Tuesday, December 30, 2008

बसमा

बस चढ्दाको अनुभब लेख्न मन परेको धेरै भइसक्यो तर के ले हो के ले गर्दा लेख्न पाइरहेको थिइन । त्यही बारे केही लेख्नु पर्‍यो भनेर आज लेख्ने मौका पाएँ भनेर भन्नु पर्ला।

घट्ना १

एउटा आईमाई । शायद तरकारी ब्यापारी होला । डोको उठाउन लाग्दा दिन लागेको भाडा हातबाट फुत्त अली पर खस्न पुग्यो । अनी त्यही उमेरको अर्को आईमाईले त्यो पैसा कसैको खसेको होला भन्ठानेर उठाइन् । अनी त त्यो पहिलो महिला कराउन थालिन् । यस्तो नमिठो कराइन् कि फेरी त्यो अर्को महिलाले जिन्दगीमा कहिले खसेको पैसा उठाउदिन होलिन् ।

घट्ना २

एउटा पातलो पातलो दुब्लो मान्छे । कनडक्टरले उसलाई भाडा माग्छ । मैलेत पैसा दिइसकेको भनेर पैसा दिन मान्दैन । कनडक्टरलाई राम्रो सँग थाहा हुन्छ पैसा नदिएको । उसले थर्काएर पैसा माग्छ । त्यो मान्छेले पैसा दिएर रिसाउदै कराउदै जान्छ। भन्छ ' म यस्तो बस किन्न सक्छु । के सोचेको '।

घट्ना ३

एउटा बच्चाको आमा । उसको काखमा २ वा ३ बर्षको बच्चा । आमाले जे भन्छिन् त्यही दोहोराउँछ त्यो बच्चा।

आमा= 'ॐ माने पेमे'
बच्चा लर्बराएको स्वर् मा = 'ॐ माने पेमे'
आमा ='म ज्ञानी हुन्छु '
बच्चा = ' म ज्ञानी हुन्छु'
आमा = 'म आमा बुवालाई माया गर्छु '
बच्चा = 'म आमा बुवालाई माया गर्छु '
आमा = ' म धेरै पढ्छु '
बच्चा =' म धेरै पढ्छु '
आमा = ' म ठुलो मान्छे हुन्छु '
बच्चा = ' म ठुलो मान्छे हुन्छु '

आमाले फेरी दोहोराउँछिन् म ज्ञानी हुन्छुबाट अनी बच्चा आमालाई पछाउँदै जान्छ ।

5 comments:

  1. हाम्रो मनसिकता र समाज।

    ReplyDelete
  2. Hi!I wish you -Happy New Year 2009 may this year brings peace and joy to all of us

    ReplyDelete
  3. कन्डक्टरको कथा चै रमाईलो लाग्यो ।

    ReplyDelete