बिहानको समय छ ...खुल्ला रिंग रोडको सडक . . दशै को
मौसम अनि दशै संगै चिसो हावाको महसुस...
मन हलुको छ .. राम्रो मौसमले गर्दा ... गित गुनगुनाउनु मन लाग्ने .. गित
गुनगुनाई हाल्छु ‘सयौ जुनी पाउन सकिन्छ सकिन्न एक जुनी काफी छ हजुरलाई’
मन पनि अपरम्पार छ. बिरामी फुपु लाई सम्झन्छु – मृत्य कति गाह्रो छ . मृत्य
भन्ने बितिकै आफु लेबर पेन भएको सम्झन्छु – कति पिडादायी थियो ...श्रीमान को पनि
याद आउछ – कति मायालु तरिकाले मुसार्नु भएको थियो त्यो बेला ..
यतिकैमा एउटा स्कूटर आउछ .. आमाले चलाई रहेको अनि अगाडी एउटा बच्चा अनि पछि
एउटा अलि ठुलो बच्चा ,, दुवै जनाले कति राम्रो परम्परागत लुगा लगाई राखेको देख्छु
,, राम्रो लाग्छ ,, एकैछिन मा पछाडिको बच्चा पछाडी फर्केर मिठो मुस्कान दिन्छ,,
कति क्युट देखिन्छ ,, त्यो क्युट मुस्कान ले मेरो छोराको क्युट अनुहार सम्झिन्छु
अनि लाग्छ ‘वाउ जिन्दगी’
No comments:
Post a Comment