Tuesday, April 19, 2016

एक दिन

समय : दिउँसोको खाजा खाने समय
स्थान: शेर्पेनी दिदीको खाजा पसल
उपस्थिति : म, साहुनी दिदी र बुढो बा

म कथाको लालसामा शेर्पेनी दिदीलाई उनको जिबन कथा सोधेको सोधेकै गर्छु .. हाम्रो गफ दिदी ले चाउमिन पकाउन थाले देखि त्यो चाउमिन मेरो पेटमा भरिन्जेल सम्म लम्बिन्छ .. बूढो बा चै नबोली चाउमिन खाई रहन्छन... साहुनी दिदीको कथा सकिए पछि म फेरी कुरा को प्रसङ्ग बदल्छु अनि भन्छु
‘ दिदी यो चाउमिन किन घरमा पकाउदा होटलको जस्तो हुदैन?’
‘ चाउमिन पकाउन जानेन भने त ढिडो जस्तो पो हुँन्छ त’ बूढो बा को बल्ल मुख फोरिन्छ...

चाउमिन खाएर बा निस्किन्छन र म चै बाको औलामा लगाएको मोतीको औठी  हेरिरहेको हुन्छु ....

No comments:

Post a Comment