Thursday, July 31, 2008

'Little Girl'


I was searching for subject for photography, I saw this little girl So I clicked








When I went closer to her she shyed away leaving her two 'Jarkins'




Monday, July 28, 2008

पढाई फेरी सुरु

सेकेन्ड सेमेस्टेर पनि सुरु भयो । मलाई मन नपर्ने बिषय पढ्नु पर्ने रहेछ । मार्केटिङ । मार्केटिङ भन्न बितिकै टाउको दुख्न थाल्छ। मिडिया र मार्केटिङ रिलेटेढ सब्जेक्ट भएर हामीले यो बिषय पढ्नु पर्छ । कसै कसैलाई साईन्स, म्याथ भन्न बितिकै टाउको ढुख्न थाले जस्तै मलाई चै अकाउन्ट , मार्केटिङ भन्न थाले पछी टाउको दुख्न सुरु हुन्छ।

खुशीको कुरा चै के छ भने यो सेमेस्टेरमा फोटोग्राफी रहेछ। मेरो मन पर्ने बिषय तर दु ख लाग्दो कुरा चै म हप्तामा यसको एउटामात्र कक्षा लिन पाउने रहेछु। ठिकै छ यो सेमेस्टेर भरी २० वटा जती फोटोग्राफीको कक्षा लिन पाउने रहेछु(नट सो ब्याड )।

एउटा घटनाको झल झली याद आउँछ। शायद म कक्षा ९ मा पढ्थे होला। फोटोग्राफीमा रुची बसिसकेको थियो । त्यो बेला फोटोग्राफी सुन्न बितिकै कान ठादो ठादो भईहल्थ्यो ( अहिले पनि हुन्छ ) । साईन्समा फोटोग्राफफीको केमिकल इकुएसन पढ्नु पर्थ्यो। म चाँही फोटोग्राफी सँग सम्बन्धित भाको हुनाले सरले पढाउँदा खुब ध्यान दिएर सुने । तर त्यो केमिकल इकुएसन यस्तो गाह्रो थियो कि मेरो त दिमागनै फन फन घुम्यो। तर अली अली याद आउँछ। सिल्भर भन्ने पदार्थसँग सम्बन्धित छ । पछी ब्यचलरमा पढ्दा अली मज्जाले बुझे । सिल्भरलाई हलाईढ सँग गराउने रियाक्सन रहेछ । अझै पनि राम्रोसँग थाहा छैन । शायद अब सिक्छु होला परफेक्ट्लि।

Tuesday, July 22, 2008

टमाटरको अचारहरु

आज भान्साको बारेमा फेरी केही लेख्न मन परीरहेको छ त्यसैले लागौ है त भान्सातिर ...


लसुनको स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ छोडाएको लसुन पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो लसुनको स्वादमा टमाटरको अचार।


ल्वाङ्को स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ तीनवटा जती ल्वाङ पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो ल्वाङ्को स्वादमा टमाटरको अचार।


धनीयाको स्वादमा टमाटरको अचार।


१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ धनीया मसिनो काटेर पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो धनीयाको स्वादमा टमाटरको अचार।


बरमीज अथवा जङगली धनीयाको स्वादमा टमाटरको अचार।


१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ बरमीज अथवा जङगली धनीया काटेर पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो बरमीज अथवा जङगली धनीयाको स्वादमा टमाटरको अचार।


जिराको स्वादमा टमाटरको अचार।


१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ जिरा पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो जिराको स्वादमा टमाटरको अचार।


टिमुरको स्वादमा टमाटरको अचार।
१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ टिमुर पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो टिमुरको स्वादमा टमाटरको अचार।


सिद्राको स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ टमाटर पोलेर पिन्नुहोस्
३ चार वटा जती सिद्रा पोल्नुहोस र हल्का तरिकाले पिन्नुहोस्


अब तयार भयो सिद्राको स्वादमा टमाटरको अचार।


चिम्फिङको स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ चिम्फिङ (यो चाँही आदिवासीलाई मात्र थाहा हुन्छ ) पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो चिम्फिङको स्वादमा टमाटरको अचार।
ल तपाईंहरु सोचिरहनु भएको होलाकी यत्रो नयाँ राष्ट्रपती चुनिएको बेला यो केटी त अचारको पो कुरा गर्छे भनेर । धन्दा नमन्नु होस् म पनि असल नागरिक भएको नाताले यही ब्लग पोस्ट मार्फत नयाँ राष्ट्रपती डा. राम वरण यादबलाई स्वागत गर्न चाहन्छु । स्वागत छ नेपालको प्रथम राष्ट्रपती लाई ! !