Thursday, May 26, 2011

कुराकानी

म: तिमी पनि हतरमा हो?
टिकटिके किरा : हो नि ।
म : सबै जना कति सारो हतारमा हो। ल ठीक छ अफिस जाँदापो ट्रेन छुट्छ भन्ने डर तर यहाँ त घर फर्कदा पनि त्यतिकै हतार ।
टिकटिके किरा : बाइ द वे मलाई पनि हतार छ है । बाइ बाइ

ए हो त है तिमी त बिकसित देश को टिकटिके किरा पो पर्‍ र्यौ त ( मनमनै बिचार गर्छु त्यतिन्जेल टिकटिके किरा उडी सकेको हुन्छ )

Tuesday, May 24, 2011

यता उता पृथिवी तिरै

बेलुकाको साँढे आठ बज्न लाग्यो । पल्लो घरको झ्यालमा घाम टिलिक्क टल्किरहेछ । के अचम्म हो। संसार पनि बिचित्रको छ। कुन ठाउँमा यही समयमा राती भई सक्छ कुन ठाउँमा घाम टल्किन्छ । मान्छेको सोचाइ साह्रै सागुरो हुदो रहेछ। कुनै कुरा नदेखे सम्म त्यही कुरा सत्य अनी देखिसके पछी त्यही कुरा गलत । के कुरा सत्य के कुरा गलत त्यो पनि कहिल्यै एकनास नहुदो रहेछ ।