Friday, January 20, 2017

‘लप्टन को छोरा लैगुन्डा मोरा ‘

‘अनि तपाई को फुपा बित्नु भएछ, बार्नु हुदैन ?’ मैले आमालाई सोधे .
घटना
‘ यो भैसी तेरो है’ छोरासंग फोनमा कुरा गर्न जान लाग्दा  फुपा ले फुपुलाई भन्नु भएछ अनि के भनेको होला भनेर  फुपू दंग पर्नु भएछ . कुरा के रहेछ भने छोराले आमालाई छुट्टै पैसा विदेश बाट पठाउनु भएको थिएछ तर फुपाले दिनु भएन छ . फोनमा कुरा गर्दा ‘ छोराले आज त मजा मजा गर्नु है ‘ छोराले भन्दा छक्क . कुरा गर्दै जादा सब थाहा भयो . अनि आमा सम्म यो कुरा आइपुग्यो .


‘लप्टन को छोरा लैगुन्डा मोरा ‘ आमा फुपालाई जहिले सम्झदै भन्नु हुन्थ्यो .