Monday, January 5, 2009

स्वदेश

अस्ती स्वदेस फिल्म हेर्दै थिएँ । मेरो मनपर्ने फिल्महरु मध्ये एउटा फिल्म हो यो। यो फिल्मको सबै कुरा मलाई मनपर्छ। कथा ( अली व्यबहारिक नलागेपनी ), संगीत, छायंकन, फिल्मको सरलता सबै राम्रो लाग्छ। धेरै पटक हेरिसके । जती हेरेपनी राम्रो लाग्छ।

यसपाली हेर्दा चै के लाग्यो भने नेपालमा बिजुली संकट परेको बेला त्यो फिल्मको पात्र मोहन जस्तै धेरै मोहनहरु नेपालमा चाहिएको छ भन्ने लाग्यो । हुन त गीता जस्तो पात्र पनि चाहिएको छ । नेपालमा शिक्षाको ज्योति फैलाउन ।

त्यो फिल्मको गितको टुक्रा नेपालीमा लेख्दै छु

थोपा थोपा मिल्यो भने खोला बन्छ
थोपा थोपाले नै बन्छ सागर
थोपा बिना सागर केहीपनी हैन ।
हामीले अरुलाई वास्ता गर्न छोड्यौ भने
हामी एक्लै पर्न सक्छौ
त्यसैले हामी सबै मिलेर धारा बनौ ।

7 comments:

  1. ओहो आरतीजीको अनुवाद पो कमालको लाग्यो त मलाई। फिल्म त मैले नि २ पल्ट हेरेको राम्रो लाग्छ।

    ReplyDelete
  2. हो पक्कै पनि नेपाल मा स्वदेश को जस्तो धेरै मोहन र गीता हरु चहिएका छन। तर हामी सधैं नै अरु को मुख मात्र तक्छौ। अरु लाई मोहन र गीता को उपमा दिन्छौ तर आँफै भने पछी हट्छौ। बिडम्बन हो यो हाम्रो लागि, खाली भारतीय धोती भनेर गाली गर्छौ तर उनिहरु को राम्रो सन्देश कहिलै पनि लागु गर्दैनौ। रङ दे बसन्ती, यो पनि हेर्नु भाको होला, यस्को पात्र हरु ले पनि धेरै कुर हरु सिकाउछ हामीलाई। तर प्रश्न के हो भने के हामी त्यो पत्र जस्तो हुन चाहन्छौ को उस्को जस्तो काम गर्न। महाबिर पुन पनि हाम्रो लागि मोहन नै हुन। धेरै मोहन र गीताहरु होलान तर हामी अनिभिग्य छौ।

    ReplyDelete
  3. OMG!! i love the way ur blog looks.. how did u do that?
    bs

    ReplyDelete
  4. I'm not really into films, tara pani lekh ekdum sandarbik lagyo. Specially during this time.

    Anyway, you've got a lively blog keep it up. Cheers.

    ReplyDelete
  5. आरती बहिनी
    नमस्ते !

    कहाँ देखी कहाँ आई पुगियो त्यो थाहा भएन, बिन्दास घुमन्ते न परे, हा हा, क्लक क्लिक आफ्नै हात को माउस न हो कस्को के जान्छ र ही ही, आफ्नै घुरेन तिर घुमे के कस्तो नयाँ नौलो छ भनेर, हाम्रो भोजपुरे साथी हरु धमा घाम नै जस्तो लाग्यो, आफ्नै ब्लगस भित्र कथा कबित गजल यस्तै उस्तै सिउरिनु मा ब्यस्त हुनुहुदो रहेछ, धन्यवाद छ साथीहरुलाई, के पो छ र दिनु त बिन्दास घुमन्ते न पारीयो ही ही, उहा हरु आफ्नै पाखा आफ्नै भाका खनी खोस्री गर्दै हुनु हुन्छ, आफु जस्ताइ भए पनि पौरखी साथी हरुलाई देख्दा, आफु भित्र पनि जागर टुसाउन खोज्छ तर जहिलाई चैत मास, यही दिग्दार !! चाल उही ताल उही, कहिले वारी कहिले पारी, के को नौ थरी ? स्क्रोल गर्दै लागे ओरलो, पुगे कलाश बैनी को कुटी तिर, केही छ कि भनेर चियाए, कैलाश बैनी पनि भेटिन लाग्यो पौष माघ को जाडो बैनी आगो टाप्ने सुरले छेस्का छेस्की (दाउरा) बतुल्नु कतै जानु भाको होला, कुटी को लेफ्ट साइड मा कैलाश बैनी ले धेरै साथी हरुको आगन पुग्ने ठेगाना राख्नु भएको रहेछ, को कता कस्तो भन्दै बस्दै निस्किन्दै गरे गजब छ साथीहरु ले समय अनुसार को फल फुल रोपी सक्नु भयको रहेछ, आफ्नो त न मन्दिर न पूजा जहाँ भेट्यो तेही भुजा हा हा, ओह ! आरती ? ए बैनी को कुटी भित्र पनि यसो पूजा पाठ भजन क्रितन पनि हुदो रहेछ यही ठाने, आफुत भोकोको पूजारी के को भजन, भोजन मात्रै ही ही, तर सम्झे सबैले विश्वाश गर्ने ठाउँ यसो पसी जाउ भनेर माउस क्लिक गरे रे रे --- आरती बहिनी को आगन पो आई पुगेछु हत्तेरिक !! आ गुमन्ते न हुँ के लाज, न साइत न बाजा, न मेजमान न खाजा, ही ही साह्रै राम्रो लाग्यो बैनी ले जत्ती राख्नु भयको हो माझेरी देखी धुरी सम्मै हेरे, आरती बैनी साह्रै सरल र सफा, सुन्दर बनाउ नि भएको रहेछ तपाईंले आफ्नो ब्लग, आज यो बिरनो मुलुक म भए पनि, आफ्नो गाउ जाने बाटो पाख्री बास सम्मा त पुगे तपाईंको ब्लग भित्र भित्रै भए पनि, माङमाया, लेगुव सम्मा पुग्नु भयको भए मेरो कोशी नदी को चिसो पानी खानु पाउने थिए, उफ !! उडायो सपना सबै हुरी ले ही ही आश छ पक्कै हजुर कोब्लोग भित्र समेट्दै जानु हुने नै छ, प्रगती को लागि शुभकामना, बैनी कोमेन्ट लामो भो भनेर नरिसाउनुश है ही ही घुमन्ते दाइको उडन्ते कुरा सम्झी दिनु होला ।

    दुर्गा राइ
    ईराक

    ReplyDelete
  6. लौ आरतिजी तपाइको भावसागरमा उर्लेको साहित्यको जगेर्ना गर्नलाई म पनि आइपुगे तपाइको आगनमा । आगमनमा ढिलो भएकोमा क्षामा चाहन्छु ।
    साहित्यको संसारलाई पनि नियाल्दै यथार्तको झोकमा पिङ खेल्ने तपाइको खोज् अभियान निकै रमाइलो लाग्यो ।अनि प्रकृतिसंग लुकामारि खेल्दै फोटोग्राफि र भिडियोग्राफिमा रमाउन खोज्ने तपाइको रहर छिटै पुरा होस ।

    साथै घुम्दै फिर्दै जादा मेरो गोरेटोमा पनि तपाइ पुग्नु भयो भने स्वागत छ ।

    ReplyDelete
  7. song is very good...

    ReplyDelete