Sunday, April 24, 2011

राष्ट्रियता

आफ्नो राष्ट्रिय फुल अरुको देशको अरुको घर अगाडी फुल्दा त मनमा चस्स हुने पो रहेछ।

Wednesday, March 23, 2011

'लोहोरुङहरु बडी इमोसनल हुन्छ हो ? ' सर गम्भीर मुद्रामा सोध्नु हुन्छ
' Charlotte E. Hardman ले सबै भन्दा पहिले लोहोरुङको इमोशनको बारेमा किताब लेखेको र सबैले उसलाई रेफरेन्स लिएको हुनाले लोहोरुङको इमोशनको बारे धेरै सामाग्री भएको हो ' म उत्तर दिन्छु

मन मनै बेस्सरी हासो उठी रहेको हुन्छ...

Thursday, January 27, 2011

लोहोरुङ याखाबा समाज ःचुनौती र चाहानाहरु

–टंक बहादुर लोहोरुङ
खर्दुवा, सित्तलपाटी—६
संखुवा सभा
समस्त लोहोरुङ विधार्थी भाई बहिनीहरु
हार्दिक अभिवादन π
किरा“त लोहोरुङ विद्यार्थी मञ्चको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको हार्दिक निमत्रणा सहर्ष स्विाकर गदै मेरो निजी धारणाहरु निम्नानुसार प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१. मेरो परिचयः सित्तलपाटी गा.वि.स. को सानो गाउ“ खर्दुवामा मेरो जन्म २००४ सालमा भएको हो । २०१४÷१५ सालतिरै मेरा बाजे प्रातः स्मरणीय हस्तमान लोहोरुङ राई र पिता जितबहादुरको शिक्षा प्रतिको अभिरुचिले गर्दा गाउ“मै निजी विद्यालय स्थापना भई प्राथमिक शिक्षा हासिल गर्ने सुअवसर प्राप्त भयो । त्यसपछि चैनपुर र खाद“वारी विद्यालयहरु हुदै“ धरानको पब्लिक हाई स्कुलबाट २०२२ सालमा एस.एल.सी उर्तिण गरे । गाउ“घरको कमजोर आयश्रोतका कारण उच्च शिक्षा हासिल गर्न सहज नभए पनि सानोतिनो नोकरी गदै २०३२ सालमा बी.ए प्राईभेट र जनप्रशासनमा स्नातक भए“ । आर्थिक रुपले आर्कषक मानेर विभिन्न अन्तराट्रिष्य गैर सरकारी संस्थाहरुमा नोकरी गरियो । विभिन्न जिल्लाहरुमा ग्रामिण विकास सम्बधी कार्यहरु गर्ने सुअवसरहरु प्राप्त भए । सामाजिक विकाश संम्बधी अध्ययन र भ्रमणको शिलशिलामा क्यानाडा,निदरल्याण्ड र पाकिस्तानको भ्रमण गर्ने अवसरहरु पनि प्राप्त भए । सानोतिनो सरकारी र धेरै जसो गैर–सरकारी संस्थाहरुमा २५ बर्ष भन्दा बढीको जागिरे जिवन पछि हिजो आज फुर्सदका दिनहरु बिताई रहेको छु । आफ्नो समाजको उत्थान र विकाशमा अभिरुचि राख्ने तर हाल सम्म ठोस योगदान गर्न नसकेको एक प्रतिनिधि पात्र हु“ र हाल धेरै काठमाडौं र कहिले का“ही गाउ“को बसाई छ ।
२. फर्केर हेर्दाः समय गतिशिल छ । आज यसघडीमा फर्केर हेर्दा मानिसको छोटो जिवन लामै हु“दो रहेछ । मेरो मावली गैरी पाङमा हो । सानो छ“दा आमाले मावलका घटना÷हालखवर सुनाएको संझनाले सभाउत्तर थुम अथवा लोहोरुङहरु राज्यको मूलप्रवाहिकरणमा समाहित भएको भर्खरै हो भन्दा फरक पदैन । इतिहासका पात्र मेरा मामाहरु सायद आज पनि कोही केही जीवितै होलान् । सभाउत्तर थुम त्यसबेला धनकुटा जिल्लाको चैनपुर इलाका अन्र्तगत रहेछ । त्यसबेला राज्यको उपस्थितिको नाममा इलाका अदालत र प्रहरी ठाना मात्र चैनपुरमा थियो । खा“दबारीमा प्रहरीचौकी राख्ने प्रयास ५÷६ पटक पछि मात्र सफल भएको रहेको छ । आमाको भनाई अनुसार खा“दबारीमा प्रहरीचौकी आयो रे भन्नसाथ त्यसबेलाका यूवक मामाहरु प्रहरी कुट्ने र धपाउने सल्लाह गरि हाट भर्न जानु हुन्थ्यो रे । प्रहरी चौकी स्थापना भयो भने उनिहरुको शाशनमा वस्नु पर्छ, मनपरी गर्छन्, त्यसलै नधपाई हु“दैन भन्ने थियो रे । एकजना महशुर मगर थरका चौकी हवल्दारले मात्र प्रहरी चौकी स्थापना गर्न सफल भएछन् । प्रहरी चौकी स्थापना भएपछि खा“दबारीको पाक्षिक हाट (आंैशी र पूर्णिमा) भर्न जानेहरुलाई लौरो(लाठी) र खुकुरी लिएर हाट प्रवेश निषेध भएछ । हाट प्रवेशद्धारमा लौरो र खुकुरी प्रहरीको संरक्षणमा राखेर फिर्ता हु“दा लैजाने नियम बनेछ । एकजना पाङमालीलाई यो नियम मन परेन छ क्यार । हाटबाट फिर्ता हु“दै उस्ले मेरो लौरो देउ भनेर प्रहरीलाई भनेछ । चिनेर लानुहोस् भन्दा मेरो लौरो अरुको जस्तो होइन, सुनले बा“धेको छ, सजिलै चिनिन्छ, देउ भनेछ । लौराको राशमा सुनले बा“धेको लौरो प्रहरीले पाएन ,आफै खाजेर लानुहोस् भनेपछि ल हुन्छ भन्दै सबैभन्दा गतिलो लौरो छानेर त्यहि लौरोले प्रहरीलाई थचक्कै बस्ने गरी पिटेर यही हो सुनको लौरो भन्दै त्यहा“बाट हिडेछ । यो घटना देख्ने र सुन्नेहरुले वहा“को नाम पछि ‘सुनलौरे’ राखी दिएछन् । वहा“को वास्तविक नाम के थियो त्यो भने थाहा भएन । यी अतीतका घटनाहरु स्वशाशनका अमृर्त उदाहरणहरु हुन भन्ने लाग्छ । आज खा“दवारी, जिल्ला सदरमुकाम र नगरपालिका भएको छ । संचार र यातायातको संजालभित्र आवद्ध भैसकेको छ । बाह« दिन लगाई धरानबाट ढाकरमा नून बोकेर खानुपर्ने हाम्रो बाध्यता समाप्त भै सकेको छ ।
३. लोहोरुङ समाजको अवस्थाः ऐतिहासिक हिसाबले पल्लो किरा“त अन्तगर्त धनकुटा जिल्ला भित्र पर्ने समाउत्तर थुम नै हाम्रो लोहोरुङ भूमी हो । यो भूमिमा लोहरुङ भन्दा पहिले अन्य जाती बसोबास गरेको इतिहास छैन । यसकारण हामी त्यस भूभागको भूमि पुत्र हौं । कालान्तरमा लोहोरुङहरुको तजविजमा अन्य जातजातीहरुको बसोबास भएको हो । समयक्रममा परंपरागत हक अधिकार पत्तै नपाई हरण भए । समयानुकुल मुलप्रवाहीकरणलाई आत्मसात गर्न हिच्कीचाउ“दा हाल बन्चीतिकरणमा पारियो । आज दोस्रो दर्जाको नागरिक सरह निरीह र सिमान्तकृत नियती भोग्न विबश छौं । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा हाम्रो उपस्थिति र पह“ुच ज्यादै न्युन छ । विश्वयुद्ध पछिका दिनहरुमा लाहुरे हुने पेशा थोरैले पाए तर आशामा धेरै अलपत्र परियो । वैदेशीक रोजगारले गर्दा गाउ“घरको अवस्था हाल कहाली लाग्दो छ । एक पेट खानाकै लागी दिनरात दुःख गर्नु पर्ने वाध्यताले गर्दा बाहिरीनु परेको हो । बाबुबाजेको पालादेखि जमीनको अंशवंडा गर्दा गर्दै टुक्राउन नमिल्ने अवस्थामा पुगीसक्यो । निर्वाहमुखी खेती प्रणली संकटमा परिसक्यो । आर्थिक उन्नतीका नया“ सोच र अनुकुल परिस्थिती शुन्य छ ।
४. देशको अवस्थाः राजनैतिक अस्थिरताले गर्दा हाम्रो देश अहिले गंभिर संकटमा फसेको छ । बहुदलिय व्यवस्थाको विश्वब्यापी सफलता देखेर नेपाली जनताले पंचायत ब्यबस्थालाई फाले । राजनैतिक दल र नेताहरुको सामन्ती सोच र टक्करले गर्दा बहुदलिय ब्यबस्था संस्थागत हुन सकेन । विसंगती र बिकृतीहरुले गर्दा जनचाहाना भताभुंग भयो । यही जगमा उभिएर माओवादी सशस्त्र आन्दोलन तहल्का मच्चाउन सफल भयो । एक दशक लामो द्धन्दकालमा नसोचेको पीडा र नोक्सानी हामीले ब्यर्होनु प¥यो । हारजीतको फैसला जनहितमा हुने थियो तर त्यसो नभै संझौताको खेल शुरु भएको छ । लोकतन्त्र ,गणतन्त्र, संधियता आदी माहान उपलब्धीहरु हासिल भएका छन् तर संझौताको भुमरी मै विलाउने हो कि भन्ने खतरा बढेको छ । संविधान सभाको मुख्य काम नया“ नेपालको नया“ सविधान निमार्ण गर्ने हो तर धरापमा परेको छ । गरीब मुलुकको ढुकुटी रित्तयाउने ६०१ निरीह सभासदहरु फगत हतियार र मतीयार साबित भैसके । चमत्कार स्वरुप कुनै एक संविधान आई हाले पनि त्यो सबैलाई मान्य हुने अवस्था देखिदैन । सतहमा देखिएका सबै मुद्दा संविधानमा अटाउदैन । फेरि उस्तै अशान्ति र अराजकता फैलाउन कोही भन्दा कोही कम छैन, देखासिकी भैसक्यो । यसर्थ अरु बर्बादीबाट देशलाई बचाउन सबै अटाउने बहुदलिय राजनैतिक ब्यबस्था र विधिको शासन भन्दा अन्य विकल्प छैन भन्ने मलाई लाग्छ ।
५.लोहोरुङ समाज र राज्य पुनर्संरचनाः संविधान सभाको राज्य पुनर्संरचना समितिले किरा“त प्रदेश प्रस्तावित गरेको छ जुन किरा“त इतिहासको एक सम्मान पनि हो । लोहोरुङ समाज पनि किरा“तवंशी भएकोले र सोहि नाम गरेको प्रदेश अन्र्तगत प्रस्तावित भएकोमा गर्व महशुश गर्छन भन्ने मलाई लाग्छ । अर्को तिर लोहोरुङ भूमि अरुणपूर्व रहेको र ठेक्काथिति किपट व्यबस्थाले गर्दा प्रस्तावित लिम्वुवान प्रदेशले पनि दाबी गरेको छ । लिम्वुवान नभनी पल्लोकिरा“त भनेको भए लोहोरुङ स्वतः पल्लोकिरा“तवासी हुन्थे । लोहोरुङहरु ‘राई’ पगरी पाएका जिमीहरु हुन् । किरा“त प्रदेश राई बहुल प्रदेशको रुपमा प्रस्तावित भएकोले सहज महशुस भएको हो । यो बिषयमा ठुलै किचलो पर्न आए निष्पक्ष जनमत संग्रह भएमा उपरोक्त भावनको पुष्टि पनि हुनेछ । क्षणिक उन्माद र राजनैतिक स्वार्थको भरमा कसैले लिम्बुवान ,खम्बुवान या याम्फुवान दावी गर्दैमा लोहोरुङहरुलाई त्यो मान्य हुने छैन ।
पहिचानको आधारमा प्रदेश कायम हुनु आदिवासी जनजातिहरुको लागी अति नै गौरबको विषय हो तर त्यस भित्रका अन्य जातजातिहरुले पनि त्यतिकै सहज महशुस गर्लान ? त्यसमाथि थप अग्रअधिकार र आत्मनिर्णायकोे अधिकार सहितको जातिय प्रदेश पाच्य होला ? न्याय र समानताको शान्तिपूर्ण संर्धषमा कसैको विमती हुन सक्दैन तर भेदभावको बदलामा भेदभाव हुन थाल्यो भने हाम्रो बहुजातिय समाजीक जीवन सहज होला त ? पहिचानलाई मात्र महत्व दिएर सामाथ्र्यलाई बेवास्ता गरिए एक्काइसौं शताव्दीको मुलप्रवाहीकरणबाट बंचित हुने अवस्था त आउ“दैन ? यी प्रश्नहरुको सहज निकाश निस्केन भने प्रदेश भित्र पनि अनेकौं विवाद र विद«ोह श्रृजना हुनेछ । सिमा विवादका चर्का आक्रोशहरु सतहमा पोखिन थालि सकेका छन् । यस्तो अन्योल र जटिल अवस्थालाई चिर्न सामाथ्र्यको आधारमा थोरै प्रदेश र पहिचानको आधारमा धेरै स्वयात्त क्षेत्र निर्माण हु“दा पो निकास निस्कन्थ्थो कि ? त्यसपछि प्रदेश र राष्ट्रको हरेक क्षेत्रमा समानुपतिक सहभागीता कायम हुन सके दिगो शान्ति सुनिश्चीत हुने थियो ।
६. राजनिति र युवा समुदायः राजनितिले नै देश चल्ने हो तर त्यो असल मनशायले परिचालन हुन सक्नु पर्छ । नेपालमा असल शाशनका लागी राजनैतिक परिवर्तनहरु भएकै हुन् तर व्यबस्था फेरीए पनि तिनै सोच र चरित्रका व्यक्तिहरु नया“ व्यबस्थामा पनि हाबी हु“दै आएको हु“दा देश उकालो लाग्नुको सट्टा ओरालो लाग्दै छ । सत्ता र स्वार्थको राजनितिले नया“ रोजगारीहरु श्रृजना हुन नसक्दा युवाशक्ति ब्यापक रुपमा विदेश पलायन हु“दैछ । पराई देशमा चरम पीडा , यातना, ठगी, अपहेलना आदी ब्यर्होने यूवाहरुको कहानीले समाचारपत्रहरु रंगीएका छन् । राहदानी खोसेर कलकारखानाहरुमा बन्दी बनाई बीना पारिश्रमिक काम लगाउने मुलुकहरुबाट मानव अधिकारको जधन्य अपराध भईरहेको छ तर यो देशका शाशन र प्रशाशनका जिम्मेदार व्यक्तिहरु त्यही देशको भोज भतेरमा रमाउ“छन् । मानव अधिकारको नारा निरीह र निमुखाहरुको लागी नभै टाठाबाठाहरुको गरी खाने भा“डो सावित हु“दैछ । देश भित्र दिन दुईगुना रात चौगुना मानव तस्करी र ठग दलालहरुको विगविगि वढि रहेको छ । राजनैतिक दल र नेताहरु संरक्षण गर्न हारालुछ गर्छन् । गुण्डा गर्दी र अपराध व्यापक रुपमा बृद्धि भैईरहेको छ । दुःख सुख शिक्षा आर्जन गरेका यूवालाई आफ्नो योग्यता र क्षमता अनुसारको रोजगारी शुन्य भैसक्यो । दण्डहिनताका कारण सहि र गलत के हो भनेर सिमांकन गर्ने बृद्धि र विवेक संकटमा पर्दैछ । आजका यूवाहरुको लागी यी भयावह चुनौतीहरु हुन् । यूवाहरु विभिन्न राजनैतिक विचारधारामा लागे तापनि असल कामको लागि एकता हुनु पर्दछ । विकसित मुलुकहरुमा दश प्रतिशत मात्रै राजनितिको पछि लाग्दछन् भनिन्छ तर नेपालमा नब्बे प्रतिशत संलग्न छौं । यसर्थ जनताले डो¥याउनु पर्ने राजनितिको सुल्टो बाटोको सट्टा राजनितिले जनता डो¥याउने खेल हाबी भैरहेको छ । परिणाम स्वरुप जनता निर्णायक हुन नसक्ने अवस्थाले गर्दा विकृती र विसंगती बढेर सरकार बन्न नसक्ने अवस्थामा सम्म आईपुगेका छौं । अब विकसित मुलुकहरुबाट पाठ सिकेर निर्णायक भुमिका खेल्न सिकौं ।
७. लोहोरुङ संस्था र यस्को बिस्तारः लोहोरुङ संस्था एक सामाजिक संस्थाको रुपमा दर्ता भै संचालनमा आएको एक दशक हुन लागी सकेछ। काठमाडौंमा दर्ता भै काठमाडौंमा केन्दि«त केहि क्रियाकलापहरुमा सिमित छ । नियमित आयश्रोतको अभावमा केहि गर्न सक्ने अवस्थामा छैन । त्यसरी नै लोहोरुङ महिला संस्था पनि काठमाडौमा नै दर्ता भै यही स्थितिमा छ । यत्तिकैमा सिमित भएर बस्दा दुवै संस्थाको भविष्य उज्वल छैन । काठमाडौं आएर विभिन्न पेशा र व्यवसायमा अस्थाई चरित्रको बसाईका कारण यस्तो भएको हो । लोहोरुङ समाजको हकहितकोलागी केन्द«मा केहि मात्रामा भए पनि चहलपहल गर्नुले केही अर्थ त राख्छ तर आफ्नै भूमिमा र आफ्नै समुदायमा संस्था ब्यापक परिचालन हुनु नितान्त आवश्यक छ । हरेक लोहोरुङ गा“उको पनि टोलटोलहरुलाई एक ईकाई मानेर १५ देखि ३० घर सम्मलाई समेटेर प्रारम्भीक समिति गठन गरी प्रत्येक घरघरमा सामाजिक संस्थाको महत्वबारे सन्देश पुग्नु पर्दछ । हाम्रा सामाजिक जातिय क्रियाकलापहरु ती समितिहरुबाट परिचालन गर्नु पर्दछ ।साथै हरेक घरबाट गच्छे अनुसार वार्षिक अर्थ संकलन गर्न अत्यन्त जरुरी छ । हरेक समितिले हरेक वर्ष जनसंख्या तथ्यांक संकलन गरि रहनु पर्छ । रोजगारी र शैक्षिक तथ्यांक पनि राख्नु पर्छ । महिला र पुरुषको बराबरी सहभागिता सुनिश्चिीत गर्नु पर्दछ । कम्तीमा वार्षिक रु.पा“चहजारसम्म योगदान गर्न सक्ने कमसेकम सयजना संरक्षकहरु पहिचान गरी एक अक्षय कोष खडा गर्न सकियो भने धेरै महत्वपूर्ण कार्यहरु संचालन गर्न सकिन्छ । अन्य जिल्ला र मुलुकमा रहेको लोहोरुङ बन्धुहरुलाई पनि यसरी नै आवद्ध गर्नु पर्दछ ।
सुचितकृत हुने मनशायले लोहोरुङ संस्था दर्ता हु“दा को नाम परिर्वतनगरि महाधिवेशनले नया“ नाम कायम गरेता पनि हालसम्म बैधानिकता प्राप्त गर्न सकेको छैन । नया“ नाम नया“ दर्ताबाटै सजिलो हुने देखिन्छ र संस्थाको विधान पनि समयानुकुल बनाउने हिसाबले परिमार्जन आवश्यक छ । संस्थाको विधानमा उल्लेख नहं“ुदा क्षेत्रिय स्तरमा ‘एम्बुलेन्स’ सेवा संचालनमा कठिनाई परेको छ । अतः नया“ दर्ता गर्न सबैको मत मिल्यो भने लोहोरुङ भूमीमै गर्न सके राम्रो हुने थियो । काठमाडौंलाई केन्द« मान्ने अवधारणा त्यागेर आफ्नै समाज केन्दि«त हुनु आजको आवश्यकता हो ।
८. लोहोरुङ समाज र आर्थिक विकासः जब सम्म आर्थिक रुपमा कुनै व्यक्ति या समाजको उत्थान हु“दैन तब सम्म आजको प्रतिस्पर्धी युगमा उन्नती र प्रगती हुन सक्दैन । राज्य यस तर्फ गंभिर हुनुपर्ने हो तर भएन । अब जनस्तरबाटै परस्पर संगठीत भएर केही आर्थिक क्रियाकलापहरु परिचालन गर्न नितान्त जरुरी भैसको छ । विदेशमा मजदुरी गर्न जाने खर्च अथवा गएर कमाएको आम्दानीले पू“जीको अभाव हु“दैन भन्ने लाग्छ । जहा“ केही भएकै छैन भने गर्न सकिने क्षेत्र र अवसरहरुको कुनै कमी छैन । निजि क्षेत्र या सहकारी भावनाले संगठीत भएर अगाडी बढ्नु पर्ने मानसिकता दरो हुनु प¥यो । यातायातको सुबिधाले लोहोरुङ भूमी दुर्गमबाट सुगम भैसकेको छ । ठिक्कको हावापानी र माटोले साथ दिएको हाम्रो लोहोरुङ भूमीको भविष्य अति उज्वल छ । खा“चो केवल गरिखाने इमान्दारी र कडा परिश्रमको छ । अरुलाई दोष दिएर मात्र केही हुनेवाला छैन भन्ने मेरो मान्यता छ ।
९. अरुण जल विद्युत परियोजना र आई.एल.ओ.१६९ः हालै कान्तिपुर दैनिक ( २०६७ मंसिर २३ गते) मा प्रकाशित जल विद्युत इन्जिनियर तथा विद्युत प्राधिकरण पूर्व उपकार्यकारी निर्देशक श्री रविन्द« बहादुर श्रेष्ठको एक लेख अनुसार “विदेशीन लागेका अरुण –३ तथा माथिल्लो कर्णाली आयोजनाको सर्भे लाइसेन्स खारेज गरि स्थानिय जनताको सेयर लगानीमा समेत गरी माथिल्लो तामाकोशी मोडेलमा निर्माण गर्ने कार्ययोजना बनाउनु पर्छ” भन्ने छ । वहा“ले “ गुरुयोजनामा उत्कृष्ट ठहर भएका संपुर्ण जलविद्युत आयोजनालाई यस्तो राष्ट्रघाती मोडेलमा विकाश गर्ने कार्यमा रोक लगाउनु पर्छ र यस्तो अवधारणा कहा“बाट कसरी आयो र स्विकृत भयो, छानवीन पनि गर्नु पर्ने हुन्छ ” भनी जोडदार माग राख्नु भएको छ । साथै नेपाल र भारतको विद्युतप्रणाली एक आपसमा ‘सिन्क्रोनाईजेशन’ नहुने हु“दा सित्तैमा दिने भनिएको विजुली पनि सिधै लिन नसकिने प्राविद्यिक कठिनाई पनि उजागर गर्नु भएको छ । राष्ट्रिय स्वार्थसंग गा“सिएको वहा“को यी भनाईहरु मनन् गरौं । यदि यो सत्य हो भने सबैभन्दा बढी हामी ठगिदै छौं । भावी पुस्ताको दरो र दिगो आयश्रोत अरुको कब्जामा पर्दैछ ।
अर्कोतिर नेपालले आई. एल. ओ.१६९ अनुमोदन गरीसकेपछिको अवस्थामा सो अनुरुप स्थानिय आदिवासी जनजातिहरुको स्वामित्व हिस्सा अरुण–३ मा स्थापित हुनु पर्दछ । विश्व बैकंको पहलमा पहिलेको परियोजना रद्द हु“दा भोगेको पीडा भारतको पहलमा फेरी संचालन हुनु खुशीकैे कुरा हो तर केन्द« सरकार र भारतले एकलौटी फाईदा उठाउन खोज्यो भने अन्तराष्ट्रिय न्यायलयको ढोका सम्म पुग्न सक्छौं भन्ने मलाई लाग्छ । लोहोरुङ समाज सुतेर बस्नु हु“दैन ।
१०. आदिवासी जनजाती सूचीकरण र लोहोरुङ ः डा. श्री ओम गुरुङको संयोजकत्व गठीत उच्चस्तरिय आदिवासी जनजाती सूचीकरण कार्यदलले लोहोरुङलाई पनि सूचिकरणकोलागी सिफारिस गरेको ब्यहोरा धेरैलाई विदितै होला तर मंत्रीपरिषदबाट निर्णय हुन बा“की नै छ । होला नहोला दोधारकै अबस्थामा छ । संखुवासभा जिल्लाबाट याम्फू पनि सिफारिस भएको छ तर मेवाहाङ भएन । राईको रुपमा पहिले सूचीकृत भएका लोहोरुङ, कुलुङ, याम्फू र आठपरिया बाहेक धेरैले संधर्ष र प्रयास गरे तर सिफारिस भएनन् । सूचिकरण मापदण्डको व्याख्या र विश्षेलण विद्धान र बुद्धिजिवीबाट निष्पक्ष हुन नसक्दा कुनै सिफारिस भए कुनै हुन सकेनन् जस्तो लाग्छ । यो त्रुटी शुरुको सुचीकरणबाटै भएको देखिन्छ । उदाहरणको रुपमा थकाली र भोटेजाती गाउ“ ठाउ“को आधारमा अलग अलग सुचिकृत छन् । श्रोत, साधन र सहभागितामा पह“ुच पुगोस् भनेर यस्तो प्रयास भएता पनि जातिय विभाजनको विउ पनि रोपिएको छ । विभाजित भएपछि शाशन गर्नेलाई सजिलो हुन्छ भन्ने हेक्का राखीएन । किरा“तवंशी हु“ भन्ने राई,लिम्बु,याखा, सुनुवार,कोचे,मेचे,धिमाल,आदी सबै किरा“त अन्तगर्त सूचीकृत भएको भए किरा“त प्रदेश सुनिश्चीत थियो भन्ने लाग्छ । एउटै वंशबाट धेरै जातजाती जन्मन्छन् भन्नु गलत हुन्छ होला । यदि गलत हु“दैन भने जस्ले सूचीकृत हुन चाहन्छ,सबैलाई सूचीकृत हुन पाउने मापदण्ड किन नबनाउने ?
११. लोहोरुङ भाषा परियोजना बारे जानकारी ः त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभाग र गोटेवर्ग विश्वविद्यालय स्विडेनले संयुक्त रुपमा लोहोरुङ भाषा संरक्षण र यस्को उपयोग÷प्रयोग बारे एक परियोजना गर्त वर्ष नै छलफलमा ल्याएको थियो । लोहोरुङ संस्थाको तर्फबाट म संयोजक तोकिएको छु । स्विडेन सरकारको सानो आर्थिक सहयोगमा संचालन हुने उक्त परियोजना कार्यान्यन भएको भए लोहोरुङ समाजले सोचेको तर गर्न नसकेको केही कामहरु हुने आशा थियो तर त्रि.वि. र गोटेवर्ग विश्वविद्यालय विच परियोजना संचालनको सोच नमिल्दा अल्मलिएर केही प्रगती हुन सकेको छैन । अब त्यो परियोजना त्रि.वि. मार्फत नभै भाषा विज्ञहरुको संस्था मार्फत अझै पनि होला कि भन्ने आशा छ । जे भएतापनि मैले बुझेको स्पष्ट कुरा के भने रोजगारी र तलब भत्ता त्यो परियोजनामा छैन । यस्तै कुरामा त्रि.वि.संग कुरा नमिलेको होला भन्ने मलाई लाग्छ । स्वंय सेवकको रुपमा म खटिन तयार छु त्यस्तै उच्च शिक्षा हासिल गदैं गरेको र गरि सकेको लोहोरुङहरु अरु पनि तयार हुनु प¥यो । म त्यस्तो सूचीको प्रतिक्षा गर्ने छु । आफ्नो समाजको लागी केही हुन्छ भने हामीले योगदान गर्न पछिपर्नु हुदैन । आदिबासी जनजाती प्रतिष्ठानको सहयोगमा लोहोरुङ भाषाको वर्ग निर्धारण हालसालै एउटा कार्यशाला गोष्ठीमा भै सकेको छ । यस्को साथै ब्याकरण निर्माण र त्यस पछि शब्दकोष र पाठ्यसामाग्रीहरु प्रकाशन आदी उक्त परियोजनाको कार्यक्षेत्र भित्र पर्न सक्छन् । आजको आधुनिक संचार प्रविधिमा प्रवेश गदै लोहोरुङ भाषा,साहित्य र संस्कृतिको संरक्षण गर्न हामी सक्षम हुनै पर्दछ ।
अन्त्यमा, कि“रात लोहोरुङ विधार्थी मञ्चको प्रथम ऐतिहासिक राष्ट्रिय माहाधीवशेनको सफलताकोलागी हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । उपरोक्त मेरा निजी धारणाहरु महाधिवेशनको कार्यसुची संग प्रत्यक्ष मेल नखालान् तापनि कुनै न कुनै रुपले अप्रत्यक्ष दिशा निर्देश गर्ने छ भन्ने आशा राख्र्दछु । साथै संकटग्रस्त विश्वका कतिपय मुलुकहरुले भोगी रहेका दुर्दशा हामीले भोग्न नपरोस् । यसै पनि देश तरल अवस्थामा छ । हाम्रो देश र समाजको राजनैतिक अस्थिरताबाट स्वार्थ पूरा गर्ने कतिपय देशि–विदेशी तत्वहरुको गोटीहरु सक्रिय छन्, सावधान हुनु आवश्यक छ । हक अधिकारको कुरा गर्दा कर्तब्य के हो, त्यो पनि नभुलौंै । न्याय र समानताको पक्षमा लागी रहयौं भने अन्तिम विजय त्यसैको हुनेछ ।
धन्यवाद
सम्पर्क ठेगानाः
लोहोरुङ खिम
स्वयंभू–हलचोक सडक
(पिपलवोट मन्दिर)
सितापाईला–८,काठमाडौं।
फोनः ९७४११२७०२३÷४२८०३१७

Wednesday, January 12, 2011

बिदेसी हरुको कुरा

यो कुइरेहरु को कुरा पनि अचम्म लाग्दो नै हुन्छ।
एउटा कुइरे थियो रे । त्यसले एउटा भेतनामी बच्चा पाल्न ल्याको रहेछ । अनी अर्को कुइरेनी लाई ' तिमी मेरो श्रीमती नबन तर मेरो बच्चाको आमा बनी देउ न है ' भन्यो रे । कुनै नेपाली ले नेपाली लाई यस्तो भनेको तपाईं कल्पना गर्न सक्नु हुन्छ ?

Tuesday, January 11, 2011

समाज

'अनी सरिता अब त पाइन्ट लाउन्नौ होला नि है । बुडोले के भन्छ?'

' क्वाटर सम्म त हुन्छ रे। तर सासु ससुरा आको बेला चै कुर्ता रे । 'नयाँ दुलही उत्तर दिन्छिन

Friday, September 24, 2010

Social media

Communication is the process of exchange of ideas and opinions. Human beings can’t live without communicating each other. Similarly the concept of mass communication evolved to exchange ideas among large number of audience.

The major elements of mass communication are sender, message, medium, receiver and feedback. All these elements are equally important. Hence media-which is a plural form of medium, is one of the important factor in the process of mass communication.

Traditional mass media such as newspaper, radio and television used to be the main media until the introduction of Internet. Internet has made quiet easy to reach the large number of audience. So there is evolution of social media along with the internet.

Social media is defined as that media which is widely used by the common people in the internet. Some examples of social media are facebook, blog, twitter etc. It represents media that users can easily participate, collaborate and contribute. It is dynamic and flexible.

Information is power. Social media can transfer information quickly with minimum expense or can be considered negligible expense. It can raise awareness among the audience worldwide not confining the local territory. It’s used by all level of people from president to an ordinary gate keeper. So the social media is very useful to say something to all level of people.

Government are ignoring the Indigenous Peoples right so in order create pressure to government, the social media can be very useful. It can also be used to aware the Indigenous People about their rights. Many Indigenous People are unaware about their rights. Social media can play to boost in raising awareness.

Still the infrastructure in the context of Nepal is still challenging but there is a light at the end of the tunnel. We can make use of it with this availability of fewer infrastructures in effective way and this can be possible with social media.

Tuesday, July 27, 2010

मेरो बूट जुत्ता भित्रको सिद्धन्त

म कैयौ दिन देखि निरन्तर हिडिरहेछु। घुमाउरो डाँडाहरुमा । राइ गाँउको दक्षिणी अरुण खोलामा । मेरो वरपर लोहोरुङ गाँउ लडिरहेछ । उर्लेको खुला खोलाले उपत्यकाका भागहरु छुट्टाएको देखिरहेको छु । हिमालहरु भन्दा पुरानो , सानो सानो खोलाहरु यसमा मिसिएकोले आफ्नै सानो उपत्यका, गहिरो खोंच र अनगिन्ती भिरालो जमिन बनाएको छ । मानौ एउटा लामो धर्का तल नदी देखि खाँदबारी - माथिल्लो अरुणको मुख्य बजार सम्म जुन ४००० फिट सम्म बनाएको देखिन्छ ।

जति म हिड्दै जान्छु त्यती दृश्यहरु बदलिदै जान्छन् । मेरो पहिलो दृश्य छाप नटुङगिने खोलाले ,रातो माटो को टाटाहरु , खैरो चट्टान र ठुला ढुङ्गाहरुले छोडेको हुन्छ जसको बनावट प्रकाश ले बदलिदिन्छ । कहीले काही ति काला भएर निस्किन्छन अनी कलिलो हरियो हल्लिरहेको धानको छायाहरु- गाडा बैजनी हरियो जङल सँग ठोकिन्छन। तल्लो भिरालोको sub tropical बनस्पति - सितल हल्लिरहेको केराको रुख र छरितो बाँसहरुको रहस्य थाहा पाउन पातालिन्छन् । तिनीहरुको अग्लो हाँगा चट्टान र टुप्पोमा हिउँले ढाकिएको हिमाल बिरुद नुहेको हुन्छ । मानिसहरु जसलाई लोहोरुङ भनेर मैले भेट्नु भन्दा पहिला यही भु बनोट र प्रकिर्तिक विश्वले मेरो मानसपटलमा हिर्काउँछ जहाँ लोहोरुङहरु बसोबास गर्छन् ।

नोट : अनुवाद गर्ने कोशिश गर्दै छु । यो किताब ' Other Worlds' (Charlotte E. Hardman) को पहिलो अध्याया हो । फुर्सद मिलेसम्म क्रमश अनुवाद गर्दै जाने छु ।