्यसैले बुवालाई लेखपढ गर्न टाडाको सदरमुकाम पुराउनु भएको कुरा बुवाले मलाई सुनाउने गर्नु हुन्थ्यो। झन मेरो पालोमा त घरमै मास्टर राखेर पढाउनु थाल्नु भएको थियो। उहाँको शिक्षा प्रतिको चेतनाले गर्दानै म मेरो गाँउको पहिलो ग्र्याजुएट ( बि ए ) भएको छु र मैले मेरो जिबिको पार्जन कलम चलाएर नै गर्ने मौका पायेँ।

क्रमस :

(कथा बुवाको
शब्द आफ्नै )

Tuesday, May 24, 2011

यता उता पृथिवी तिरै

बेलुकाको साँढे आठ बज्न लाग्यो । पल्लो घरको झ्यालमा घाम टिलिक्क टल्किरहेछ । के अचम्म हो। संसार पनि बिचित्रको छ। कुन ठाउँमा यही समयमा राती भई सक्छ कुन ठाउँमा घाम टल्किन्छ । मान्छेको सोचाइ साह्रै सागुरो हुदो रहेछ। कुनै कुरा नदेखे सम्म त्यही कुरा सत्य अनी देखिसके पछी त्यही कुरा गलत । के कुरा सत्य के कुरा गलत त्यो पनि कहिल्यै एकनास नहुदो रहेछ ।

Wednesday, February 4, 2009






यो जाडो पनि दुध वाला चिया खाएर नै बित्यो । खै के लेखुम हौ । धेरै भईसकेछ नलेखेको डायरीमा अनी ब्लगमा पनि त्यही भएर के लेखुम के लेखुम हुँदैछ । धेरै आफ्नै कुरा थाहा हुन्छ त्यही लेख्न आउँछ ।

घर पनि उराठ लाग्दो नै भईसक्यो । बिजुली छैन । दाजुहरु अनी भाउजु पनि आफ्नो आफ्नो भाग्य खोज्न आफ्नो आफ्नो बाटो लागे। जे जे हुनु छ तेइ तेइ नै हुन्छ होला अनी जे हुन्छ त्यसलाई स्विकार्नु पर्ने रहेछ । ठिकै छ । जे भने पनि जिन्दगी रमाइलो छ ।

धेरै परिवर्तनहरु आइसक्यो बिस्वमा, नेपाल अनी आफ्नै जिन्दगीमा । हेर्दा हेदै के के भईसक्यो अनी भईसकियो । बर्ष पिछे नयाँ नयाँ परिवर्तनहरु हुन्छन। परिवर्तनसगै हिड्छौ हामी सबै ।

Wednesday, November 5, 2008

फुल कि जीवन?

दुई तिन दिन भयो मेरो आँखा पहेलो फुलिरहेको फुलमा परिरहेको छ। म दिन दिनै त्यो फुललाई हेरिरहेको छु । फोटो खिच्ने कुरा नसोचेको त हैन तर बाधाहरु धेरै छन् ।

बिहानैको घाममा खुशी भएको देखिन्छ त्यो फुल अनी त्यसैगरी अहिले बेलुकी पख लोलाएको जस्तो देखिन्छ। ओहो टक्क टक्क पहेलो फुल सेमेन्ट्को भुइमा खसिरहेको छ। अनी भुइमा धेरै पहेलो पहेलो फुलहरु जम्मा भइसकेको छ ।

भोली फेरी बिहान हुन्छ अनी त्यो झरेको फुलहरुलाई मैले हेर्ने समय सम्म बडारीसकेको हुनेछ । अनी फेरी एक दिन त्यो फुल पनि ओइलाएर मर्ने छ ।

सायद जिन्दगी पनि मैले देखिरहेको पहेलो फुल जस्तै हो कि ? ?

Tuesday, February 26, 2008

Loneliness

Dark paths
Of morning and evening
My day of beginning & ending
Holding conversations
Of me and my life

The foot steps
Walking through roads
Producing sounds
The sounds of
Conversations
Of me and my life.

19 feb 2008

Feelings before leaving and returning my home.

Sunday, January 13, 2008

A Busy Week in 2008

Last week was a very active week. I travelled to my grandfather's house in Morang for his work on Tuesday. The call for an interview made me return back so soon, so I returned back to Kathmandu on Thursday by air.

It was an active week because I did so many things within four days. First thing was travelling by bus in a whole day. We went to a river and played on water on Wednesday. I met so many relatives in Morang. I attended the funeral ceremony of my grandfather on Thursday and I returned to Kathmandu on the same of ceremony.

This time, it was an quiet different experience of travelling in air after 12yrs.The experience was not only travelling but I felt a kind of proudness with the Himalayas which I saw them from the windows of my seat.I thought,I grew up in the lap of those Himalayas and felt so proud to be a Nepali. The feeling filled me some kind of energy to me.

On friday I gave an interview. The interview was in English. It was my first Interview in English. I am satisfied with it but let's see what happens next.

The last day of this week said bye bye in rush because I attended the meeting of our club and an Presentation on language by our President, Chandra Singh Kulung.

Today is Sunday and I planned to rest at home although there was a call from my fren Chanda to attend her home along with other fren Neelam.I will meet them tomorrow.

Wednesday, January 2, 2008

श्रद्दान्जली

हाम्रो प्यारो बाजेको आत्माले चिर शान्ती पाओस्। उहाँको आत्मालाई हार्दिक श्रद्दान्जली।

May his soul rest in peace in heaven


Thursday, December 20, 2007

praying for grandfather

Dear God
I pray to u for my grandfather. He want's to live and wants to work more for well being of all. Don't take him so quickly. He is trying to stay with us. We need him.Plz Don't take him Plz Plz Plz.