सेकेन्ड सेमेस्टेर पनि सुरु भयो । मलाई मन नपर्ने बिषय पढ्नु पर्ने रहेछ । मार्केटिङ । मार्केटिङ भन्न बितिकै टाउको दुख्न थाल्छ। मिडिया र मार्केटिङ रिलेटेढ सब्जेक्ट भएर हामीले यो बिषय पढ्नु पर्छ । कसै कसैलाई साईन्स, म्याथ भन्न बितिकै टाउको ढुख्न थाले जस्तै मलाई चै अकाउन्ट , मार्केटिङ भन्न थाले पछी टाउको दुख्न सुरु हुन्छ।
खुशीको कुरा चै के छ भने यो सेमेस्टेरमा फोटोग्राफी रहेछ। मेरो मन पर्ने बिषय तर दु ख लाग्दो कुरा चै म हप्तामा यसको एउटामात्र कक्षा लिन पाउने रहेछु। ठिकै छ यो सेमेस्टेर भरी २० वटा जती फोटोग्राफीको कक्षा लिन पाउने रहेछु(नट सो ब्याड )।
एउटा घटनाको झल झली याद आउँछ। शायद म कक्षा ९ मा पढ्थे होला। फोटोग्राफीमा रुची बसिसकेको थियो । त्यो बेला फोटोग्राफी सुन्न बितिकै कान ठादो ठादो भईहल्थ्यो ( अहिले पनि हुन्छ ) । साईन्समा फोटोग्राफफीको केमिकल इकुएसन पढ्नु पर्थ्यो। म चाँही फोटोग्राफी सँग सम्बन्धित भाको हुनाले सरले पढाउँदा खुब ध्यान दिएर सुने । तर त्यो केमिकल इकुएसन यस्तो गाह्रो थियो कि मेरो त दिमागनै फन फन घुम्यो। तर अली अली याद आउँछ। सिल्भर भन्ने पदार्थसँग सम्बन्धित छ । पछी ब्यचलरमा पढ्दा अली मज्जाले बुझे । सिल्भरलाई हलाईढ सँग गराउने रियाक्सन रहेछ । अझै पनि राम्रोसँग थाहा छैन । शायद अब सिक्छु होला परफेक्ट्लि।
No comments:
Post a Comment