Wednesday, April 17, 2013

oh my god! i haven't posted a single post in this blog for nearly one year.. i was super busy .. there are many things to share but time... yes it's time .. it's the realization period that what busy meant.. the day starts with my son and ends with him..

Monday, June 25, 2012

बेलायतमा नेपाली कथा

दिदी : अनि त बहिनी.. है.. आजकालको बच्चा भात खुवाउनु पर्छ , आची धोइदिनु पर्छ , र्‍याल पुछी दिनु पर्छ अनि कम्प्युटर खेल्न बस्छ ।

Sunday, June 17, 2012

अचम्म लाग्दो

भान्सामा कुदिरहेको सन्खे किरा बज्यै लाई देखाको त टप्पक टिपेर पो खाइ दिइन उनले । ओहो त्यो सन्खे किरा के गर्दै होला बज्यै को पेट... मा मलाई पो आज निन्द्रा न लाग्ने भो बा !!

Monday, April 16, 2012

The Jungle Book


'Go thou down quickly to the men's huts in the valley, and take some of the Red Flower which they grow there' Bagheera said.

By Red flower Bagheera meant fire.

-Rudyard Kipling

photo source http://www.junglebook-collection.nl/pmwiki/pmwiki.php?n=Main.Bagheera

Sunday, December 18, 2011

बेलायतमा नेपाली बज्यैको कथा

" हामी त्यतिकै यहाँ बस्न आको हौ र ? तिनीहरूले हामीलाई कहाँ निकाल्न पाउँछ र? " चर्को अनी अभिमानी आवाजमा बज्यै कराउँछिन् । यस्तो लाग्छ यो देश उनैको हो । सायद यहाँको मानिस पनि उहाँ भन्दा कम गर्ब गर्दो हो यहाँको बसिन्दा हुनुमा ।

बज्यै दिनचर्या पनि रमाइलो छ बिदेशमा। बिहान उठ्यो खाजा खायो अनी घुम्न निक्ल्यो । उहाँहरू जस्तो बज्यै त यहाँ कति हो कति । दिनदिनै नयाँ अनुहारको बज्यैको साथिहरू आउँछन् ।

दिउँसो भात खान कोठामा गयो अनी भात खाएर फेरी डुल्न निक्ल्यो । त्यसैले त टमटर किन्न पनि १ घण्टा बस चढेर जना कत्ति नी गाह्रो लाग्दैन बज्यैलाइ।

रात परेपछी कोठामा फर्क्यो भात पकायो खायो आनि सुत्यो । सबभन्दा गाह्रो काम भनेको भात पकाउने । " भात पकाउने बानी छैन " भात पकाउने बेलामा एक पटक चै नछुटाइ भन्ने गर्नु हुन्छ ।

" बज्यै जी. पी. जानु भो? "

आभिमानी बज्यै आफ्नो अभिमान बिर्सिछिन् अनी लुरुक्क परेर भन्छिन् " को सँग जानु नि? मलाई केही भन्न आउँदैन । मान्छे खोज्नु पर्ला । "

मनमनै लाग्छ " देख्यौ त बज्यै यो देश तिम्रो कहिल्यै हुन सक्दैन "

नोट

जी पी : क्लिनिक

Sunday, October 2, 2011

११ असोज २०६८ ( 29 sep 11 ) थेम्सको सेरोफेरो


(श्रीमान् ज्युलाई फोटोको लागी धन्यबाद)

बेलुकाको ६ बजे

म थेम्स नदीको किनारमा बसिरहेको छु । घाम पर पार्लियामेन्ट र बिग बेन पछाडी डुब्न लागेको छ । चारैतिर मानिसहरुको घुइचो छ । सबै किसिमका मानिसहरु छन् यहाँ । घुम्न आउने , विधार्थी , यहाँको बासिन्दा सबै खाले । थुप्रै भाषा बोलेको सुन्न पाईन्छ यहाँ । युरोपियन, एसिअन सबै भाषा ।

थेम्स नदी निरन्तर बगीरहेको छ । मैले एक पल्ट थेम्स नदीको बारे गूगल सर्च गर्दा थुप्रै रमाइलो कुराहरु भेट्टाएको थिएँ । यो थमेस नदी बेलायतको सबै भन्दा धेरै ठाँउमा बग्ने खोला रहेछ । थेम्स को अर्थ "धमिलो " रहेछ । त्यसैले त थेम्स जहिले बाढीले छोपेको जस्तो देखिन्छ । साँच्चै भन्ने हो भने मैले यो थेम्स जस्तो कूरुप प्रक्रितिक नदी कहिल्यै देखेको छैन । बागमती त मानिसले बनाएको कुरुपताको उदाहरण हो। यो थेम्स नदी पनि कुनै बेला मानब बिकासको सिकार भएको रहेछ तर अहिले त्यस्तो अवस्था छैन । हेर्दा धमिलो देखिए पनि गहनौने चै छैन ।

यो कति गहिरो छ त थाहा भएन तर थुप्रै डुंगाहरु चलाएर बेलायतले बिदेशीको पैसा तानीरहेछ । ढुङ्गामा थुप्रै मानिसहरु कमिला जस्तै सयर गरिरहेछन् । थेम्समा सयर गर्न रमाइलो पनि किन नहोला र । यसको एकापट्टि किनारमा पुरानो पार्लियामेन्ट बिल्डिङ र बिग बेन हेर्न लायक भएर उभिएको छ भने अर्को पट्टि किनरमा लन्डन आँखा घुमीरहेछ ।

हजारौं मानिसहरु यहाँ दिनदिनै आँउछन् । फोटो खिच्छन् । धेरै मानिसहरुको घरको भितामा यहाँ खिचिएका फोटो टागिएको हुनुपर्छ ।साँच्चै पर्यटन ले यहाँ निकै पैसा कमाएको छ । सबै थेम्सले तानेको पर्यटक त हुन् यिनीहरु ...

Wednesday, July 27, 2011

सानो गाँउ बाट सुरु भएको मेरो कथा

एउटा सम्पन्न परिवारमा मेरो जन्म भएको रहेछ । सम्पन्न यस अर्थमा कि धेरै गाँउलेलाई बिहान बेलुका बर्ष भरि खाना पुग्दैन थियो भने हाम्रो परिवारलाई पुग्दथ्यो । मेरो जुजु साह्रै मेहेनती हुनुहुन्थ्यो । सुनेको थिए उहाँ बच्चा हुँदा राम्रो सँग खाना नपुग्ने अवस्था थियो रे। किन पेटभर खाना पुग्दैन भन्ने कुराले उहाँलाई पिरोल्थ्यो रे। त्यसैले उहाँले धेरै मेहेनत गरेर खानु पुग्ने अवस्था भएको हो भनेर बुवाले भन्नु हुन्थ्यो ।

मलाई थाहा भए अनुसार उहाँ धेरै पशुपालन गर्नु हुन्थ्यो अनी कहीले काही ब्यापार गर्न कलकत्ता पनि जानु हुन्थ्यो । नपढेको मान्छे ब्यापार गर्न गाह्रो भएको थियो होला त्यसैले बुवालाई लेखपढ गर्न टाडाको सदरमुकाम पुराउनु भएको कुरा बुवाले मलाई सुनाउने गर्नु हुन्थ्यो। झन मेरो पालोमा त घरमै मास्टर राखेर पढाउनु थाल्नु भएको थियो। उहाँको शिक्षा प्रतिको चेतनाले गर्दानै म मेरो गाँउको पहिलो ग्र्याजुएट ( बि ए ) भएको छु र मैले मेरो जिबिको पार्जन कलम चलाएर नै गर्ने मौका पायेँ।

क्रमस :

(कथा बुवाको
शब्द आफ्नै )