Friday, May 26, 2017

पाहुना

म : 'छोरा आज पिटर मामा आउनुहुन्छ '
छोरा : 'अनी '
म : मात्र

एक छिन पछी
छोरा : 'पिटर मामा' पनि  आएन ' मात्र ' पनि आएन । 

Friday, May 12, 2017

बाहुबली


अहिले फिल्म जगतमा सर्बाधिक चर्चा भइ रहेको चलचित्र हो . हुन पनि हिन्दी चलचित्र क्षेत्रमा  सबै बन्द बडी रेकर्ड बनाई  रहेको छ यस  फिल्म ले . सबै भन्दा धेरै पैसा कमाउने चलचित्र, एकदम राम्रो टेक निकल पाटो , कलाकार को अभिनय , निर्देशक  को निर्देशन आदि आदि ..
इन्डियन फिल्म जगतमा एउटा बम फुटेको छ जसले इन्डियन फिल्म जगत हल्लाई रहेको छ .
एउटा साधारण किसिमले ब्यक्खा गर्नु पर्दा यो फिल्म एकदमै रोचक छ . निर्देशक राजा मौलि ले प्रतेक घटनाहरुलाई सिर्जनात्मक तरिकाले प्रस्तुत गरेका छन् . घटनाहरु यसरि अगाडी बढ्छन्  कि दर्शक लाई कथा बगेको पत्तो नै हुदैन .
पात्रहरु को भूमिका  यति बलियो छ कि चाहे त्यो नायक, नायिका या चरित्र अभिनेता होस् .
यो चलचित्र बलिउड को लागि ठुलो झापड हो किनेभने स्टार डम मा चल्ने फिल्मी उद्योग लाई यसले कथा , सिर्जनशीलता र  मेहेनतले दर्शक तान्न सकिन्छ भन्ने सिकाएको छ .

फिल्म क्षेत्र को लागि यो  चलचित्र एउटा दस्ताबेज भई सकेको छ .