Wednesday, November 5, 2008

फुल कि जीवन?

दुई तिन दिन भयो मेरो आँखा पहेलो फुलिरहेको फुलमा परिरहेको छ। म दिन दिनै त्यो फुललाई हेरिरहेको छु । फोटो खिच्ने कुरा नसोचेको त हैन तर बाधाहरु धेरै छन् ।

बिहानैको घाममा खुशी भएको देखिन्छ त्यो फुल अनी त्यसैगरी अहिले बेलुकी पख लोलाएको जस्तो देखिन्छ। ओहो टक्क टक्क पहेलो फुल सेमेन्ट्को भुइमा खसिरहेको छ। अनी भुइमा धेरै पहेलो पहेलो फुलहरु जम्मा भइसकेको छ ।

भोली फेरी बिहान हुन्छ अनी त्यो झरेको फुलहरुलाई मैले हेर्ने समय सम्म बडारीसकेको हुनेछ । अनी फेरी एक दिन त्यो फुल पनि ओइलाएर मर्ने छ ।

सायद जिन्दगी पनि मैले देखिरहेको पहेलो फुल जस्तै हो कि ? ?

No comments:

Post a Comment