Friday, April 6, 2018

यस्तो पनि

स्थान : स्वयम्भु चोक
समय : दिउँसो को  साढे तिन देखि सवा चार सम्म

घट्ना १
सिम सिम पानी परिरहेको छ।  छाता  ओडेर म छोराको स्कूल बस कुरिरहेको छु।  त्यसै बेला एक पाको महिला छिटो छिटो आइपुग्छीन।  छाता नभएकोले छिटो छिटो गाडी चड्न खोज्छिन।  तर उनको गन्तब्यको गाडी आउँदैन। सायद नेपाली भाषा आउँदैन उनलाई त्यसैले गलत गाडी मा चढ्दै  वोर्लिदै गर्छिन। 
 म उनको नजिक जान्छु अनि  छाता शेयर गर्छु।  उनको गाडी आउंछ  अनि मतिर हेर्दै मुस्कुराउँदै जान्छिन। 

घट्ना २
एउटा स्कूल बस आउँछ।  एउटा सानी नानी ८ -१० वर्षा को गाड़ी बाट वोर्लिनछिन।  पारी पट्टी उनको आमा ब्यापारमा ब्यस्त होला।  एता बाट त्यो नानी ले बोलाएको सुन्दिनन।  म बाटो काटन मदद गर्छु।  उ कुदेर आमाको मा जान्छे। 

घट्ना ३
एउटा छुर्पी बेच्ने महिला छुर्पी बेच्दै आउँछिन। म छुर्पी किनेर छुर्पी खाँदै छोरा को बस कुर्छु।