Monday, August 4, 2008

फ्रेन्डशिप डे

हिजो फ्रेन्डशिप डे । गर्न त त्यस्तो धुम धढाका केही गरिदैन तर पनि अरु दिन जस्तो युजल दिन पनि हुँदैन यस्तो दिनहरुमा । विश गरेपनी नगरेपनी फरक पर्दैन तर कसैले विश गर्दा रमाइलो लाग्छ। शायद यही हो कि फ्रेन्डशिप डे को बिशेषता। मलाई बिहानै तेन्जिङले यस एम यस छोडिदिसकेको रहेछ तर मैले तत्काल नै रिप्लाई गर्न ढिलो भएँ। जे भएपनी मैले पनि उस्लाई ढिलै भएपनी विश गरे।

फेरी एकछिनमा झर्नाले मिस्कल छोडिदिसकेछ। उस्लाई पनि ढिलै भएपनी फोन गरेर विश गरे। पालो थियो बिनुको। उस्लाई आँफै फोन गरे । 'ह्यपी फ्रेन्डशिप डे' भनेको त ' वोइ आज फ्रेन्डशिप डे हो? ' पो भन्यो अनी मैले 'तिमिले बिर्सेंको ' भने । उस्ले पनि जिस्कदै भनिहाल्यो 'भ्यालेनटाइन डे मात्र थाहा हुन्छ क्या' ल ल ठिकै छ मैले भने अनी एकछिन पछी फोन राखे। फोन राखिसकेर मेसेज आयो । बिनुकै रहेछ । मेसेज यस्तो थियो ...

oi dear fren HAPY FRIENDSHIP DAY.me na so careless dirty gal.kep remindin me la.luv u.

मुसु मुसु हाँसे । जे होस् मलाई मन पर्‍यो उस्को मेसेज। अन्तिम पालोमा चै अर्चना पर्‍यो । उस्लाई चै भेटेर नै हात मिलाएर भने 'ह्यपी फ्रेन्डशिप डे '

No comments:

Post a Comment