Thursday, July 9, 2009

ठुलो भोज । ठुलै मान्छेको बिदाइ । ठुलो मान्छेको सानी छोरी छुनु मुनु छुनु मुनु गर्दै डुंलिरहेकी । सबै आमन्त्रितहरु छोरी लाई बोलाउने, खेलाउने गरिरहेको ।

यदि त्यो छोरी कुनै भाडा माझ्ने दिदीको भइदिएको भए के त्यस्तै हुन्थ्यो ?

Saturday, July 4, 2009

बिथ्थमाको पोस्ट

ओहो के हो यस्तो ! मन मनै प्रश्न गर्न मन लाग्छ । ईन्टरनेट ले नि दास नै बनायो । ईन्टरनेट नचलाऊदा त के छुटेको के छुटेको जस्तो पो लाग्छ ।

मलाई किन यस्तो लाग्छ भनेर प्रश्न गरेको त उत्तर त साईबर धाइ धाइ ईन्टरनेट चलाको तेइ भएर भन्ने पो आउदो रहेछ बा।

के हो यसो हेर्छु साबरमा त कोही छैन । मलाई मात्र ईन्टरनेट चलाऊनु पर्ने हो कि के हो ! एउटा फुच्छे हो कि फुच्ची छेउ मा गेम खेल्दै थियो त्यो पनि गएछ । फ्यान को आवाज अनी के के को आवाज हो सुनिदै छ । फोन कस्तो सारो कराको ।

अँ एउटा कुरा पो लेख्न मन पर्‍यो । कलमबिर घोताने( http://mero-bichaar.blogspot.com/ को ब्लग हेरेको त त्यहाँ ओबामालाई नेपाली लुगामा देख्न पाये । अनी त के यो दिमागमा दिक्सुङको याद आयो । उसलाई यो संसारमा एउटा मात्र केटा मन पर्छ रे अनी त्यो चै ओबामा । म त दिक्सुङ्को चोइस देखेर छक्क परेको थिए ।