Monday, December 7, 2009

ओहो वोऊ ! नेपाली मै टाइप पो हुन थाले छ तर गाह्रो हुने रहेछ बा बा ! उफ यति टाईप गर्न नी गाह्रो भो । युनिकोडको नै सहयोग लिन पर्‍यो ।

Wednesday, October 7, 2009

' उ टिरा ! ' बच्चा बेहुला
' टिरा त हैन माटुर ' बच्चा बेहुली

उहिले उहिले हुन्थ्यो रे यस्तो ।

PS: टिरा = किरा
माटुर = माकुरा

Saturday, August 29, 2009

चङ्गा जस्तै ...

आहा ! चङ्गा हुन पाए कती रमाइलो !!


माथि निलो आकाशमा सेतो बादल सँगसँगै अनी पुछर हल्लाउदै तल धर्तीमा हेर्थे हतार गरेर हिडिरहेका मनिसहरु । खोइ के को लागि सबै लाई यती हतरो हो?

म अरुले गरिरहेको काम हेरेर मज्जा लिन्थे । कोइ खेत जोती रहेको , कोइ अफिसमा काम गरी रहेको, कोइ राजनीतिको गफ गरिरहेको , कोइ जाँच नभएर हड्ताल गरी रहेको, साहित्यकारहरु लेखीरहेको , बच्चाहरु स्कुलमा पढि रहेको , गूगलमा नेपाली विद्यार्थी ले लण्डनमा कलेज खोजी रहेको , ए के हो ब्लगर साथीहरु पनि ब्लगगिङ गरिरहेको देख्छु म । हावा ब्रो , बसन्त दाई , कैलाश , आकर , कलमबिर सबै जना ।

तर आफसोच ! ! चङ्गा पनि त बन्धनमै बाधीएको हुन्छ ....

Thursday, August 13, 2009

कबिता जस्तै जिबन




सानो छ खेत सानो छ बारी सानै छ जाहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
काधको सोभा हलो र जुवा हातमा कोदाली
जिबन धान्न गर्नु नै पर्ने उकाली ओराली ।
अझ पनि उतिकै सान्दर्भिक लाग्छ यो कबिता । बच्चा बेला खुब घोकिन्थ्यो । कक्षा नै थर्कौउने गरी गाउथ्यौ ।
काधमा हलो र जुवा नभए पनि जिबन त धान्नै पर्छ , उकाली र ओराली सुस्केरा हाल्दै ।

Wednesday, August 5, 2009

भुत अनी बर्तमान

कुरा गर्दै थियौ नेपालकै अनी नेपालीहरुकै ।

त्यतिबेला खुब मजा गरिन्थ्यो । बेलुका भएपछी घरबाट निक्लिएर सडकमा हल्ला गर्थ्यौ । अन्तक्छरी खेल्ने फिल्म हेर्ने चुट्किला भन्ने गफ गर्ने के के हो के के । बेलुकाको फिल्म शो नि कहिले कही ठुल बडा सँग गैन्थ्यो ।

शान्ति अनी सुरक्षा शायद तेइ होला ।

Thursday, July 9, 2009

ठुलो भोज । ठुलै मान्छेको बिदाइ । ठुलो मान्छेको सानी छोरी छुनु मुनु छुनु मुनु गर्दै डुंलिरहेकी । सबै आमन्त्रितहरु छोरी लाई बोलाउने, खेलाउने गरिरहेको ।

यदि त्यो छोरी कुनै भाडा माझ्ने दिदीको भइदिएको भए के त्यस्तै हुन्थ्यो ?

Saturday, July 4, 2009

बिथ्थमाको पोस्ट

ओहो के हो यस्तो ! मन मनै प्रश्न गर्न मन लाग्छ । ईन्टरनेट ले नि दास नै बनायो । ईन्टरनेट नचलाऊदा त के छुटेको के छुटेको जस्तो पो लाग्छ ।

मलाई किन यस्तो लाग्छ भनेर प्रश्न गरेको त उत्तर त साईबर धाइ धाइ ईन्टरनेट चलाको तेइ भएर भन्ने पो आउदो रहेछ बा।

के हो यसो हेर्छु साबरमा त कोही छैन । मलाई मात्र ईन्टरनेट चलाऊनु पर्ने हो कि के हो ! एउटा फुच्छे हो कि फुच्ची छेउ मा गेम खेल्दै थियो त्यो पनि गएछ । फ्यान को आवाज अनी के के को आवाज हो सुनिदै छ । फोन कस्तो सारो कराको ।

अँ एउटा कुरा पो लेख्न मन पर्‍यो । कलमबिर घोताने( http://mero-bichaar.blogspot.com/ को ब्लग हेरेको त त्यहाँ ओबामालाई नेपाली लुगामा देख्न पाये । अनी त के यो दिमागमा दिक्सुङको याद आयो । उसलाई यो संसारमा एउटा मात्र केटा मन पर्छ रे अनी त्यो चै ओबामा । म त दिक्सुङ्को चोइस देखेर छक्क परेको थिए ।