Monday, November 14, 2016

बोजु र नाती

बोजु र नाती झगडा गरिरहेको समय
बोजु : खसी बनाइदिम् ?
नाती : खसी भन्दा के हो ?
बोजु :  ..... चेप्ने .

म चै कस्तो संबाद हो यो  भनेर हासिरहेको हुन्छु ....

Saturday, October 15, 2016

‘वाउ जिन्दगी’

बिहानको समय छ ...खुल्ला रिंग रोडको  सडक . . दशै को मौसम अनि  दशै संगै चिसो हावाको महसुस...
मन हलुको छ .. राम्रो मौसमले गर्दा ... गित गुनगुनाउनु मन लाग्ने .. गित गुनगुनाई हाल्छु ‘सयौ जुनी पाउन सकिन्छ सकिन्न एक जुनी काफी छ हजुरलाई’
मन पनि अपरम्पार छ. बिरामी फुपु लाई सम्झन्छु – मृत्य कति गाह्रो छ . मृत्य भन्ने बितिकै आफु लेबर पेन भएको सम्झन्छु – कति पिडादायी थियो ...श्रीमान को पनि याद आउछ – कति मायालु तरिकाले मुसार्नु भएको थियो त्यो बेला ..

यतिकैमा एउटा स्कूटर आउछ .. आमाले चलाई रहेको अनि अगाडी एउटा बच्चा अनि पछि एउटा अलि ठुलो बच्चा ,, दुवै जनाले कति राम्रो परम्परागत लुगा लगाई राखेको देख्छु ,, राम्रो लाग्छ ,, एकैछिन मा पछाडिको बच्चा पछाडी फर्केर मिठो मुस्कान दिन्छ,, कति क्युट देखिन्छ ,, त्यो क्युट मुस्कान ले मेरो छोराको क्युट अनुहार सम्झिन्छु अनि लाग्छ ‘वाउ जिन्दगी’

Wednesday, September 28, 2016

छक्का पन्जा


फिल्म रिभ्यु
राम्रो फिल्म रहेछ . फिल्म चलेको २ हप्ता चलेपछि आज हेर्ने मौका पाइयो . यो पनि ठुलो फड्को हो नेपाली फिल्म क्षेत्रको नत्र फिल्म चल्न पाउदैन फिल्म हल देखि उत्रिहाल्छ. 
भनिन्छ ‘वोर्ड ओफ माउथ’ यानी ‘एउटा मुख ले अर्को मानिसलाई  कुनै चिज को बारे राम्रो भन्नु ‘ मार्केटिंग रणनीति  को सबभन्दा बलियो  शुत्र हो . छक्का पन्जा पनि यसैको शुत्रमा चली रहेछ भन्न गल्ति नहोला .
राम्रो पक्ष
सटिक र रमाइलो संवाद : दिपक र दिपाको ‘ तितो सत्य ‘ को खारिएको अनुभब फिल्मको संबादमा पाइन्छ. यहि संवाद ले दर्शकको ध्यान चुम्बक जस्तो तान्छ .
कथा : कथाहरु एक अर्को संग सङ्ग्लो जस्तो जोडिएकोले सुरु देखि अन्त्य सम्म चाखलाग्दो कथा छ . कथाका घटनाहरु दर्शकले सोचेजस्तो नभएर दर्शकको ध्यान खिच्ने तरिकमा प्रस्तुत गरिएको छ .
संगीत : ‘ सोच न चम्पा’ सुमधुर छ .
छायांकन : थम्स अप !
 प्रियंका कार्कीको सुन्दरताले सबैलाई मक्ख पार्छ .
नराम्रो पक्ष
सकारात्मक भूमिकामा कोहि पनि देखिदैनन. प्रतेक प्रमुख चरित्रहरु कुनै न कुनै रुपले नकरात्मक रुपमा प्रस्तुत छन् . एउटा असल  चरित्र कोहि भेटिदैन . एउटा ‘ हिरो ‘ चरित्र नभएकोले फिल्म सकिदा पनि खल्लो लाग्छ. 
कबड्डी को ‘ काजी’ को चरित्र र ‘ राजा ‘ को चरित्र उस्तै हो कि भन्ने भान पार्छ .
पश्चिम को संवाद बोलेको तर फेरी त्यो संवादलाई निरन्तरता दिन नसकेको  देखिन्छ.

अन्त्यमा फिल्म टोलीलाई बधाई साथै शुभकामना !

Sunday, September 11, 2016

निवा

दुई वर्ष अगाडी म छोरालाई छोडेर जागिर खान चरिकोट आउँदा मेरो छोरा दुई वर्षको  दुधे बालक थियो।  जागिर खाने बाध्यता र दुधे बालकलाई छोड्नु पर्दा मलाई निक्कै चिन्ता लागेको थियो . सुरु को हप्ता निक्कै गारो भएको थियो. तर बिस्तारै बानि पर्दै गयो .

 खुसि लाग्ने कुरा धेरै पछि मेरो जागिरे जिन्दगि ले निरन्तरता पाएको थियो तर बच्चा संग को बिछोड ले पिडा पनि थियो . म ३ हप्ता मा एक चोटी छोरा भेट्न काठमांडू  जान्थे . छुटिने बेला सारै पिर लाग्थ्यो . म घर छोड्ने रात छोराको खेलिरहेको भिडियो खिच्थे अनि छोराको निदाएको अनुहार हेरी राख्थे . आफु ननिदाए सम्म . बिहानै म उज्यालो नहुदा हिडिसक्थे . सायद मेरो बच्चा ले थाहा पाइसकेको हुदो हो . उ बिहान उठेर पनि केहि प्रतिक्रिया दिदैनथ्यो रे .अनि फेरी अर्को पल्ट भेट्न जादा म घर पुग्न बितिकै मेरो पछि पछि लाग्थ्यो. म टोइलेट जादा पनि बाहिर  कुरी राख्थ्यो.

 म र श्रीमान भएर घुमाऊन लैजानथ्यौ . चाउमिन , मो मो , आइस क्रिम , जुस खुवाऊथ्यौ . उ धेरै धेरै खुसि हुन्थ्यो. उसको बुझाई मा आमा बुवा भनेको घुमाउने र मिठो मिठो खुवाउने मानिसहरु हुन भन्ने लाग्थ्यो होला .

दिनहरु बित्ददै गए . आउने जाने प्रक्रिया चली रह्यो . छोरा पनि दिन दिनै ठुलो हुदै गयो . उसको बुझाई फरक हुदै गयो . आमाले जागिर खाने  कुरा पनि बुझ्न थाल्यो अनि आमा अफिस जान्छु ल भन्दा उसले घर छोड्दा स्वीकृति दिन्थ्यो  यानी मलाई पछाउदैनथ्यो . आमा भएर पनि बच्चाले नपछाउदा  मलाई सारै रुन मन लाग्थ्यो . आमा  भएर पनि आमा हुन नसकेको मा ..

एक दिन म छोराको फोटो हेर्दै थिए .. एक दम नियालेर हेर्न थालेछु .. उसको आखा रसिला थिए ... आमातिमीले किन छोडेर गएको  भनेर भन्न चाहेको तर भन्न नसकेको जस्तो लग्यो. मेरो आँखा बाट आसु झर्न थाल्यो .. अनि छोराको यादले सताएर कमजोर पार्छ भनेर मैले उसको फोटो हेर्न बन्द गरिदिए
 तर म छोरालाई भेट्न काठमाडौँ जाने  रात म उसको सबै फोटो अनि भिडियो हेर्थे. त्यो रात मेरो जिन्दगीको सारै लामो रात हुने गर्थ्यो .. छोराको अनुहार झल्झली आउथ्यो .. उसले गरेको क्रियाकलाप मेरो आखा अगाडी नाच्न थाल्थ्यो .. एक रात मलाइ एक वर्ष जस्तो लाग्थ्यो ..

सुरु सुरु मा मलाई भेट्न बितिक्कै  छोराले पिटथ्यो  अनि जा भनेर ढोका तिर धकेल्थ्यो अनि फेरी एक छिन मा तानेर मलाई बसाउथ्यो  अनि मै संग टासिएर बसी राख्थ्यो ...

म उसलाई उसको आपा बुबा बस्ने ठाउँ मा लैजान्थे अनि उ सारै खुसि हुन्थ्यो र अर्को पटक हामी दुई घर बाट निक्लिदा आपाको मा जाने है भन्दै अघि अघि लाग्थ्यो. ...

कामको कारणले ले गर्दा मा फिएल्ड जानु पर्थ्यो अनि मा फिएल्ड जादा मेरो छोरा जस्तो बच्चा देख्दा मलाई उसको यादले सारै  सतौथ्यो ... अनि म टोलाएर तेस्तो बच्चाहरु लाई हेर्ने गर्थे ...यस्तो लाग्थ्यो ति बच्चाहरु भाग्यमानी हुन् जो आमा संग बस्न पाउछन ...

 छोरा फोन मा बोल्दा आमा को माया लाग्छ भन्दा, समय धेरै बितिसकेछ ...
 म ति आमाहरु लाई सलाम गर्न चाहन्छु जो आफ्नो बच्चा छोडेर आफ्नो करियरको लागि संघर्ष गरिरहेका छन्  र ति महिलाहरुलाई आफ्नो आफ्नो ठाउँ बाट सहयोग र इज्जत गर्न हुन सम्पूर्ण  महानुभावहरुलाई अनुरोध  गर्दछु . ...



  

वान पिस

आमा : अनि कति  जना छोरा छोरी नि तपाइँको ?
पसले  दाई : वान पिस।  हा हा .... 

Thursday, September 8, 2016

आमा छोरा

म : छाेरा भोली वुबाको मुख हेर्ने  दिन हो
छाेरा : मुख कस्तो  छ ? बिग्रेको छ ? 

Monday, July 18, 2016

फरक

म : छोरा जाँच मा  के लेख्यौ ? 
छोरा : जनवरि , फेबरवरी ....
आमा : हामी त उहिले कक्षा ६ म पो पढ्थ्यौ  त