Thursday, January 29, 2009

बिचरा मेरो ब्लग मैले केही पोस्ट नगरेर रोइसक्यो तर के गर्नु पोस्ट त गर्न मन छ नि के के ले हो के के ले पोस्ट गर्न पाएको छैन।

म फेरी कुनै दिन यसो केही पोस्ट गर्नेछु भन्दै बिदा लिन्छु !!

Monday, January 5, 2009

स्वदेश

अस्ती स्वदेस फिल्म हेर्दै थिएँ । मेरो मनपर्ने फिल्महरु मध्ये एउटा फिल्म हो यो। यो फिल्मको सबै कुरा मलाई मनपर्छ। कथा ( अली व्यबहारिक नलागेपनी ), संगीत, छायंकन, फिल्मको सरलता सबै राम्रो लाग्छ। धेरै पटक हेरिसके । जती हेरेपनी राम्रो लाग्छ।

यसपाली हेर्दा चै के लाग्यो भने नेपालमा बिजुली संकट परेको बेला त्यो फिल्मको पात्र मोहन जस्तै धेरै मोहनहरु नेपालमा चाहिएको छ भन्ने लाग्यो । हुन त गीता जस्तो पात्र पनि चाहिएको छ । नेपालमा शिक्षाको ज्योति फैलाउन ।

त्यो फिल्मको गितको टुक्रा नेपालीमा लेख्दै छु

थोपा थोपा मिल्यो भने खोला बन्छ
थोपा थोपाले नै बन्छ सागर
थोपा बिना सागर केहीपनी हैन ।
हामीले अरुलाई वास्ता गर्न छोड्यौ भने
हामी एक्लै पर्न सक्छौ
त्यसैले हामी सबै मिलेर धारा बनौ ।