Monday, November 12, 2007

अशान्ती हुनुको एउटा कारण


यो एक महिना अगाडिको कुरा हो। मलाई स्वयम्भु मा बत्ती कसरी बाल्छ भनेर कौतुहल लागेको हुनाले तेही कौतुहल मेटाउन बत्ती बाल्ने ठाउँमा गएँ।


त्यहाँ गएर बत्ती बाल्ने एकजना महिलासँग कुरा गर्न खोजेको उनी त एकदम रिसाइन्।किन रिसाइन त्यो त थाहा भएन।अनी म त्यहाँ बाट हिंडे।


तल आएँ। त्यहाँ पनि बत्ती बल्ने ठाउँ रहेछ। यहाँ चाँही मज्जाले सोध्नु पर्‍यो भनेको त बत्ती बाल्ने बुढा मान्छे त एकदम रिसायो।


त्यस पछी मलाई के लाग्यो भने नेपाल मा शान्ति नआउनुको एउटा कारण बत्ती बाल्नेहारुले रिसाएर बत्ती बाल्नु पनि हो जस्तो लाग्यो।

No comments:

Post a Comment