Saturday, July 22, 2017

शनिबारको दिन बिहानी पख

बिहानै उठेर टि यू गेट पुग्दा सवा सात बजि सकेको थियो । दिन सफा थियो साथै मन खुशी थियो । अचेल धेरै घुम्न न निस्किने प्रण गरेको छु । घुम्ने पनि नसा रहेछ । नसा नलागेकै राम्रो ।
आज काम बिशेष छ । पानी परेको परेकै छ । बाटो हिलाम्ने छ । तै पनि नगइ नहुने छ ।

श्रीमानको मूड अली खराब छ आज किनकी बाटो हिलाम्ने र लामो छ । म गफमा भुलाउदै छु र बाटो छोट्याउने  प्रयास गर्दै छु । बाटो नराम्रो भए पनि तल तिरको धान बारी क्या राम्रो छ ।

चियो सुरुप्प पियौ  अनी फेरी लाग्यौ  गन्तब्य  तिर ।











काम सकियो अनी फेरी उही धुलौटे काठमाडौं आइपुगियो- शनिबारको दिन बेलुकी  पख