Tuesday, December 30, 2008

बसमा

बस चढ्दाको अनुभब लेख्न मन परेको धेरै भइसक्यो तर के ले हो के ले गर्दा लेख्न पाइरहेको थिइन । त्यही बारे केही लेख्नु पर्‍यो भनेर आज लेख्ने मौका पाएँ भनेर भन्नु पर्ला।

घट्ना १

एउटा आईमाई । शायद तरकारी ब्यापारी होला । डोको उठाउन लाग्दा दिन लागेको भाडा हातबाट फुत्त अली पर खस्न पुग्यो । अनी त्यही उमेरको अर्को आईमाईले त्यो पैसा कसैको खसेको होला भन्ठानेर उठाइन् । अनी त त्यो पहिलो महिला कराउन थालिन् । यस्तो नमिठो कराइन् कि फेरी त्यो अर्को महिलाले जिन्दगीमा कहिले खसेको पैसा उठाउदिन होलिन् ।

घट्ना २

एउटा पातलो पातलो दुब्लो मान्छे । कनडक्टरले उसलाई भाडा माग्छ । मैलेत पैसा दिइसकेको भनेर पैसा दिन मान्दैन । कनडक्टरलाई राम्रो सँग थाहा हुन्छ पैसा नदिएको । उसले थर्काएर पैसा माग्छ । त्यो मान्छेले पैसा दिएर रिसाउदै कराउदै जान्छ। भन्छ ' म यस्तो बस किन्न सक्छु । के सोचेको '।

घट्ना ३

एउटा बच्चाको आमा । उसको काखमा २ वा ३ बर्षको बच्चा । आमाले जे भन्छिन् त्यही दोहोराउँछ त्यो बच्चा।

आमा= 'ॐ माने पेमे'
बच्चा लर्बराएको स्वर् मा = 'ॐ माने पेमे'
आमा ='म ज्ञानी हुन्छु '
बच्चा = ' म ज्ञानी हुन्छु'
आमा = 'म आमा बुवालाई माया गर्छु '
बच्चा = 'म आमा बुवालाई माया गर्छु '
आमा = ' म धेरै पढ्छु '
बच्चा =' म धेरै पढ्छु '
आमा = ' म ठुलो मान्छे हुन्छु '
बच्चा = ' म ठुलो मान्छे हुन्छु '

आमाले फेरी दोहोराउँछिन् म ज्ञानी हुन्छुबाट अनी बच्चा आमालाई पछाउँदै जान्छ ।

Friday, December 26, 2008

आफ्नै कुरा

ओहो ! २०६५ सालको जाडो मौसमको चिसो पानी पनि हल्का सँग पर्‍यो। खाली आफ्नै कुरा गर्न मनलाग्छ । जाडोमा पानी पर्दा सिरकमा बसेर तातो चाउ चाउको सुप नत्र कालो कफी खान मन लाग्छ । त्यही भएर चाउचाउको सुप बनाएर खाए। मज्जा भयो । आज अफिस देखी छुट्टी लिएको पनि राम्रै भयो। पानी परेको बेला मनपरेको कुरा त गर्न पाएँ। तर अफिस लागेको भएपनी मेरो अफिसको ठुलो कपमा तातो तातो कालो कफी चै खान्थेनै ।

ए ! आज त जाचँ दिन क्या रमाइलो भयो । फोटोग्राफीको जाँच थियो । लेख्न क्या रमाइलो भयो । त्यहाँ लेखेको कुराहरु एकदिन ब्लगमा हाल्ने छु । राम्रै कुराहरुपो लेखे जस्तो लाग्दै छ। राम्रो मार्क्स आवोस् ।

आजपनी घर हिड्दै आएँ । जम्मा एक घण्टा आधा । स्वास्थलाई पनि राम्रो हुने सोचेर धेरै भन्दा धेरै हिंड्ने कोशीश गर्दै छु । हेरौ!

Thursday, December 25, 2008

आवाज

संसारमा धेरै थरिको आवाजहरु हुन्छ । कुनै आवाज सुन्दा रमाइलो हुन्छ भने कुनै आवाज कानै खाने खाल्को हुन्छ। आवाजको कुरा गर्दा एउटै आवाज सबैलाई मननपर्ने खाल्को पनि हुन्छ अनी कुनै आवाज चाँही सबैलाई मनपर्ने खाल्को हुन्छ ।

मलाई सुकेको पात टेक्दा निक्लिने आवाज ज्यादै मन पर्छ । छरप् छरप् बज्ने आवाज । मलाई पानी बर्सिदा आउने आवाज पनि एकदम मन पर्छ । स्वा गर्ने आवाज अनी पानी पर्दा पातहरु माथि पानी ठोकिदा निक्लिने आवाज पनि औधी मन पर्छ ।

आहा ! प्रकृति कति रमाइलो छ !

Thursday, December 4, 2008

फोटो खिच्ने क्रममा

एउटा महिलाको फोटो खिचिदिएको थिए । दिनलाई बोकेर हिंडेको हिड्यै छु ।

मैले त्यो महिलालाई बुद्ध पार्कमा भेटेको थिए । म फोटो खिच्दै थिए। अनी त्यो महिला मेरो छेउमा आएर बसिन्। खिच्दा खिच्दै उहाँको पनि खिच्न पुगे । त्यसपछी उनी म सँग बोल्न थालिन्। दुईजनाको भाषा मिलेन । नेपाली नबुझ्ने उनी र म उहाँको भाषा । सायद उहाँको भाषा तिबेतियन थियो होला। उहाँको हाउभाउले बताउथ्यो । कसो कसो गर्दा गर्दै हामीले सुचना आदन प्रदान गर्यौ । यसै सिलसिलामा दुई जनाको मिल्ने भाषा त हिन्दी पो भयो । नेपालीलाई हिन्दी आउने अनी उहाँ चाहीँ भारत निवासी । कस्तो अचम्म मैले त कहिले पनि कुनै दिन कुनै मान्छे सँग हिन्दीमा कुरा गर्नु पर्छ भनेर सोचको थिइन ।


मलाई चै पहिलो पटक हिन्दी बोलेकोमा अफ्ट्यारो लागिराखेको थियो तर उपाय थिएन।

अनी त्यो महिलाले फोटो खिच्न बितिकै आउने क्यामरा हो भनेर सोधिन्। मैले थाहा पाइ हाले उनको आसय । उहाँलाई उहाँको फोटो चाहिएको थियो ।

केही दिन पछी फेरी त्यहाँ पुगेको थिए । उहाँलाई प्रर्थान गरिरहेको देखे । उहाँले पनि मलाई देख्नु भयो। मैले हात हल्लाएँ। उहाँले पनि हल्लाउनु भयो । अनी मैले फोटो धुलाएर उहाँलाई दिने निर्णय गरे ।

फोटो धुलाएँ । अनी खुशी हुँदै बुद्ध पार्कमा गएँ । यता उता हेर्दा हेर्दा वाक्कै भएँ । उहाँ देखिनु भएन । घर गएँ । खिन्न भएर । उहाँ भारतनै फर्किनु हुन्छ भन्ने कुरा त भन्नु भएको थियो । सायद फर्किनु भयो होला । तर म चै दुई तीन पटकसम्म भेट्छु कि भनेर खोजेको खोजेकै भएँ ।

अहिले त पक्का पनि फर्की सक्नु भयो तर उहाँको फोटोचै मेरो कपिको पन्नाभित्र राखीरहेको छु।

26 Dec 08

धेरै कमेन्ट अइसक्दा पनि नसुनेको झै गरेर बसेको जस्तो भइराखेको थियो । बल्ल आज फोटो खिचेर पोस्ट गर्दै छु । सबै साथीहरुलाई धेरै धेरै धन्यवाद छ।

Friday, November 28, 2008

M running restlessly here n there. don't know y m so busy. reading baigyanik ko goreto maa that's also once in a blue moon. don't know when i will finish it and antarmann ko yaatra is waiting for me which i left half unread. assignment is also waiting for me. haven't posted any new post in blog. haven't written anything in my diary.

But felt a little bit relaxed by writing all these in this blog.Sigh....

Wednesday, November 12, 2008

Dhulikhel and Dolalghat Visit

Sometimes plan doesn't get success but unplanned things come true. It happened like that in the last weekend.
I was unaware on 7 Nov friday evening, of the things that were going to happen the day after.
Time: Sat Morning 8 Nov, I woke up at 4:30. Did my morning things. The college starts from 6:15am. Yes, my college runs on weekend days too, as there are working student in my class. After class, we went to local shop for tea and gossip. The only chance to talk with my college frens is the weekend days, particularly saturday. My college closes on Sunday.



Friends are very enthusiastic. We decided to go to somewhere but where?? My suggestion was 'Tau Dhaha'. They refused'It's very near' they said. They agreed to go to Dhulikhel. 'Dhulikhel? it was the place that I had recently visited for office picnic. But I hadn't got chance to visit Dhulikhel properly. I didn't say a single word to them and agreed to go there.


Camera was in my bag. I usually carry it on weekend days wherever I go.I love to go to take pics on the those days.

And the other unplanned thing was we decided to go to Dolalghat at Dhulikhel. It was full of fun mixed with tiring experience, riding a long journey on bike.





Thanks goes to all my dear frens Mani, Sajan, Binod, Deepak and Manoj. Special thanks to Manoj,local fren from ktm , who was my bike partner and who gave me a lot of information on Dhulikhel (He was a KU Student so ..)
We had a blast day on 8 Nov 08.

By the way, we practiced some photography techniques taught by photography teacher. So the trip turned out to be educational as well.








Wednesday, November 5, 2008

Congratulations !!

A huge congratulations to Mr Obama and also heartfelt condolences to his grandmother's death. we, all the Nepalease welcome you as a new President of US.

फुल कि जीवन?

दुई तिन दिन भयो मेरो आँखा पहेलो फुलिरहेको फुलमा परिरहेको छ। म दिन दिनै त्यो फुललाई हेरिरहेको छु । फोटो खिच्ने कुरा नसोचेको त हैन तर बाधाहरु धेरै छन् ।

बिहानैको घाममा खुशी भएको देखिन्छ त्यो फुल अनी त्यसैगरी अहिले बेलुकी पख लोलाएको जस्तो देखिन्छ। ओहो टक्क टक्क पहेलो फुल सेमेन्ट्को भुइमा खसिरहेको छ। अनी भुइमा धेरै पहेलो पहेलो फुलहरु जम्मा भइसकेको छ ।

भोली फेरी बिहान हुन्छ अनी त्यो झरेको फुलहरुलाई मैले हेर्ने समय सम्म बडारीसकेको हुनेछ । अनी फेरी एक दिन त्यो फुल पनि ओइलाएर मर्ने छ ।

सायद जिन्दगी पनि मैले देखिरहेको पहेलो फुल जस्तै हो कि ? ?

Monday, November 3, 2008

Granny

There is nothing to say today, just missing my granny.This photo is dedicated to her. She returned to her own place Sunsari. By the way did I tell u she is my maternal grandmother.?


Tuesday, October 28, 2008

नेपाली कानुन

'तिम्रो काम भयो ?' बहिनिलाई सोधे । जवाफ दाजुको आयो ' ईतिहास दोहोरियो' । एकछिन त के होला भनेर सोचे। बुवाले भन्न थाल्नु भयो । उहाँको अनुसार फेरी संखुसभामा बुवाको नागरिकता त्यहाँबाट निकालेको हो कि होइन बुझ्न पठाउनु पर्छ रे।

प्रसङ्ग हो मेरो बहिनिको नागरिकताको बनाउँदाको । कुरा के भएको थियो भने मेरो र सानो दाइको नागरिकता बनाउँदा बुवाको नागरिकता जहाँबाट निकालेको त्यहाँबाट प्रमाणित गर्नु पर्ने भनेर बुझ्नु पर्ने भएको थियो । बुवाको भनाइ अनुसार हामी यहाँबाट नागरिकता निकाल्नको मतलब के हो भने हामी गाँउ जान नसक्नु हो । गाँउ जानै पर्ने भए हामी गाँउबाट नागरिकता निकालथ्यौ । तर नेपालको कानुन दैबले जानुन् । बुवाले त्यहाको चिनेको एकजना मान्छेलाई फ्याक्स गरेर पठाउन लगाउनु भएको थियो । तर बुवा त पढेलेखेको भएर फ्याक्स बारे जान्नु भयो तर के सबै नेपाली जनताले फ्याक्स चलाउन जानेको हुन्छ र बुवाको भनाइ थियो । नागरिकता दिइसकेपछी त्यहाँ बाट निकालेको हो कि हैन भन्ने कुरा कतिको सार्थक छ नभए भोली एअरपोर्टमा उड्न लागेको बेला तिम्रो पासपोर्ट सम्बन्धित ठाउँबाट निकालेको हो कि हैन भन्ने कुरा पनि त आउन सक्छ ।

Thursday, October 23, 2008

१६ अक्टोबरको डायरीबाट म बिरामी हुँदाको कथा

हिजो हाम्रो अफिसको दाईको मोटरसाइकल दुर्घटना भएको हुँदा हामी अफिसको साथीहरु उहाँलाई हेर्न बि एण्ड बि हस्पिटल पुगेको थियौं ।

फर्कदा बाटोमा आफू बिरामी भएको क्षणहरु सोच्न पुगे। म कक्षा ३ मा हुँदा थाइमा गाडे पिलो आएको थियो अनी अपरेसन गर्न काठमाडौं आउनु परेको थियो ।

अपरेसन गर्दाको क्षणहरु अहिले अलिअलिमात्र याद आउँछ । के याद आउँछ भने मलाई अपरेसन गर्न अगाडि सायद १ दिन होला, खानेकुरा खान दिइएको थिएन । मलाई मेरो थाइ टनटन भएर दुखीरहेको याद छ। लुगा फेराइएको याद छ । सायद हरियो लुगा होला अपरेसन थिएटरमा पस्दा लगाउने । अनी आफ्नो बेड देखी स्ट्रेचरमा राखेर अपरेसन थिएटर पुर्याइएको थियो । छेउ छेउमा बुवा आमा हुनुहुन्थ्यो मलाई नडराउन भनिरहनु भएको थियो।

बुवा आमासँग अपरेसन थिएटर बाहिर छुट्टिएकोपनि कता कता सम्झनामा आउँछ । त्यसपछीको एउटा क्षणचै आँखामानै झुण्डिएको छ भन्दा फरक पर्दैन । त्यो क्षणमा मलाई अपरेसन थिएटर भित्र पुर्याइएको हुन्छ । मलाई स्ट्रेचरबाट अपरेसन बेडमा सारीन्छ । म ठुलो ठुलो आँखा पारेर हेरिरहेको हुन्छु सिलिङतर्फ । डाक्टर अनी नर्सहरु हरियो लुगा लगाएर मुख छोपी मेरो छेउ छाउ उभीरहेका हुन्छन । म त्यतिनजेल सम्म बेहोस् भईसकेको हुँदिन । मलाई औषधीले छुदैन कि क्या हो भन्ने मनमा लागिरहेको हुन्छ । हेर्दा हेर् दै सिलिङमा भएको गोलो आकारको चिज जुन भित्र गोलो आकारकै स-साना पाँचवटा जति होला बत्ती बालिएको साधन म देखी अलि माथि आइपुग्छ । औषधीले छुदैन कि क्या हो भन्ने सोचेर म डराइरहेको हुन्छु । तर एकछिनमै म केही थाहा पाउदिन । जब म उठ्छु मेरो थाइमा पोका जस्तै झुण्डाइएको हुन्छ अनी त्यो चै ब्यानडेज हुन्छ।

अनी मलाई नर्सहरु आएर 'कस्तो छ बहिनी भन्दै सोध्छ्न् । म चै बोलिरहेको हुँदिन । वरपर हेर्छु सुनसान हुन्छ । अहिले थाहा पाउँदा त्यो आइ सि यू रहेछ । केही घण्टा पछी मलाई त्यहाँ बाट निकालेर बेडमा लगिन्छ।

हातमा स्लाइन लगाइदिइएको हुन्छ । सम्झ्यो भने अहिले पनि दुख्छ । १४ बर्ष अगाडि लगाएको त्यो स्लाइन लाउँदाको पिडा अहिले पनि मेरो दिमागमा ताजानै छ। स्लाइन लगाउन मेरो हातमा नसा नभेटिएर कत्रो आपत् परेको थियो रे । त्यो चै केही थाहा छैन । नर्सहरुले हातमा नसा नै फेला पार्न नसकेर मेरो हातको थुप्रै ठाउँमा सुइले घोचेको थियो रे अनी बच्चालाई यती धेरै घोच्ने भनेर मेरो बुवाको झगडापनी परेको थियो रे ।

मलाई हेर्ने डाक्टरको पनि याद आउँछ । मलाई धेरै माया गर्नु हुन्थ्यो । उहाँको अनुहार गोलो गोलो थियो अनी चस्मा लगाउनु हुन्थ्यो । धेरै आग्लो पनि हुनुहुन्नथ्यो।

म बेडमानै सुतिराख्थे । बुवाले भिडियो गेम किनिदिनु भएको थियो । त्यो टेट्रिस गेम हुन्छ नि त्यसतो खालको ब्रिक्स मिलाउने । म त दिन दिनै खेल्दा खेल्दा यती च्याम्पीयन भएको थिए कि मलाई कसैले भेटाउन सक्दैन थियो। ट्यक ट्यक ठुस्स झवम्म यस्तै आवाज निकालेर खेलिराख्थे । धेरै खेलेर होला नर्सले मलाई आवाज ननिकाली खेल है भन्नु हुन्थ्यो । अनी म मिउट मा लगाएर खेल्थे । पछी त एउटा मोटी नर्सले यो बच्चाले के खेल्छ भनेर म सँग भिडियो गेम मागेर खेल्न पो थाल्यो । मसँग जहिले मागेर एक्छिन खेलेर ल्याइदिन्थिन ।

एउटा बिदेशी साथीले मलाई कथाको किताब ल्याइदिएकी थिइ। त्यो किताब अङग्रेजी किताब थियो अनी त्यहाँ भएको कथाहरु विश्वा प्रसिद्ध बाल कथाहरु रहेछ जस्तै सिन्ड्रेला,रापुन्जल , स्नो वाइट।

खाना खान मनपर्दैन थियो त्यसैले बुवाले मलाई आलु र म म ल्याइदिनु हुन्थ्यो । सायद बफ म म होला। म त्यती बेला साकाहारी थिइन । आलु र म म चाँही खुब मन पर्थ्यो ।

लामो समय सम्म पनि घाऊबाट पिप आउन रोकिएन । ड्रेसिङ गरिराख्नु पर्थ्यो । एक जन फुपु आएर आलु र म म नखाने सल्लाह दिनु भयो । त्यस्तो खान ले घाऊ पाक्छ भन्नु भयो । अनि बुवा आमाले खान दिन छोड्नु भयो । सायद २० दिन बसिसकेको थियौ हस्पिटलमा। साँच्ची त्यो चिज खान छोडे पछी घाऊ सुक्दै आयो । अनि म निको हुन थाले । फिजीयोथेरापी पनि जोइन गर्न पर्‍यो ।

यसरी म पुरै निको भएँ । मलाई डिस्चार्ज गरियो तर खुट्टाले अझै राम्रो नटेकेको हुनाले बैशाखी टेक्नु पर्ने सल्लाह दिइयो । म फर्कदा प्लेनबाट बैशाखी टेक्दै निक्लदा त सानो दाई झसङग् भएछ।

घाऊ , हस्पिटल , बैशाखी यि सब अब त सम्झनामा थाक लागे मेरो जिन्दगीको पानाहरु बन्न पुग्यो । कुनै बिर्सिसकिएको पाना कुनै बिर्सननसकिएको पानाहरु ................

Monday, October 20, 2008

जाडो आयो !

हिजो एकछिन घाममा बसेर किताब पढ्न क्या रमाइलो भएको थियो । हातमा किताब थियो 'अन्तर्मनको यात्रा ' । सुरु गरेको धेरै दिन भईसक्यो तर पढ्न फुर्सद पाइरहेको थिइन । अब त जाडो मौसम पनि सुरु भईसक्यो अनी जाडो मौसममा घाममा बसेर पढ्न गजब रमाइलो हुन्छ। भ्यएसम्म धेरै भन्दा धेरै किताबहरु पढ्नु पर्ला। तर जती पढ्दै गयो त्यती इम्याजिनेशन चलेर हैरान पार्छ । दिमागमा लेख्ने कुराहरुको ओइरो लागेर ओभर फ्लो जस्तै हुन्छ । फेरी कन्ट्रोल गर्छु अनी पढ्न ध्यान दिन्छु।

हिजो एकछिन सुर्यमा सँग घुमघाम गर्न पनि भ्याएँ नजिकैको गुम्बामा। फोटोहरु पोस्ट गर्न मन लगेर पोस्ट गर्दै छु । काठमाण्डौ ज्यादै रमाइलो छ !










Wednesday, October 15, 2008

दाजुको बिहे पछीको कुरा .....


दाजुको बिहे पनि सकियो । सबै जना आफ्नै धुनमा लागिसक्यौ । समय पनि कती चाडै बित्छ । काठमाडौं आएको पनि हिजो अस्ती जस्तो लाग्छ । तिनकुनेमा बसेको हिजो अस्ती जस्तो लाग्छ। आन्टीले दिनु भएको खानेकुरा हरुको झल्झली याद आउछ तिनकुने बस्दा को । अनी स्वयम्भु सरेको पनि भर्खर नै हो जस्तो लाग्छ। ४,५ बर्ष पनि थोरै समय हुँदो रहेछ । अबको दुई तीन बर्षमा त हाम्रो घरमा छुनु मुनु छुनु मुनु गर्ने बच्चा पनि हुन्छ होला कि दाजुहरु कतै बाहिर तिर गएर घरनै उजाड लाग्ने पो हुन्छ कि । भोली के हुन्छ भन्ने कुरा कसलाई पो थाहा हुन्छ र । जे भएपनी सबै जन खुशी अनी सुखी नै होस् यही मेरो कामना हो।

हाम्रो प्यारो भाउजुलाई स्वागत छ हाम्रो सानो छाप्रोमा जहाँ सुख अनी सुबीधा त छैन तर माया नै माया भरिएको छ भन्न चै फरक पर्दैन होला। आन्तिममा, खुशी लागेको छ रक्तपात भएन हाम्रो घरमा। शायद हामी सबैमा मानविय भावना उत्पन्न भईसकेछ । के यो नै हैन र नयाँ नेपालको चाहाना .....

Wednesday, October 8, 2008

Dashain Thing

Dashain of 2065 is running with a full speed. The weather is different, not too hot and not too cold. But it is marking a sign that the winter has come. My hands and feet have started to freeze.

Office is off for three days. Today is the second day of my dashain holiday and I have to join office from day after tomorrow. Nothing so rush although there is too little holiday.

College is closed for one month. So don't have to wake up early in the morning. Enjoying sleeping and staying at home.

This Dashain is really a different Dashain from the previous Dashain. We used to play cards, go to shopping, enjoy the long holidays etc.. Nothing is going like before. feeling lazy to play cards and going shopping( this is my hatest thing in the world).

There is a little excitement of my brother's wedding. Preparations have been done.

I am happy today, my dear granny ( Keshar Maya Jimee) is coming from Morang. I will go to Pick her to the airport. we'll chat a lot, litsten her stories and will take a lot of pics of her. She is a darling grandmother.

Tomorrow will be a grand day, so many people will be at home. Kaakaa, Kaaki, Bhai, Bahines, Phupu, Didis, Chyama, Boju and we the six members from my family. I am thinking what should be cooked .. Beans, Daal, Bhat, Meat, Cauliflower, Achar and Eggs. Hmm it will be a nice day. Planning to take a nice family Pic and a lot of pics for the remembrance of Dashain 2065.

Tuesday, September 30, 2008

Workshop

I attended 3 days workshop on Alternative Violence Project(AVP).It started on 27 th sept and ended on 29th. The workshop was very interactive. A Huge thanks goes to the effort of Gajendra Dai, Nabin ji and Sujin Dai who organized this workshop and made it success.



I attended two days and I had to left one because of the protest match of a political party who believed in the non federal system of Nepal.



At the end of workshop, what I felt the most important thing is the unity that we shared among all the Lohorung pals.



I had wished to take a lot of photos but I couldn't becasuse of the tight schedule of my camera. I missed my camera in the whole workshop.



The souvenir from the workshop was secret messages that every participant got in the envelop which was decorated by their buddies. I was so impatient to open the envelop.



Finally at home, I opened and read it. The messages goes like this....





Everyone had an affirmative name before their name and my affirmative name was Amature.

Wednesday, September 24, 2008

दाजुको बिहेको प्रसङ्ग

मेरो ठुलो दाजुको पनि बिहे हुने भयो। सानो तरिकाले हुनेभयो । यो सानो तरिका चै कस्तो हुन्छ त्यो बिहे भैसकेपछीनै थाहा हुन्छ। अनी मेरो प्रश्न थियो कसरी हुन्छ बिहा अनी के के गर्नुपर्छ हाम्रो पट्टी बाट ? खै हाम्रो समुदायको खाट्टी बिहे कहिले खान पाइएकै छैन अहिलेसम्म । जहिले गाउँ देखी बाहिर ।

बुवाले भन्न थाल्नु भयो ' केटा पक्षको बाट मान्छेहरु बेहुलिकोमा जाने अनी त्यहाँ काम सकाएर हाम्रो घरमा ल्याउने । हाम्रो घरमा चै ह्यान्खुवा गर्नु पर्छ । ह्यान्खुवा गर्दा दुई वटा कुखुरा चाहिन्छ। म कराएँ 'कुखुरा?' ओहो त्यो कुखुराहरुलाई काट्ने होला हैन अनी हाम्रो घरमै काट्ने हो?

'हो त ' बुवा भन्नु हुन्छ । अनी बहिनी र म मुख बिगार्न थाल्छौ ।
'हाम्रो घरमा रगत हुन्छ ' खल्लो मनले म भन्छु ।
काटमार पहिले देखी नै मन नपरेपनी, मासु खान छोडेपछी त झन् पटकै मनपर्दैन।
' के गर्ने त आण्डा फुटाउने हो ! ' बुवा पनि यस्तो कुरामा विश्वाश गर्नु हुन्न अनी जिस्कदै भन्नु भयो
'बरु केक काट्न लगाउँ न ' भने मैले । 'कुखुराको आकारको बनाउ अनी केक काट्न लाउँ दाजु अनी भाउजुलाई '
'कहाँ दाजु भाउजुले काट्ने हो त याटङ्पा ( पूजारी ) ले पो काट्छ त ' बुवा ले जवाब दिनु भयो ।
यतिकैमा कुरा सकियो । तर साँच्चीनै के हाम्रो घरमा कुखुराको बध हुन्छ त । यो त समयले नै भन्छ । तर कुखुराको बध नहुनको लागि म अनी सानो दाईको चै बैठक राखेर हटाउने कोशीश गर्नु पर्ला । बाँकी कुरा के हुनेछ ब्लगमा लेखौला ।

Monday, September 15, 2008

Children's Day



Yesterday was children's day. I was in a hurry to go to my fren's school function. I was so excited for this program and I was so happy because my intention was to take a lot of pictures of small inocent children.


I was having my breakfast with a cheerful mood when my father read out a news related to children. According to that news, a small boy's dead body without head was found in a stream of western part of Nepal(I forgot the exact name of place). And it was suspected to be done by a 'Jogi' to get power by sacrificing that little boy. I imagined the whole thing and felt so bad. I kept on thinking what a bad news on Children's day.


I took a lot of pictures on the program. Some are really good one. Anyway, This Children's Day was one of the memorable children's day.

Wednesday, September 3, 2008

Photo Exhibition @ Nepal Art Council



It's so good to visit Photo Exhibition. It inspires me a lot. The Exhibition was great.

Friday, August 29, 2008

Funny Emails in my official Inbox

It's so funny to read these kind of email in official inbox.Hope you will enjoy too.


I need 3 water bottles (empty) does anyone have an old one? I need them for water samples
Please bring to my office
Thanks
C(Head of our Office)

Another mail goes like this...

Hello All,
Please refrain as much as possible from using water in the office until 1600. (Hold it as much as possible)
At this time there is no water and we are trying to get a truck to deliver, but it is proving to be very difficult
This is a very urgent request.
Thanks

C

NOTE:we understood, Using Less water means minimizing to go to rest room. Hehehe

Monday, August 25, 2008

Riding Regular Vehicle

We ( Suryama and Me) mostly take "Swoyambhu Yatyat" while returning home but there is exception case as well. Sometimes we pick up Micro. The above is Swoyambhu Yatayat n is my fav vehicle. I like it because of it's comfortable seats n the trasnparancy environment inside the bus.

The use of public vehicle should be encouraged in Kathmandu Valley. The increasing crisis of fuel is the main reason for encouraging it and the narrow road of kathamdu is the other reason.

The most irritating thing of using the public vehicle is time wastage on every stop and the dirty uncomfortable seats and most of the time you are lucky if you get those seats. Otherwise hang on the ceiling handles.

Anyways I love Swoyambhu Yatayat especially the one with comfortable seats and the transparent one.

Friday, August 22, 2008

Flex Wall Magazine Inauguration




Support for Flood Victim
We launched craze 7 , a flex wall magazine today in the primises of Kantipur City College(KCC). It's an new attempt to publish magazine in flex. It was our plan of first semester but we succeded in starting of second semester. I am happy that we finally published.
I contributed article on the film review 'The Blue Umbrella' which was one of my post of my blog.

Wednesday, August 13, 2008

बखडा (आलुचा) खाँदाको मज्जा........

किरण

कान्तिपुर सिटी कलेजको एमए एमसीजे अर्न्तर्गत फस्ट सेमिस्टार इन्ड टम परिक्षा हुने समय तालिका आइसकेको थियो । जेठ १५ गते नेपाल औपचारिक रुपमा गणतान्त्रिक नेपाल भएको उपलक्ष्यमा सरकारले जेठ १६ र १७ गते र्सार्वजनिक विदा दिएको थियो । गणतन्त्रको कार्यान्वयनपछिको पहिलो कक्षा लिने निहुँमा परिक्षाको लागि आवश्यक सामाग्रीको खोजिको उद्देश्यले हामी जेठ १८ गते कलेज गएका थियौं ।
कतिपय साथीहरु साढे छ बजे नै -कक्षा सुरु हुने सयम) कलेज गएर ८ बजेसम्म दर्र्ुइर् घण्टी कक्षा लिएर भ्याइसकेका थिए । साथीहरु किशोर, टिका, प्रदिप, राजेन्द्र, शीसिर लगायत मँ भने दोस्रो घण्टीको समाप्तीको बाटो कुरेर श्रीराम सरको तेश्रो घण्टीमा हुने मोर्डन जर्नालिज्मको कक्षा लिने सोंचका साथ बाहिरै उभि रह्यौं । तेश्रो घण्टीको समाप्तीपछि साथीहरु आआफ्नै सुरमा कोही लाइब्रेरी, कोही फोटोकपीतिर, कोही कलेजको साइबर, कोही एकाउण्टमा गइवरी काम भ्याउन थाले ।
परिक्षा पर्सिबाट, कलेज आजसम्म लाग्दैछ । त्यसमाथि सबै साथीहरुले हालसम्म कुनै पनि तयारी नगरेका बताउथे । केही कक्षा छुटेका साथीहरुमा थप चिन्ता व्याप्त थियो । एक आपसमा पढाइको तयारीका प्रश्न गरागर गर्ने क्रम चलेकै थियो । के गरी गरी करिव १० बजेको हुँदो हो, एक ग्रुप भएर रमाइला गफ गर्दर्ै गरेका -किशोर, टिका, राजेन्द्र, प्रदीप, मँ लगायत) साथीहरुको आँखा कलेजको छेउमा रहेको आलुबखडाको रुखमा ठोक्कीयो । 'ए ! ल ल ल खाइहाल्नर्ुपर्छ ।' सबैको एउटै आशय थियो, आलुबखडा खाने । 'खाउँ खाउँ हाम्रै पैसा त हो ।' चर्को कलेजको फिस तिरेको पीडा मिश्रति भनाइ थियो केहीको ।
बखडा खाने सोंच सबैको दिमागमा आएलगतै साथी टिका रुखमा चढिहाले । मँ र प्रदिप पनि तलबाटै भुइतिर लर्केको हाँगाको बखडा उपmी उपmी टिपेर खान थाल्यौं । किशोर, राजेन्द्र पनि टिकाले टिपेर पुर्‍याउदै गरेको र प्रदिप र मैले तलैबाट टिपेर दिएको बखडा खान थाले । यत्तिकैमा उमेश, राधा, सोनु, मनोज, शोभाकान्त, महेश, मणी, विनोद, गीता, त्रिभुवन, अनुज, दीपक, राजन आदि साथीहरु हामी भएतिर आएर बखडा खाने कामलाई सघाउन थाले । बखडा टिप्दै गर्दा हेरिरहेको कलेजको पालेले भन्दै थिए, 'हाँगा भाच्चिएला झर्नुहोला है, होस गरेर टिप्नुस् ।' रुखमा चढिरहेको साथी टिकालाई पालेदाइले सम्झाउदै थिए । तर टिका भन्दैथिए, 'रुखबाट खसेपनि कलेजलाई नै घाटा लाग्छ, मेरो ११ हजार फिस तिर्न बाँकी नै छ ।' साथीहरुले रुखमुनी बाटै हाँगा तानेर खाँदै गर्दा छेउको कलेजको विल्डिङतर्फतानिएको टेलिफोन तथा विद्युतको तारलाई समेत असर गरिरहेको थियो । बखडा खाने धुनमा मस्त साथीहरुले पालेले 'विद्युतको तार चुडिएको छ, करेन्ट लाग्ला' भनेको पनि वास्ता गरिरहेका थिएनन्, मात्र एउटै उद्देश्य कसरी बखडा खाने -'
यतिबेलाको दुष्य यदी कुनै क्यामरामा छायाङ्कन गरेको भए कुनै ५/६ कक्षामा पढ्ने विद्यार्थीको व्यवहार जस्तै थियो । कलेजमा पढ्ने साथीहरु धेरैजसो संचारसम्बन्धि कुनै न कुनै ओहोदामा काम गरेका थिए भने सबै ड्रि्री पढ्दै गरेका बौद्धिक जमात नै थियौं । कोही आलुबखडाको रुखमा बाँदर झैं झुण्डीरहेको, कोही तलबाट 'मलाई मलाई' भन्दै हात थापी रहेको, कोही भर्ुइबाटै हाँगा तानेर बखडा टिपीरहेको, टिपेको बखडा एक आपसमा बाँड्दै खाएको, खोसेको अनी विचविचमा नानाभाती गफ गरेको त्यो दृष्य साच्ची बालापन सम्झाउने खालको र रमाइलो थियो । यतिवेला सबैले सबै कुरा विर्सर्ेेमात्र आफूलाई विद्यार्थी सम्झेका थिए ।
बखडा खाँदा खाँदा ढिलो भइसकेको थियो । घट्टेकुलोस्थितको किशोर/किरण दुतावास-१ -हाम्रो डेरा) मा पुगुञ्जेल साढे एघार बजिसकेकेा थियो । खाना पकाउदा, खाँदा सवा बाह्र बजेको थियो । खाना पकाउदा हामी दर्ुइजनाले विहानको कलेजको बखडा खाएको कुराको समिक्षा गर्‍यौं । हाम्रो निष्कर्षथियो, 'कलेजमा सरासर पढाइमात्र पढ्दै आएकादेखि मन्त्रालयका सचिव स्तरसम्मका साथीहरु एकैसाथ पढ्दैछौं, यदी आफ्नो हैसियतमाथि घमण्ड गर्नेहो भने साथीहरु एक आपसमा बोल्ने बातावरण पनि नहुन सक्थ्यो । तर, विद्यार्थी विद्यार्थी नै हो, चाहे एक कक्षाको होस् या पि.एच.डि.को किन नहोस् । सबै स्तरका विद्यार्थीमा मिल्दोकुरा उसको चन्चलेपना हो । यदी कसैलाई बालापनको सम्झना गर्नुछ भने आफ्नो जुता, टोपी घरमै राखेर, सबै जिम्मेवारी थाती राखेर कलेज भर्ना भए हुन्छ । अविश्मरणीय क्षणहरुको संग्रह गर्न पाइन्छ, हामीले विहान बखडा खाएजस्तै............'

Note: Kiran Acharya, formor journalist is my fren from KCC who writes so well. I love his writing and posting his article.
About Article: I was absent that day otherwise I was also one of the character in the above article.

Friday, August 8, 2008

ओलम्पिक सुरु


आज देखी ओलम्पिक सुरु हुँदैछ । बेलुका देखी सुरु हुने रहेछ । छिट्टै घर फर्कने बिचार गरि सकेका छौ । बि.बि.सी अनुसार यसपाली ४० लाख मनिशहरुले ओलम्पिक हेर्ने छन। बेइजिङको बर्डस नेस्ट रङशालामा भब्य उद् घाटना हुँदैछ ।




जता हेर्यो त्यतै ओलम्पिकको चर्चा छ अनी गूगल खोल्दा पनि यसको प्रभाव रहेछ। तपाईंहरु पनि हेर्नुहोस्।
संयोग के छ भने आज ओलम्पिक २००८ साल ८ महिना ८ दिनमा हुँदैछ अनी यो पोस्ट ८८ औ पोस्ट परेछ । हैन त ठुलै संयोग !!

Monday, August 4, 2008

फ्रेन्डशिप डे

हिजो फ्रेन्डशिप डे । गर्न त त्यस्तो धुम धढाका केही गरिदैन तर पनि अरु दिन जस्तो युजल दिन पनि हुँदैन यस्तो दिनहरुमा । विश गरेपनी नगरेपनी फरक पर्दैन तर कसैले विश गर्दा रमाइलो लाग्छ। शायद यही हो कि फ्रेन्डशिप डे को बिशेषता। मलाई बिहानै तेन्जिङले यस एम यस छोडिदिसकेको रहेछ तर मैले तत्काल नै रिप्लाई गर्न ढिलो भएँ। जे भएपनी मैले पनि उस्लाई ढिलै भएपनी विश गरे।

फेरी एकछिनमा झर्नाले मिस्कल छोडिदिसकेछ। उस्लाई पनि ढिलै भएपनी फोन गरेर विश गरे। पालो थियो बिनुको। उस्लाई आँफै फोन गरे । 'ह्यपी फ्रेन्डशिप डे' भनेको त ' वोइ आज फ्रेन्डशिप डे हो? ' पो भन्यो अनी मैले 'तिमिले बिर्सेंको ' भने । उस्ले पनि जिस्कदै भनिहाल्यो 'भ्यालेनटाइन डे मात्र थाहा हुन्छ क्या' ल ल ठिकै छ मैले भने अनी एकछिन पछी फोन राखे। फोन राखिसकेर मेसेज आयो । बिनुकै रहेछ । मेसेज यस्तो थियो ...

oi dear fren HAPY FRIENDSHIP DAY.me na so careless dirty gal.kep remindin me la.luv u.

मुसु मुसु हाँसे । जे होस् मलाई मन पर्‍यो उस्को मेसेज। अन्तिम पालोमा चै अर्चना पर्‍यो । उस्लाई चै भेटेर नै हात मिलाएर भने 'ह्यपी फ्रेन्डशिप डे '

Thursday, July 31, 2008

'Little Girl'


I was searching for subject for photography, I saw this little girl So I clicked








When I went closer to her she shyed away leaving her two 'Jarkins'




Monday, July 28, 2008

पढाई फेरी सुरु

सेकेन्ड सेमेस्टेर पनि सुरु भयो । मलाई मन नपर्ने बिषय पढ्नु पर्ने रहेछ । मार्केटिङ । मार्केटिङ भन्न बितिकै टाउको दुख्न थाल्छ। मिडिया र मार्केटिङ रिलेटेढ सब्जेक्ट भएर हामीले यो बिषय पढ्नु पर्छ । कसै कसैलाई साईन्स, म्याथ भन्न बितिकै टाउको ढुख्न थाले जस्तै मलाई चै अकाउन्ट , मार्केटिङ भन्न थाले पछी टाउको दुख्न सुरु हुन्छ।

खुशीको कुरा चै के छ भने यो सेमेस्टेरमा फोटोग्राफी रहेछ। मेरो मन पर्ने बिषय तर दु ख लाग्दो कुरा चै म हप्तामा यसको एउटामात्र कक्षा लिन पाउने रहेछु। ठिकै छ यो सेमेस्टेर भरी २० वटा जती फोटोग्राफीको कक्षा लिन पाउने रहेछु(नट सो ब्याड )।

एउटा घटनाको झल झली याद आउँछ। शायद म कक्षा ९ मा पढ्थे होला। फोटोग्राफीमा रुची बसिसकेको थियो । त्यो बेला फोटोग्राफी सुन्न बितिकै कान ठादो ठादो भईहल्थ्यो ( अहिले पनि हुन्छ ) । साईन्समा फोटोग्राफफीको केमिकल इकुएसन पढ्नु पर्थ्यो। म चाँही फोटोग्राफी सँग सम्बन्धित भाको हुनाले सरले पढाउँदा खुब ध्यान दिएर सुने । तर त्यो केमिकल इकुएसन यस्तो गाह्रो थियो कि मेरो त दिमागनै फन फन घुम्यो। तर अली अली याद आउँछ। सिल्भर भन्ने पदार्थसँग सम्बन्धित छ । पछी ब्यचलरमा पढ्दा अली मज्जाले बुझे । सिल्भरलाई हलाईढ सँग गराउने रियाक्सन रहेछ । अझै पनि राम्रोसँग थाहा छैन । शायद अब सिक्छु होला परफेक्ट्लि।

Tuesday, July 22, 2008

टमाटरको अचारहरु

आज भान्साको बारेमा फेरी केही लेख्न मन परीरहेको छ त्यसैले लागौ है त भान्सातिर ...


लसुनको स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ छोडाएको लसुन पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो लसुनको स्वादमा टमाटरको अचार।


ल्वाङ्को स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ तीनवटा जती ल्वाङ पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो ल्वाङ्को स्वादमा टमाटरको अचार।


धनीयाको स्वादमा टमाटरको अचार।


१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ धनीया मसिनो काटेर पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो धनीयाको स्वादमा टमाटरको अचार।


बरमीज अथवा जङगली धनीयाको स्वादमा टमाटरको अचार।


१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ बरमीज अथवा जङगली धनीया काटेर पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो बरमीज अथवा जङगली धनीयाको स्वादमा टमाटरको अचार।


जिराको स्वादमा टमाटरको अचार।


१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ जिरा पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो जिराको स्वादमा टमाटरको अचार।


टिमुरको स्वादमा टमाटरको अचार।
१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ टिमुर पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो टिमुरको स्वादमा टमाटरको अचार।


सिद्राको स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ टमाटर पोलेर पिन्नुहोस्
३ चार वटा जती सिद्रा पोल्नुहोस र हल्का तरिकाले पिन्नुहोस्


अब तयार भयो सिद्राको स्वादमा टमाटरको अचार।


चिम्फिङको स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ चिम्फिङ (यो चाँही आदिवासीलाई मात्र थाहा हुन्छ ) पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो चिम्फिङको स्वादमा टमाटरको अचार।
ल तपाईंहरु सोचिरहनु भएको होलाकी यत्रो नयाँ राष्ट्रपती चुनिएको बेला यो केटी त अचारको पो कुरा गर्छे भनेर । धन्दा नमन्नु होस् म पनि असल नागरिक भएको नाताले यही ब्लग पोस्ट मार्फत नयाँ राष्ट्रपती डा. राम वरण यादबलाई स्वागत गर्न चाहन्छु । स्वागत छ नेपालको प्रथम राष्ट्रपती लाई ! !

Monday, June 30, 2008

My Past day


I found this in one of my old diary. My English :( Poor me... Still no improvement at all and I used to have pathetic handwriting. Later I improved it, after getting scolding from so many people.

Monday, June 23, 2008

सुनाखरी

मेरो मन पर्ने प्रिय फुल सुनाखरी पनि फुल्यो यसपाली। आघाँउनजेल हेरेर फोटो पनि प्रसस्तै खिचे। फुल ओइलाउन थालेपनि ताजा सुनाखरी फुलेको फोटो मेरो कम्प्युटरको डेस्कटपमा ताजानै रहनेछ।


Tuesday, June 17, 2008

एउटा सुन्दर कबिता

ढोका पैन्टिङको प्रदर्शनीमा धेरै पहिला गएँको थिएँ । त्यहाँ कबिताहरु पनि रहेछन । मन परेको कबिता सारेर ल्याएँ ।

नगेन्द्र थापा

ढोकाको गीत

ढोका न मेरो मात्र होस्
ढोका न तिम्रो मात्र होस्
सुरक्षा अनी संरक्षणको
ढोका सबैको होस ।

ढोका बन्द रहोस् केही छैन
त्यहाँ सिर्जना हुनुपर्छ
खापा ढोकाका खुल्दा पनि
सेता परेवा उडनु पर्छ
आँखाका दुई ढोका खुल्दा
दिब्य श्रीष्‍टि देखियोस ।
छातीभित्र संबेदनको
ढोका सबैको होस्।

ढोका सानो ठुलो अर्थ छैन
मुटु गाँस्ने धागो बन्नुपर्छ
सबै जाती धर्म भेला गरी
एउटै ढोकामा उन्नुपर्छ
गुलफी ओठका ढोका खुल्दा
अमृतजस्तै बाणी फुटोस
भएजती आटाउने
ढोका सबै सबैको होस्।

Thursday, June 12, 2008

डर

एउटा भिडभाड माईक्रो । माईक्रो भित्र कोचिएको मानिषहरु। एकजनाले सिट छोड्न बितिकै त्यो सिट्मा बस्न तछाड मछाड । दिदी भाई त्यही माईक्रोमा उभिएर यात्रा गरिरहेका छन। ड्राइभर छेउको सिटमा बस्ने एउटाले सिट छोडेर निस्कन्छ अनी दिदी चाँही अगाडिको सिटमा बस्न जान्छे। भाई आतिन्छ । उसलाई दिदिले छोडेर गएकोमा डर छ । घरि घरि अबडी सिटमा बसिरहेको दिदीलाई तन्किदै हेर्छ। उही डराइ रहेको मुद्रामा...

खुशी

आर.एन.ए.सिको भिडभाड फूटपाते सडक। सडकको किनारमा थापिएको फूटपाते पसलहरु। आधुनिक अनी गाँउले मानिसहरुको घुइँचो। त्यही घुइँचोमा एउटा निम्न मध्यम बर्गिय परिवार। श्रीमान, श्रीमती अनी काखे बच्चा। उनिहरु हिडिरहेछन। श्रीमतीको आँखा फूटपाते पसलमा राखेको बच्चाले लगाउँने टोपीमा जान्छ। उनिहरु रोकिन्छन । श्रीमतीले टोपी उठाएर बच्चालाई लगाई दिन्छिन अनी श्रीमान तिर पुलुक्क हेर्छिन । श्रीमानले पुरानो पर्सबाट पैसा निकालेर दिन्छ। श्रीमती खुशी हुन्छिन अनी श्रीमान पनि। उनिहरुको अबर्णनिय खुशी ....

Tuesday, June 10, 2008

स्वास्थ्य टिप्स

खुट्टा फर्किनु भनेको घुडाँ देखी पैतलाको बिचको भाग बटारिनु हो। Muscle अथवा माङ्सपेसी बटारियो भने खुट्टा फर्किन्छ। धेरै मान्छेलाई यसले सताउँछ । यो बंशानुगत रोग हो किनकी रोग हरु ९०% बंशानु गतनै हुन्छ । यसले राती अथवा बिहान ओछ्यानमा अट्याक गर्छ अनी दिनभरी खुट्टा दुखिरख्छ।

कसरी उपचार गर्ने?

पानी धेरै पिउने । दिनमा ८ गिलास जती ।


मेरो ब्यक्तिगत अनुभव हो।

Monday, June 9, 2008

Nepal International Indigenous Film Festival 08


I am so glad that I watched 4 films in this Nepal International Indigenous Film Festival( NIIFF).


In Laman's Terms Looking at Lamanite (60 ' / Sub - English)2: 10 pm
Native American / U. S. A., 2008,
Dir. Anglo Beca
A subversive look into the Mormon gospel and church
Documentary


Positive Part- Nice Analysis on Lamanite
Negative - Poor Video Quality

Anagarik (98' Sub – English) 5: 10 pm
Gurung / Nepal, 2007,
Dir. Ram Babu Gurung
A tale of a boy forced to go abroad because of state's discrimination.
Fiction

Positive Part- Real Portray of Gurung Community
Negative Part- Sometimes it feels that story is out of track


Spirits for Sale (58 ' / sub - English) 1: 00 pm
Navajo/English, 2007,
Dir. Folke Johansson
A tale of the invasion of the White people into the Navajo American culture
Documentary


Chesung ( 98' Sub – English) 3:00 pm
Limbu / Nepal, 2007,
Dir. Mausam Imbung
A struggle to restore the traditional rights on the land
Fiction
Positive Part: Nice Presentation of Limbu Community
Negative Part: Introducing Character is very weak

A lady in traditional dress in NIIFF

Wednesday, June 4, 2008

News About Shakespear ! ! !


I was amazed by this news on Kantipur...

Thursday, May 29, 2008

शुभकामना ! !

गणतन्त्र घोषणा भएकोमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई मेरो तर्फबाट हार्दिक मंगल् मय शुभकामना । नेपाल मा शान्ति छाहिरहोस् यही मेरो कामना छ ।

Tuesday, May 27, 2008

Drawing 'Cartoon'

This is Alacia, a cartoon character of 'Momin'. She is the grand daughter of a "Witch". Her aim is to become a great "Witch". We used to laugh at it but it was just a cartoon !!!

I was a great fan of this cartoon which NTV used to broadcast when I was in grade 10. So I think I made it in one of my copy then. Posting it today..



Sunday, May 25, 2008

A Night

It's 12:16 am. Ah ! it is a morning of 25 may but I am feeling it as a night of 24 may. Nothing special to write. But it's always turn something special when the writing ends.

Before sitting on computer, I was reading ' Microsoft Dekhi Bahaundada Samma' - translation of english version of 'Leaving Microsoft to change the world' by John Wood and the translater is Khagendra Sangraula. My flow in Nepali is good as compared to English. So I am enjoying reading it. I think I will finish it within this week. My end term is starting from june 2 so I must finish reading it till then and there is a long list of books to read after exam. Oh my god, how can I forget assignments.. It also needs time. Let's see what happens..

Isn't it only few days back when I joined KCC, my new college that is what I am feeling. Time is running very fast. It's the end of Ist semester...

Today, I went to Tudhikhel for observing 'Chandi Naach'. I loved the people doing it. I wished I could do.

what to write...........ok about tomorrow. Acutually about today because it's already morning but I will call it tomorrow becoz I haven't slept yet.

My college is off on sunday so I can wake up late tomorrow and the great thing is my mom won't 'Dhak Dhak' in my door. It's sunday!! complete rest day. But there are so many things to do. First of all cooking then,
washing, ok .... there is some extra work for me tomorrow. I am going to Post Office for sending some things to my sis through EMS. and assignments are there to complete.

Right now is 1:11 am. I still don't know when am I going to sleep..I am listening to FM, changing frequently becoz none fm is playing nice songs.

Tick Tick : the clock's sound
Swaaaaa : Computer's sound
Tyak Tyak Tyak: computer typing sound

Ok it's time to say bye bye from blog so before going, a short poem on this whole environment,

The twinkling artificial lights
In this mid night
The moon light
Between the clouds
Looking each other
In this mid and silence night.


Note: I slept for 2hrs today so it's a sleepless night :)

Monday, May 19, 2008

आफ्नो तस्बिर आँफै बनाउँदा

धेरै पहिले बनाएको हो यो फोटो मैले । भगवानले सानो आँखा बनाइ दिएपनी आँफैले बनाउँदा चै ठुलै आँखा बनाउनुपर्‍यो भनेर ठुलो बनाएको ..






Wednesday, May 14, 2008

My Interesting Class

RK Regmi Sir teaches us Reporting and he is teaching Layout and design these days. In his last class, he taught about it practically. First he gave us A4 size paper and asked us to fold for proper spacing. He gave instructions what to write in that paper. We all followed him. Finally we made our newspaper.





Everyone was so happy to make their own newspaper that titled their names (Eg Radha Times, Kiran Times, Tribhuwan Times, Shankar Times etc)

Monday, May 12, 2008

Harry Potter पढिसकेर आफ्नै imagination चलाउँदा

मैले harry Potter लाई कक्षा ३ मा हुँदा देखी चिनेको। उ मेरो मिल्ने साथी त थिएन तर मलाई उ राम्रो साथी लाग्थ्यो।
म Hogwart स्कुलमा आउँदा Harry पहिला देखीनै त्यही पढ्दो रहेछ। उ क्लासको First Boy थियो। अली लजालु अनी introvert पनि थियो।
हामीले पहिले देखी नै उसको बारे धेरै सुनेको थियौ। म त एकदम डरलाग्दो छ होला जस्तो लाग्थ्यो। तर उसलाई देखेपछी केही पनि लागेन। उ पनि हामी जस्तो नै रहेछ।
harry को मिल्ने साथीहरु Ron र Hermione थिए। हामीलाई Hermione घमण्डी लाग्थ्यो किनभने उ नाजान्ने हरुलाई मनपराउँदिन थिई ।Ron ले जहिले पनि harry र Hermione लाई सपोर्ट गर्थ्यो।मेरो मनपर्ने शिक्षक Macquoniall हुनुहुन्थ्यो। उहाँले सबै विद्यार्थीलाई एउटै रुपले व्यबहार गर्नुहुन्थ्यो।

कस्तो लाग्यो imagination ???

Tuesday, May 6, 2008

क्या रमाइलो छुट्टी

'छुट्टीमा कतै गएर ढुङ्गा हेर्दा मात्रै पनि कती रमाइलो हुन्छ है ' प्रतिज्ञा दिदिले त्रिशुलीको किनारमा ढुङ्गाहरुलाई देखेर भन्नु भएको थियो ।
साँच्ची एक दुई दिन छुटै किसिमले बिताउँदा कती रमाइलो हुन्छ !!
video

A Memorable Weekend in Manakamana Temple,Gorkha

Breaking the line and taking pic
Our Group
Me with Suryama
My New Wooden bangles (Souvenir from Manakamana)

View from Cable Car


Flowers at temple
Manakamana Temple


Sun Set at Kurintar
The resort where we stayed
Cute and Sweet baby Srijan hybrid of Nepali and Thai
Oh my God !! Isn't this the heaven..




It's me and the background is Trishuli
Trishuli
Two Phuchhis of our group

Swimming Pool of River Side Resort
The reflection of Setting sun in the pool

For More Photos check my flickr