Friday, February 13, 2009

भ्यालेनटाइन डे

२०६५ को भ्यालेनटाइन डे पनि आयो । भ्यालेनटाइन डे आयो है भन्ने पहिलो सुचना दिने मध्यम मिडियानै हो। मिडिया देखी अली टाढा भयो भने त्यती साह्रै भ्यालेनटाइन डे आएको पनि थाहा हुँदैन । टि भि हेर्ने कुरापनी कथा जस्तै भईसक्यो । बिजुली भएपो टि भि हेर्न पाउँनु।

अस्तीको पालिको भ्यालेनटाइन डे रमाइलो भएको थियो । त्यो दिन अफिसमा सिनिअर दिदी ममताले चकलेट बाड्नु भएको थियो । डिक्सुङ्ले 'आइ लभ यू' को तिन वटा शब्द भनेर ३ वटा चक्लेट लिएको थियो । अनी मैले पनि ' आइ लभ यू टु ' भन्दै ४ वटा चक्लेट लिदा उ त मरी मरी हाँसेको थियो ।

Wednesday, February 11, 2009

इतिहास

दयानन्द बज्रचार्यको किताब ' बैज्ञानीक गोरेटोमा ' एउटा घट्ना साह्रै हृदय बिदारक छ । किताबको अन्ततिर एउटा साह्रै दु:ख लाग्दो तर सत्य घट्नामा आधारित एउटा प्रसँग छ। रोमनहरुले विश्वा जित्ने क्रममा इजराइलमा आक्रमण गर्न पुगेका रहेछन् । इजराइलका यहूदीहरु बच्नको लागि मसादा भन्ने पहाडको टुप्पोमा बस्न पुगेछन् । रोमनहरु आक्रमण गर्न त्यहाँ पनि अइपुग्ने खबरले यहुदिहरु रोमनको हातबाट मर्न भन्दा त आफ्नै यहुदिहरुको हातबाट मर्नु ठीक सोचेर त्यही अनुसार १० जना यहुदिहरुलाई गुप्त तरिकाले सबै यहुदिहरुलाई मार्ने योजना बनाएछन् । यसरी १० जनाले सबै यहुदिहरुलाई मारेर बाँचेकोहरु एकआपसमा मारा मार गरेछन् । अन्तिमको एकजनाले चाँही आत्माहत्या गरेर मरेछ ।

अहिले पनि इजराइली सैनिकहरुलाई सपथ ग्रहण गर्न त्यही लगिन्छ रे ।

Wednesday, February 4, 2009






यो जाडो पनि दुध वाला चिया खाएर नै बित्यो । खै के लेखुम हौ । धेरै भईसकेछ नलेखेको डायरीमा अनी ब्लगमा पनि त्यही भएर के लेखुम के लेखुम हुँदैछ । धेरै आफ्नै कुरा थाहा हुन्छ त्यही लेख्न आउँछ ।

घर पनि उराठ लाग्दो नै भईसक्यो । बिजुली छैन । दाजुहरु अनी भाउजु पनि आफ्नो आफ्नो भाग्य खोज्न आफ्नो आफ्नो बाटो लागे। जे जे हुनु छ तेइ तेइ नै हुन्छ होला अनी जे हुन्छ त्यसलाई स्विकार्नु पर्ने रहेछ । ठिकै छ । जे भने पनि जिन्दगी रमाइलो छ ।

धेरै परिवर्तनहरु आइसक्यो बिस्वमा, नेपाल अनी आफ्नै जिन्दगीमा । हेर्दा हेदै के के भईसक्यो अनी भईसकियो । बर्ष पिछे नयाँ नयाँ परिवर्तनहरु हुन्छन। परिवर्तनसगै हिड्छौ हामी सबै ।