Tuesday, December 29, 2009

Thursday, December 17, 2009

Non Alignment Movement -Class Lecture

As always Regmi Sir's class is fantastic. Learnt a lot after long interval of time and today was my second day but first class for this specific subject- International Communication for fourth semester. It is an elective subject so won't miss it from choosing.

Sir started the class with Non-aligned Movement (NAM). Poor me :( , totally new. Sir started to define it relating to Information. Establishment of NATO and Warsaw Pact monopolized the information in the world. The other developed and the developing countries were out of this so they determined to raise their voice against the western domination. Simply, the sense of ‘we don’t belong neither to NATO nor supporter of Warsaw Pact’ is Non Align Movement (1961). They claim themselves neither Communist nor Democratic.

It further discuss on the main three points:
1.The realities of the third world should be reported.
2.Technical facilities for information flow should be provided
3.Improving western values should be stopped

In the western media, the news is published massively of their own economy, society, health and anything that is related to them. The news of the third countries are least important for them which is not appropriate according to Non-aligned Movement. It says it create Illiterate to them about the world because after all they should know the world.

Invention belong to Human Being so these should be free to use by any Human Beings but the Western monopolized the technical facilities.

Western values and norms are covering the world and there are different societies in the world and in those societies the western values and norms don’t fit in it.

Later, media representation of developing countries was discussed in UNESCO –New World Information Order (late 1970s). But it was not supported by the powerful countries because in order to make ‘New World Information Order’ those countries should have to lose the power.

Under New World Information Order, it was agreed to establish National Institution of information to each member country, which was not a government body but above the government. Due to wrong implementation, it became propaganda to government to control the information.

Beside all these, the western criticize it and tells that the dictatorship prevails in Non Alignment Movement.


PS: Non Alignment Movement is not active these days.

References
Ram Krishna Regmi Lecture
Nam.gov.za
Wikipedia.org

Monday, December 7, 2009

सडक ।
एउटा चिल्लो गाडी बत्तिदै गयो ।
पर पुगेपछी त्यो गाडीको झ्यालबाट केराको बोक्रा फ्यत्त खस्यो ।
उखुइ ! के भन्नु अब !
ओहो वोऊ ! नेपाली मै टाइप पो हुन थाले छ तर गाह्रो हुने रहेछ बा बा ! उफ यति टाईप गर्न नी गाह्रो भो । युनिकोडको नै सहयोग लिन पर्‍यो ।

Wednesday, October 7, 2009

' उ टिरा ! ' बच्चा बेहुला
' टिरा त हैन माटुर ' बच्चा बेहुली

उहिले उहिले हुन्थ्यो रे यस्तो ।

PS: टिरा = किरा
माटुर = माकुरा

Saturday, August 29, 2009

चङ्गा जस्तै ...

आहा ! चङ्गा हुन पाए कती रमाइलो !!


माथि निलो आकाशमा सेतो बादल सँगसँगै अनी पुछर हल्लाउदै तल धर्तीमा हेर्थे हतार गरेर हिडिरहेका मनिसहरु । खोइ के को लागि सबै लाई यती हतरो हो?

म अरुले गरिरहेको काम हेरेर मज्जा लिन्थे । कोइ खेत जोती रहेको , कोइ अफिसमा काम गरी रहेको, कोइ राजनीतिको गफ गरिरहेको , कोइ जाँच नभएर हड्ताल गरी रहेको, साहित्यकारहरु लेखीरहेको , बच्चाहरु स्कुलमा पढि रहेको , गूगलमा नेपाली विद्यार्थी ले लण्डनमा कलेज खोजी रहेको , ए के हो ब्लगर साथीहरु पनि ब्लगगिङ गरिरहेको देख्छु म । हावा ब्रो , बसन्त दाई , कैलाश , आकर , कलमबिर सबै जना ।

तर आफसोच ! ! चङ्गा पनि त बन्धनमै बाधीएको हुन्छ ....

Thursday, August 13, 2009

कबिता जस्तै जिबन




सानो छ खेत सानो छ बारी सानै छ जाहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
काधको सोभा हलो र जुवा हातमा कोदाली
जिबन धान्न गर्नु नै पर्ने उकाली ओराली ।
अझ पनि उतिकै सान्दर्भिक लाग्छ यो कबिता । बच्चा बेला खुब घोकिन्थ्यो । कक्षा नै थर्कौउने गरी गाउथ्यौ ।
काधमा हलो र जुवा नभए पनि जिबन त धान्नै पर्छ , उकाली र ओराली सुस्केरा हाल्दै ।

Wednesday, August 5, 2009

भुत अनी बर्तमान

कुरा गर्दै थियौ नेपालकै अनी नेपालीहरुकै ।

त्यतिबेला खुब मजा गरिन्थ्यो । बेलुका भएपछी घरबाट निक्लिएर सडकमा हल्ला गर्थ्यौ । अन्तक्छरी खेल्ने फिल्म हेर्ने चुट्किला भन्ने गफ गर्ने के के हो के के । बेलुकाको फिल्म शो नि कहिले कही ठुल बडा सँग गैन्थ्यो ।

शान्ति अनी सुरक्षा शायद तेइ होला ।

Thursday, July 9, 2009

ठुलो भोज । ठुलै मान्छेको बिदाइ । ठुलो मान्छेको सानी छोरी छुनु मुनु छुनु मुनु गर्दै डुंलिरहेकी । सबै आमन्त्रितहरु छोरी लाई बोलाउने, खेलाउने गरिरहेको ।

यदि त्यो छोरी कुनै भाडा माझ्ने दिदीको भइदिएको भए के त्यस्तै हुन्थ्यो ?

Saturday, July 4, 2009

बिथ्थमाको पोस्ट

ओहो के हो यस्तो ! मन मनै प्रश्न गर्न मन लाग्छ । ईन्टरनेट ले नि दास नै बनायो । ईन्टरनेट नचलाऊदा त के छुटेको के छुटेको जस्तो पो लाग्छ ।

मलाई किन यस्तो लाग्छ भनेर प्रश्न गरेको त उत्तर त साईबर धाइ धाइ ईन्टरनेट चलाको तेइ भएर भन्ने पो आउदो रहेछ बा।

के हो यसो हेर्छु साबरमा त कोही छैन । मलाई मात्र ईन्टरनेट चलाऊनु पर्ने हो कि के हो ! एउटा फुच्छे हो कि फुच्ची छेउ मा गेम खेल्दै थियो त्यो पनि गएछ । फ्यान को आवाज अनी के के को आवाज हो सुनिदै छ । फोन कस्तो सारो कराको ।

अँ एउटा कुरा पो लेख्न मन पर्‍यो । कलमबिर घोताने( http://mero-bichaar.blogspot.com/ को ब्लग हेरेको त त्यहाँ ओबामालाई नेपाली लुगामा देख्न पाये । अनी त के यो दिमागमा दिक्सुङको याद आयो । उसलाई यो संसारमा एउटा मात्र केटा मन पर्छ रे अनी त्यो चै ओबामा । म त दिक्सुङ्को चोइस देखेर छक्क परेको थिए ।

Tuesday, June 30, 2009

Advantage of Use of Technologies

Tomorrow was Internal Assessment of 'Multimedia'. Reading material was nothing with me. I searched the book ' Multimedia Systems' by John F. Koegel Buford on last whole Sunday around Bhrikuti Mandap and Bhotahiti. That particular book is referred by our teacher Anish Shrestha. So I wanted that book at any cost.

In my inquiry I got the information that Ekta Book house is one of the leading Book house in Kathmandu. So I typed ' Ekta Book Nepal ' in google search bar and I got the whole information about it. I phoned quickly and they told me that there is that book in their store which released my tension for the assessment.

It is one of the advantage of development of technologies.

Friday, June 26, 2009

'The Last Lesson'

Few days back I read a short story which certainly makes every individual to think for sometime. The story's background is the invasion of Germans to the French.

In the story, the story is told by a small boy who studies in primary level. At first he doesn't like a particular teacher who teaches French language, his own mother language. He complains about the strictness of that teacher to the students and doesn't want to remember his class and the grammar. He never understand the class.

On that day, he goes to school but feels a different environment there. He sees army and the crowd. He enters the class and sees that the same teacher is in a uniform with a pleasant mood. He sits in his bench and the teacher is not scolding and beating the students today but teaching them a good lesson.

Unlike other day, he understands all and the teacher is saying that' This is the last class of French language today. From tomorrow a new teacher will come to teach you and that will be German Language'.

Note: It is one of the world famous story written by..... I forgot the name.

Friday, June 5, 2009

आरती sleeps


ब्लगगिङको दुनियाँबाट पनि धेरै टाढा भइएछ । शायद रकेटनै लिएर दगुर्ने बेलापो भइसकेछ कि ! सिधा भन्नु पर्दा ब्लग चलाउने पनि अफिसबाट नै हो । घरबाट पनि नचलाउने त हैन तर ईन्टरनेट कुर्दा कुर्दा patience नै भङ भएर पारो तताइ हाल्छ ।

मौका पर्ना साथ फेसबूकमा धान, मकै, टमाटर रोप्न थाल्छु अनी 'पेट सोसाइटी ' मा पैसा कमाउन मेरो गूडीयालाई साथीहरुसँग भेट्न, रङशालामा कुदाउन, बल खेलाउन थाली हाल्छु । अनी ब्लग त ओझेलमा परीहाल्छ । बिचरा ब्लग ।

फेसबूक चलाउने मान्छे यस्तो यस्तो हुन्छ भनेर निकालिएको रिसर्च नपढेको पनि हैन। तर addiction भन्ने कुरा पनि अचम्मको हुदो रहेछ ।

हुँदा हुँदा आफ्नो ब्लगको जन्म महिनाको जन्म दिवस मनाउछु भन्दा भन्दै तेतिकै भयो । यो त अती नै भयो बा !

आरती speaks त आरती sleeps भयो हा हा हा

Thursday, June 4, 2009

...................................

Blank............Blank............Blank

Haven't post anything in blog and haven't written anything in my diary.

Nothing to share to world.

I think I have forgotten to write, think and observe.

Lazy .......Lazy ....... and Lazy

Wednesday, April 22, 2009

Solitary Reaper

Behold her, single in the field,

Yon solitary Highland Lass!

Reaping and singing by herself;

Stop here, or gently pass!

Alone she cuts and binds the grain,

And sings a melancholy strain;

O listen! for the Vale profound

Is overflowing with the sound.



No Nightingale did ever chaunt

More welcome notes to weary bands

Of travellers in some shady haunt,

Among Arabian sands:

A voice so thrilling ne'er was heard

In spring-time from the Cuckoo-bird,

Breaking the silence of the seas

Among the farthest Hebrides.



Will no one tell me what she sings?--

Perhaps the plaintive numbers flow

For old, unhappy, far-off things,

And battles long ago:

Or is it some more humble lay,

Familiar matter of to-day?

Some natural sorrow, loss, or pain,

That has been, and may be again?



Whate'er the theme, the Maiden sang

As if her song could have no ending;

I saw her singing at her work,

And o'er the sickle bending;--

I listened, motionless and still;

And, as I mounted up the hill,

The music in my heart I bore,

Long after it was heard no more.

William Wordsworth

William Wordsworth( 1770-1850) who lived before 270 yrs is still remembered for his works on literature. He was a contemporary of my 7 generation forefather(approx) and I always wish that my ancestors had something written . This signifies that writing is very important for all of us.

Wednesday, April 1, 2009

बिजुलीले नि हैरान पारेको बेला हिजो त टाउको दुखीराखेको बेला बत्ती आउँदा टाउको दुख्ननै निको भएको । तर के गर्नु टि भि हेर्नु बसेको त झुल्दा झुल्दा हैरान । अनी त के गर्नु आफ्नै कोठामा आएर बक बक गर्दै बसे ।

अल्छिले नि पूर्न नै लागिसक्यो । कलेज गएको हैन । एउटा किताब पढेको ३ महिना भईसक्यो आधा मात्र पढिसके ।

फोटो खिच्ने काम त हुँदै छ तर के गर्नु एउटा राम्रो फोटो नि आएको हैन । सबै फोटो लाई संसारबाटै डिलिट गरिदिउँ जस्तो लागि राको छ । मैले खिचेको फोटोहरु।

अस्ती एत्रो ठुल् ठुलो असिना परेको अनी त के फोटो खिची हाले तर बिलाएर सानो भईसकेको थियो क्यामरा झोला बाट झिकेर तेर्साउन्जेलसम्म त । हात चै बहिनी को हो





Monday, March 23, 2009

Monday, March 16, 2009

Friday, February 13, 2009

भ्यालेनटाइन डे

२०६५ को भ्यालेनटाइन डे पनि आयो । भ्यालेनटाइन डे आयो है भन्ने पहिलो सुचना दिने मध्यम मिडियानै हो। मिडिया देखी अली टाढा भयो भने त्यती साह्रै भ्यालेनटाइन डे आएको पनि थाहा हुँदैन । टि भि हेर्ने कुरापनी कथा जस्तै भईसक्यो । बिजुली भएपो टि भि हेर्न पाउँनु।

अस्तीको पालिको भ्यालेनटाइन डे रमाइलो भएको थियो । त्यो दिन अफिसमा सिनिअर दिदी ममताले चकलेट बाड्नु भएको थियो । डिक्सुङ्ले 'आइ लभ यू' को तिन वटा शब्द भनेर ३ वटा चक्लेट लिएको थियो । अनी मैले पनि ' आइ लभ यू टु ' भन्दै ४ वटा चक्लेट लिदा उ त मरी मरी हाँसेको थियो ।

Wednesday, February 11, 2009

इतिहास

दयानन्द बज्रचार्यको किताब ' बैज्ञानीक गोरेटोमा ' एउटा घट्ना साह्रै हृदय बिदारक छ । किताबको अन्ततिर एउटा साह्रै दु:ख लाग्दो तर सत्य घट्नामा आधारित एउटा प्रसँग छ। रोमनहरुले विश्वा जित्ने क्रममा इजराइलमा आक्रमण गर्न पुगेका रहेछन् । इजराइलका यहूदीहरु बच्नको लागि मसादा भन्ने पहाडको टुप्पोमा बस्न पुगेछन् । रोमनहरु आक्रमण गर्न त्यहाँ पनि अइपुग्ने खबरले यहुदिहरु रोमनको हातबाट मर्न भन्दा त आफ्नै यहुदिहरुको हातबाट मर्नु ठीक सोचेर त्यही अनुसार १० जना यहुदिहरुलाई गुप्त तरिकाले सबै यहुदिहरुलाई मार्ने योजना बनाएछन् । यसरी १० जनाले सबै यहुदिहरुलाई मारेर बाँचेकोहरु एकआपसमा मारा मार गरेछन् । अन्तिमको एकजनाले चाँही आत्माहत्या गरेर मरेछ ।

अहिले पनि इजराइली सैनिकहरुलाई सपथ ग्रहण गर्न त्यही लगिन्छ रे ।

Wednesday, February 4, 2009






यो जाडो पनि दुध वाला चिया खाएर नै बित्यो । खै के लेखुम हौ । धेरै भईसकेछ नलेखेको डायरीमा अनी ब्लगमा पनि त्यही भएर के लेखुम के लेखुम हुँदैछ । धेरै आफ्नै कुरा थाहा हुन्छ त्यही लेख्न आउँछ ।

घर पनि उराठ लाग्दो नै भईसक्यो । बिजुली छैन । दाजुहरु अनी भाउजु पनि आफ्नो आफ्नो भाग्य खोज्न आफ्नो आफ्नो बाटो लागे। जे जे हुनु छ तेइ तेइ नै हुन्छ होला अनी जे हुन्छ त्यसलाई स्विकार्नु पर्ने रहेछ । ठिकै छ । जे भने पनि जिन्दगी रमाइलो छ ।

धेरै परिवर्तनहरु आइसक्यो बिस्वमा, नेपाल अनी आफ्नै जिन्दगीमा । हेर्दा हेदै के के भईसक्यो अनी भईसकियो । बर्ष पिछे नयाँ नयाँ परिवर्तनहरु हुन्छन। परिवर्तनसगै हिड्छौ हामी सबै ।

Thursday, January 29, 2009

बिचरा मेरो ब्लग मैले केही पोस्ट नगरेर रोइसक्यो तर के गर्नु पोस्ट त गर्न मन छ नि के के ले हो के के ले पोस्ट गर्न पाएको छैन।

म फेरी कुनै दिन यसो केही पोस्ट गर्नेछु भन्दै बिदा लिन्छु !!

Monday, January 5, 2009

स्वदेश

अस्ती स्वदेस फिल्म हेर्दै थिएँ । मेरो मनपर्ने फिल्महरु मध्ये एउटा फिल्म हो यो। यो फिल्मको सबै कुरा मलाई मनपर्छ। कथा ( अली व्यबहारिक नलागेपनी ), संगीत, छायंकन, फिल्मको सरलता सबै राम्रो लाग्छ। धेरै पटक हेरिसके । जती हेरेपनी राम्रो लाग्छ।

यसपाली हेर्दा चै के लाग्यो भने नेपालमा बिजुली संकट परेको बेला त्यो फिल्मको पात्र मोहन जस्तै धेरै मोहनहरु नेपालमा चाहिएको छ भन्ने लाग्यो । हुन त गीता जस्तो पात्र पनि चाहिएको छ । नेपालमा शिक्षाको ज्योति फैलाउन ।

त्यो फिल्मको गितको टुक्रा नेपालीमा लेख्दै छु

थोपा थोपा मिल्यो भने खोला बन्छ
थोपा थोपाले नै बन्छ सागर
थोपा बिना सागर केहीपनी हैन ।
हामीले अरुलाई वास्ता गर्न छोड्यौ भने
हामी एक्लै पर्न सक्छौ
त्यसैले हामी सबै मिलेर धारा बनौ ।