Tuesday, October 28, 2008

नेपाली कानुन

'तिम्रो काम भयो ?' बहिनिलाई सोधे । जवाफ दाजुको आयो ' ईतिहास दोहोरियो' । एकछिन त के होला भनेर सोचे। बुवाले भन्न थाल्नु भयो । उहाँको अनुसार फेरी संखुसभामा बुवाको नागरिकता त्यहाँबाट निकालेको हो कि होइन बुझ्न पठाउनु पर्छ रे।

प्रसङ्ग हो मेरो बहिनिको नागरिकताको बनाउँदाको । कुरा के भएको थियो भने मेरो र सानो दाइको नागरिकता बनाउँदा बुवाको नागरिकता जहाँबाट निकालेको त्यहाँबाट प्रमाणित गर्नु पर्ने भनेर बुझ्नु पर्ने भएको थियो । बुवाको भनाइ अनुसार हामी यहाँबाट नागरिकता निकाल्नको मतलब के हो भने हामी गाँउ जान नसक्नु हो । गाँउ जानै पर्ने भए हामी गाँउबाट नागरिकता निकालथ्यौ । तर नेपालको कानुन दैबले जानुन् । बुवाले त्यहाको चिनेको एकजना मान्छेलाई फ्याक्स गरेर पठाउन लगाउनु भएको थियो । तर बुवा त पढेलेखेको भएर फ्याक्स बारे जान्नु भयो तर के सबै नेपाली जनताले फ्याक्स चलाउन जानेको हुन्छ र बुवाको भनाइ थियो । नागरिकता दिइसकेपछी त्यहाँ बाट निकालेको हो कि हैन भन्ने कुरा कतिको सार्थक छ नभए भोली एअरपोर्टमा उड्न लागेको बेला तिम्रो पासपोर्ट सम्बन्धित ठाउँबाट निकालेको हो कि हैन भन्ने कुरा पनि त आउन सक्छ ।

Thursday, October 23, 2008

१६ अक्टोबरको डायरीबाट म बिरामी हुँदाको कथा

हिजो हाम्रो अफिसको दाईको मोटरसाइकल दुर्घटना भएको हुँदा हामी अफिसको साथीहरु उहाँलाई हेर्न बि एण्ड बि हस्पिटल पुगेको थियौं ।

फर्कदा बाटोमा आफू बिरामी भएको क्षणहरु सोच्न पुगे। म कक्षा ३ मा हुँदा थाइमा गाडे पिलो आएको थियो अनी अपरेसन गर्न काठमाडौं आउनु परेको थियो ।

अपरेसन गर्दाको क्षणहरु अहिले अलिअलिमात्र याद आउँछ । के याद आउँछ भने मलाई अपरेसन गर्न अगाडि सायद १ दिन होला, खानेकुरा खान दिइएको थिएन । मलाई मेरो थाइ टनटन भएर दुखीरहेको याद छ। लुगा फेराइएको याद छ । सायद हरियो लुगा होला अपरेसन थिएटरमा पस्दा लगाउने । अनी आफ्नो बेड देखी स्ट्रेचरमा राखेर अपरेसन थिएटर पुर्याइएको थियो । छेउ छेउमा बुवा आमा हुनुहुन्थ्यो मलाई नडराउन भनिरहनु भएको थियो।

बुवा आमासँग अपरेसन थिएटर बाहिर छुट्टिएकोपनि कता कता सम्झनामा आउँछ । त्यसपछीको एउटा क्षणचै आँखामानै झुण्डिएको छ भन्दा फरक पर्दैन । त्यो क्षणमा मलाई अपरेसन थिएटर भित्र पुर्याइएको हुन्छ । मलाई स्ट्रेचरबाट अपरेसन बेडमा सारीन्छ । म ठुलो ठुलो आँखा पारेर हेरिरहेको हुन्छु सिलिङतर्फ । डाक्टर अनी नर्सहरु हरियो लुगा लगाएर मुख छोपी मेरो छेउ छाउ उभीरहेका हुन्छन । म त्यतिनजेल सम्म बेहोस् भईसकेको हुँदिन । मलाई औषधीले छुदैन कि क्या हो भन्ने मनमा लागिरहेको हुन्छ । हेर्दा हेर् दै सिलिङमा भएको गोलो आकारको चिज जुन भित्र गोलो आकारकै स-साना पाँचवटा जति होला बत्ती बालिएको साधन म देखी अलि माथि आइपुग्छ । औषधीले छुदैन कि क्या हो भन्ने सोचेर म डराइरहेको हुन्छु । तर एकछिनमै म केही थाहा पाउदिन । जब म उठ्छु मेरो थाइमा पोका जस्तै झुण्डाइएको हुन्छ अनी त्यो चै ब्यानडेज हुन्छ।

अनी मलाई नर्सहरु आएर 'कस्तो छ बहिनी भन्दै सोध्छ्न् । म चै बोलिरहेको हुँदिन । वरपर हेर्छु सुनसान हुन्छ । अहिले थाहा पाउँदा त्यो आइ सि यू रहेछ । केही घण्टा पछी मलाई त्यहाँ बाट निकालेर बेडमा लगिन्छ।

हातमा स्लाइन लगाइदिइएको हुन्छ । सम्झ्यो भने अहिले पनि दुख्छ । १४ बर्ष अगाडि लगाएको त्यो स्लाइन लाउँदाको पिडा अहिले पनि मेरो दिमागमा ताजानै छ। स्लाइन लगाउन मेरो हातमा नसा नभेटिएर कत्रो आपत् परेको थियो रे । त्यो चै केही थाहा छैन । नर्सहरुले हातमा नसा नै फेला पार्न नसकेर मेरो हातको थुप्रै ठाउँमा सुइले घोचेको थियो रे अनी बच्चालाई यती धेरै घोच्ने भनेर मेरो बुवाको झगडापनी परेको थियो रे ।

मलाई हेर्ने डाक्टरको पनि याद आउँछ । मलाई धेरै माया गर्नु हुन्थ्यो । उहाँको अनुहार गोलो गोलो थियो अनी चस्मा लगाउनु हुन्थ्यो । धेरै आग्लो पनि हुनुहुन्नथ्यो।

म बेडमानै सुतिराख्थे । बुवाले भिडियो गेम किनिदिनु भएको थियो । त्यो टेट्रिस गेम हुन्छ नि त्यसतो खालको ब्रिक्स मिलाउने । म त दिन दिनै खेल्दा खेल्दा यती च्याम्पीयन भएको थिए कि मलाई कसैले भेटाउन सक्दैन थियो। ट्यक ट्यक ठुस्स झवम्म यस्तै आवाज निकालेर खेलिराख्थे । धेरै खेलेर होला नर्सले मलाई आवाज ननिकाली खेल है भन्नु हुन्थ्यो । अनी म मिउट मा लगाएर खेल्थे । पछी त एउटा मोटी नर्सले यो बच्चाले के खेल्छ भनेर म सँग भिडियो गेम मागेर खेल्न पो थाल्यो । मसँग जहिले मागेर एक्छिन खेलेर ल्याइदिन्थिन ।

एउटा बिदेशी साथीले मलाई कथाको किताब ल्याइदिएकी थिइ। त्यो किताब अङग्रेजी किताब थियो अनी त्यहाँ भएको कथाहरु विश्वा प्रसिद्ध बाल कथाहरु रहेछ जस्तै सिन्ड्रेला,रापुन्जल , स्नो वाइट।

खाना खान मनपर्दैन थियो त्यसैले बुवाले मलाई आलु र म म ल्याइदिनु हुन्थ्यो । सायद बफ म म होला। म त्यती बेला साकाहारी थिइन । आलु र म म चाँही खुब मन पर्थ्यो ।

लामो समय सम्म पनि घाऊबाट पिप आउन रोकिएन । ड्रेसिङ गरिराख्नु पर्थ्यो । एक जन फुपु आएर आलु र म म नखाने सल्लाह दिनु भयो । त्यस्तो खान ले घाऊ पाक्छ भन्नु भयो । अनि बुवा आमाले खान दिन छोड्नु भयो । सायद २० दिन बसिसकेको थियौ हस्पिटलमा। साँच्ची त्यो चिज खान छोडे पछी घाऊ सुक्दै आयो । अनि म निको हुन थाले । फिजीयोथेरापी पनि जोइन गर्न पर्‍यो ।

यसरी म पुरै निको भएँ । मलाई डिस्चार्ज गरियो तर खुट्टाले अझै राम्रो नटेकेको हुनाले बैशाखी टेक्नु पर्ने सल्लाह दिइयो । म फर्कदा प्लेनबाट बैशाखी टेक्दै निक्लदा त सानो दाई झसङग् भएछ।

घाऊ , हस्पिटल , बैशाखी यि सब अब त सम्झनामा थाक लागे मेरो जिन्दगीको पानाहरु बन्न पुग्यो । कुनै बिर्सिसकिएको पाना कुनै बिर्सननसकिएको पानाहरु ................

Monday, October 20, 2008

जाडो आयो !

हिजो एकछिन घाममा बसेर किताब पढ्न क्या रमाइलो भएको थियो । हातमा किताब थियो 'अन्तर्मनको यात्रा ' । सुरु गरेको धेरै दिन भईसक्यो तर पढ्न फुर्सद पाइरहेको थिइन । अब त जाडो मौसम पनि सुरु भईसक्यो अनी जाडो मौसममा घाममा बसेर पढ्न गजब रमाइलो हुन्छ। भ्यएसम्म धेरै भन्दा धेरै किताबहरु पढ्नु पर्ला। तर जती पढ्दै गयो त्यती इम्याजिनेशन चलेर हैरान पार्छ । दिमागमा लेख्ने कुराहरुको ओइरो लागेर ओभर फ्लो जस्तै हुन्छ । फेरी कन्ट्रोल गर्छु अनी पढ्न ध्यान दिन्छु।

हिजो एकछिन सुर्यमा सँग घुमघाम गर्न पनि भ्याएँ नजिकैको गुम्बामा। फोटोहरु पोस्ट गर्न मन लगेर पोस्ट गर्दै छु । काठमाण्डौ ज्यादै रमाइलो छ !










Wednesday, October 15, 2008

दाजुको बिहे पछीको कुरा .....


दाजुको बिहे पनि सकियो । सबै जना आफ्नै धुनमा लागिसक्यौ । समय पनि कती चाडै बित्छ । काठमाडौं आएको पनि हिजो अस्ती जस्तो लाग्छ । तिनकुनेमा बसेको हिजो अस्ती जस्तो लाग्छ। आन्टीले दिनु भएको खानेकुरा हरुको झल्झली याद आउछ तिनकुने बस्दा को । अनी स्वयम्भु सरेको पनि भर्खर नै हो जस्तो लाग्छ। ४,५ बर्ष पनि थोरै समय हुँदो रहेछ । अबको दुई तीन बर्षमा त हाम्रो घरमा छुनु मुनु छुनु मुनु गर्ने बच्चा पनि हुन्छ होला कि दाजुहरु कतै बाहिर तिर गएर घरनै उजाड लाग्ने पो हुन्छ कि । भोली के हुन्छ भन्ने कुरा कसलाई पो थाहा हुन्छ र । जे भएपनी सबै जन खुशी अनी सुखी नै होस् यही मेरो कामना हो।

हाम्रो प्यारो भाउजुलाई स्वागत छ हाम्रो सानो छाप्रोमा जहाँ सुख अनी सुबीधा त छैन तर माया नै माया भरिएको छ भन्न चै फरक पर्दैन होला। आन्तिममा, खुशी लागेको छ रक्तपात भएन हाम्रो घरमा। शायद हामी सबैमा मानविय भावना उत्पन्न भईसकेछ । के यो नै हैन र नयाँ नेपालको चाहाना .....

Wednesday, October 8, 2008

Dashain Thing

Dashain of 2065 is running with a full speed. The weather is different, not too hot and not too cold. But it is marking a sign that the winter has come. My hands and feet have started to freeze.

Office is off for three days. Today is the second day of my dashain holiday and I have to join office from day after tomorrow. Nothing so rush although there is too little holiday.

College is closed for one month. So don't have to wake up early in the morning. Enjoying sleeping and staying at home.

This Dashain is really a different Dashain from the previous Dashain. We used to play cards, go to shopping, enjoy the long holidays etc.. Nothing is going like before. feeling lazy to play cards and going shopping( this is my hatest thing in the world).

There is a little excitement of my brother's wedding. Preparations have been done.

I am happy today, my dear granny ( Keshar Maya Jimee) is coming from Morang. I will go to Pick her to the airport. we'll chat a lot, litsten her stories and will take a lot of pics of her. She is a darling grandmother.

Tomorrow will be a grand day, so many people will be at home. Kaakaa, Kaaki, Bhai, Bahines, Phupu, Didis, Chyama, Boju and we the six members from my family. I am thinking what should be cooked .. Beans, Daal, Bhat, Meat, Cauliflower, Achar and Eggs. Hmm it will be a nice day. Planning to take a nice family Pic and a lot of pics for the remembrance of Dashain 2065.