Wednesday, November 28, 2007

बाघ र बुवा

यो घटना हामीलाई बुवाले एकदम हाँसो उठ्दो पाराले घरमा सुनाउनु हुन्छ। म त यती हास्छु कि मेरो जहिले पनि यो घटना सुन्दा पेट दुख्छ।


एक पल्ट हाम्रो बुवा गाउँ ( संखुवासभा)बाट काठमाण्डौ आ उँदा तुम्लिङ्टार एअरपोर्टमा मान्छेहरुले बाघको बच्चा समातेका रहेछन् । अनी उनिहरुले त्यो बाघ लाई के गर्ने भनेपछी काठमाण्डौ पुगाउने भनेर एक जनाको जिम्मा लगाएर पठाउने निर्णय गरी बुवा सँग पठाउने भएछन् । उनिहरुले एअरपोर्टमा हाम्रो मान्छे आँ उछ भनेको हुनाले बुवाले पनि ल म पुर्याइदिन्छु भन्नु भएछ।


काठमाडौं एअरपोर्टमा ओर्लिदा त कोही पनि आएनछ। त्यो शनिबार को दिन् रहेछ। बुवाले अब के गर्ने भनेर त्यो बाघ को बच्चालाई डेरामा ल्याउनु भएछ।त्यो पनि ट्याक्सीमा। बुवाले त्यो बाघलाई भोक लाग्यो भनेर बिस्कुट र दुध खान दिनु भएछ। आईतवार पनि छुट्टी भएकोले त्यो दिन पनि दुध र बिस्कुट खुवाउँदै पाल्नु भएछ।


सोमबारको दिन बिहानै ट्याक्सीमा फेरी बन बिभागमा पुर्याउन लग्नु भएछ। तर बन बिभागको मान्छेहरुले एता लानु उता लानु भनेर हैरान बनाएछ। बुवा त बाघलाई बोक्दा बोक्दा दिक्क लगेर बाघ लाई त्यही छोडेर हिंड्नु भएछ। बुवा हिढ्दा हिड्दै भन्दै थियो रे" ए ए कस्तो मान्छे रहेछ। पर्खिनुस् त" केही नसुनी उहाँ फर्किनु भएछ।



1 comment:

  1. Interesting, How big was damaru(Tiger's child) ? Must be very small. Milk and biscuits for tiger, thats funny.

    Your father did good job.

    ReplyDelete