Monday, April 7, 2008

घर नजिकै छोटो घुमघाम

धेरै पछाडी म सितापाइला तिर घुम्न निक्लिएको थिएँ। पैदल ।

हिढदा हिढदै केही कुराकानी सुन्न पाइयो ।

'भाउजु, अचेल त दाजुले टन्न कमाउनु हुन्छ नि' (लोग्ने मान्छेको स्वर)

'के टन्न कमाउनु नि, राती ८ बजे टन्न मातेर आउँछ '

'तह लगाउनु नी , कोठामा थुनेर पिट्नु तर कसैले नदेख्ने गरी नि फेरी केटा मान्छे को इज्जत्!! '


बिचरी त्यो दिदीलाई कती दु:ख छ होला। अनी त्यो उसको मात्र कथा कहाँ हो र त्यो त त्यहाँ बस्ने सबै महिलाहरु को कथा हो। हिढदा हिढदै लोग्ने मान्छे हरु तास खेली रहेको प्रत्यक्ष देख्न पाइयो । शायद राती घरमा गएर तास हारेर रक्सी पिइ आफ्नो स्वस्नी लाई पिट्ने होला। हे भगवान कहिले सुर्द्रेला हाम्रो देश को अवस्था !!


धेरै पछी त्यता तिर गएको हुनाले धेरै परिवर्तनहरु भईसकेछन। नयाँ नयाँ थुप्रै घरहरु बनिसकेछन। त्यती राम्रो हरियाली उपत्यका हेर्दा हेदै घरै घरमा धमाधम परिवर्तन भाईरहेका छन।



मन एउटा कुरामा ढुक्क छ। सल्लाको सानो जंगलचाँही केही हुँदैन किनभने त्यो सरकारी जंगल हो। त्यहाँ को बोट बिरुवा हरु १० बर्ष सम्ममा पनि त्यसतै होस् भन्ने कामना छ । जंगल चै साह्रै राम्रो भएको रहेछ । बनमाराको सेतो फुलले जंगल ढकमक्क पारेको रहेछ।



एउटा गीतको याद आइ हाल्यो

' बनमारले बनै खायो

पिरै पिरले जिउ खायो

नदेख्या भये हुन्थ्यो होला

देखे पछी माया लाग्यो '


एउटा ठुलो ढुङ्गामा बसेर चाउ चाउ निकाले । चाउ चाउमा धेरै पुरस्कारहरुको ओइरो लागेपनी म चै भाग्यमानी छु क्यार !! जहिले Rs 0 कि try again । scratch नगरी पनि बस्नै सक्दिन । चाउ चाउ खाँदै तल फाँट्मा डोजरले मलिलो खेतलाई घरको खेतमा बादली रहेको हेदै थिएँ।


त्यहीँबाट २ बर्ष आगडी खिचेको Panorama फोटो सम्झे । कुनै दिन त्यही बाट फेरी एउटा Panorama खिचेर दुई वटा फोटोको तुलना गरौला भन्ने सोच आयो।



फर्कदाँ बाटोमा पाठा पाठिहरु खेलिरहेका रहेछन । सुम्सुम्याउन मन लगेपनी उनिहरु डराउलान् भनेर खेलिरहेको हेरिरहे । त्यसपछी घर तिर फर्के ।

7 comments:

  1. Arati jee, great observation!!.
    why do they play cards game every day?? may be reason of unemployment!!!
    If there will be opportunities of the employment in our country, difinitely they will never have time to play the cards........

    ReplyDelete
  2. But I give importance to education.
    If they were educated they would have idea to use their time properly in income generation.

    ReplyDelete
  3. Of course there is no doubt, education is important in our life..as well as there must be resources and potentiality of the market. You memorize me about saying IG that, before several years I gave IG training on three different types to Mr. Tuk Bahadur KC, resedient of Pyuthan. He also completed cerrtificate level. He also started his IG activities but he could not get success because of that he could not find potential market to consume his product.

    ReplyDelete
  4. Aarati is a Micro-Analyst and Micro-Poet. So Aarati jee time to be move to Macro.

    ReplyDelete
  5. Badri jee, we are both right in our perspective.After all, It's individual's perception.

    Thanks Suman Bhai Jee for your Macro Analyst compliment.

    ReplyDelete
  6. Arati, what language is this? I'm curious...

    ReplyDelete
  7. घुम्दा-घुम्दै आइपुगियो आरती जि को ब्लग्मा।

    राम्रो लाग्यो पोस्टहरु!

    ReplyDelete