दुई वर्ष अगाडी म छोरालाई
छोडेर जागिर खान चरिकोट आउँदा मेरो छोरा दुई वर्षको दुधे बालक थियो। जागिर खाने बाध्यता र
दुधे बालकलाई छोड्नु पर्दा मलाई निक्कै चिन्ता लागेको थियो . सुरु को हप्ता निक्कै गारो भएको थियो. तर बिस्तारै बानि पर्दै गयो .
खुसि लाग्ने कुरा धेरै पछि मेरो जागिरे जिन्दगि
ले निरन्तरता पाएको थियो तर बच्चा संग को बिछोड ले पिडा पनि थियो . म ३ हप्ता मा
एक चोटी छोरा भेट्न काठमांडू जान्थे .
छुटिने बेला सारै पिर लाग्थ्यो . म घर छोड्ने रात छोराको खेलिरहेको भिडियो खिच्थे
अनि छोराको निदाएको अनुहार हेरी राख्थे . आफु ननिदाए सम्म . बिहानै म उज्यालो
नहुदा हिडिसक्थे . सायद मेरो बच्चा ले थाहा पाइसकेको हुदो हो . उ बिहान उठेर पनि
केहि प्रतिक्रिया दिदैनथ्यो रे .अनि फेरी अर्को पल्ट भेट्न
जादा म घर पुग्न बितिकै मेरो पछि पछि लाग्थ्यो. म टोइलेट जादा पनि बाहिर कुरी राख्थ्यो.
म र श्रीमान भएर घुमाऊन लैजानथ्यौ . चाउमिन ,
मो मो , आइस क्रिम , जुस खुवाऊथ्यौ . उ धेरै धेरै खुसि हुन्थ्यो. उसको बुझाई मा
आमा बुवा भनेको घुमाउने र मिठो मिठो खुवाउने मानिसहरु हुन भन्ने लाग्थ्यो होला .
दिनहरु बित्ददै गए . आउने जाने
प्रक्रिया चली रह्यो . छोरा पनि दिन दिनै ठुलो हुदै गयो . उसको बुझाई फरक हुदै गयो
. आमाले जागिर खाने कुरा पनि बुझ्न थाल्यो
अनि आमा अफिस जान्छु ल भन्दा उसले घर छोड्दा स्वीकृति दिन्थ्यो यानी मलाई पछाउदैनथ्यो . आमा भएर पनि बच्चाले
नपछाउदा मलाई सारै रुन मन लाग्थ्यो .
आमा भएर पनि आमा हुन नसकेको मा ..
एक दिन म छोराको फोटो
हेर्दै थिए .. एक दम नियालेर हेर्न थालेछु .. उसको आखा रसिला थिए ... आमातिमीले
किन छोडेर गएको भनेर भन्न चाहेको तर भन्न
नसकेको जस्तो लग्यो. मेरो आँखा बाट आसु झर्न थाल्यो .. अनि छोराको यादले सताएर
कमजोर पार्छ भनेर मैले उसको फोटो हेर्न बन्द गरिदिए
तर म छोरालाई भेट्न काठमाडौँ जाने रात म उसको सबै फोटो अनि भिडियो हेर्थे. त्यो
रात मेरो जिन्दगीको सारै लामो रात हुने गर्थ्यो .. छोराको अनुहार झल्झली आउथ्यो ..
उसले गरेको क्रियाकलाप मेरो आखा अगाडी नाच्न थाल्थ्यो .. एक रात मलाइ एक वर्ष
जस्तो लाग्थ्यो ..
सुरु सुरु मा मलाई भेट्न
बितिक्कै छोराले पिटथ्यो अनि जा भनेर ढोका तिर धकेल्थ्यो अनि फेरी एक छिन
मा तानेर मलाई बसाउथ्यो अनि मै संग टासिएर
बसी राख्थ्यो ...
म उसलाई उसको आपा बुबा
बस्ने ठाउँ मा लैजान्थे अनि उ सारै खुसि हुन्थ्यो र अर्को पटक हामी दुई घर बाट
निक्लिदा आपाको मा जाने है भन्दै अघि अघि लाग्थ्यो. ...
कामको कारणले ले गर्दा मा
फिएल्ड जानु पर्थ्यो अनि मा फिएल्ड जादा मेरो छोरा जस्तो बच्चा देख्दा मलाई उसको
यादले सारै सतौथ्यो ... अनि म टोलाएर
तेस्तो बच्चाहरु लाई हेर्ने गर्थे ...यस्तो लाग्थ्यो ति बच्चाहरु भाग्यमानी हुन्
जो आमा संग बस्न पाउछन ...
छोरा फोन मा बोल्दा आमा को माया लाग्छ भन्दा,
समय धेरै बितिसकेछ ...
म ति आमाहरु लाई
सलाम गर्न चाहन्छु जो आफ्नो बच्चा छोडेर आफ्नो करियरको लागि संघर्ष गरिरहेका
छन् र ति महिलाहरुलाई आफ्नो आफ्नो ठाउँ
बाट सहयोग र इज्जत गर्न हुन सम्पूर्ण
महानुभावहरुलाई अनुरोध गर्दछु
. ...
वास्तवमै तपाईँजस्ता कामकाजी आमाहरु सलामयोग्य छन्। समाजले, पुरुषले यस्ता महिलाहरुलाई सदैव साथ दिनुपर्छ, हौसला दिनुपर्छ र सुविधा दिनुपर्छ।
ReplyDelete