Monday, May 5, 2008

आमा

आजको मेरो ब्लगको पोस्ट मेरो आमाको लागि समर्पित छ। मेरो मायालु आमाको लागि...


हुनत मैले म सानो छँदा आमालाई धेरै दु:ख दिएको छु। आमाको धेरै पिटाइ खाने बच्चा म नै हुँ। झगडा के कुरामा हुन्थ्यो थाहा छैन तर अहिले आमाले भन्नु भए अनुसार झगडा लामो हुने कारण मैले नै अन्त्यमा जित्नु पर्थ्यो रे अनी उहाँले मलाई जित्न दिनु हुन्नथ्यो रे। अचेल आमासँग कुरा गर्दा आमा छोरी खुब हाँस्छौ।


उमेरले मान्छेलाई परीपक्क बनाउदो रहेछ। उमेर सँग सँगै मैले आमाको महत्व बुझेको छु। उहाँको मायालाई बुझेको छु। अबत म मेरो आमालाई दु:ख दिने कुरा सोच्न पनि सक्दिन।


मेरो आमाको नाम रुक्मिणी जिमी हो। उहाँको नामको पनि कथानै छ। घरमा बोलाउने नाम 'साने' थियो रे। स्कुलमा नाम लेखाउन जाँदा हेडमासटर्ले नाम के हो भन्दा नाम नै रहेन छ अनी हेडमास्टरले नै अब देखी तिम्रो नाम रुक्मिणी है भन्नु भएछ। अनी मेरो आमाको नाम रुक्मिणी हुन पुगेछ।


मेरो आमालाई उहाँको नाम खुब मन् पर्छ । उहाँ कहिले काहीँ उहाँको हेडमास्टरलाई सम्झदै धन्यवाद दिनु हुन्छ। उहाँले आफ्नो बाल्यकाल संखुवासभाको एउटा बिकट ठाँउ मादी मुलखर्कमा बिताउनु भयो। त्यहाँको सम्झनाहरु धेरै छ । हामीलाई सुनाइ राख्नु हुन्छ । त्यसैले हामीलाई त्यहाँको बारेमा कन्ठस्त छ भन्दा फरक पर्दैन।


त्यस पछी मेरो बुवासँग बिहे भयो र बुवा जहाँ जानु भयो त्यहाँनै आमाको घर भयो।


मलाई आमाको धेरै माया लाग्छ । यो संसारमा आमाको माया मात्रै निस्वर्थी माया हुन्छ रे। आमाको लागि धेरै गर्नु पर्ने छ । धेरै खुशी दिनु पर्ने छ । मेरो लागि देख्नु भएको सपनाहरु साकार पार्नु पर्ने छ। असल छोरी बनेर जहिले खुशी राख्नु पर्ने छ।


यती मायालु आमा पएकोमा म भगवान लाई मेरो भित्री मन देखीनै धन्यवाद दिन चाहन्छु । संसारको सबै मानिसहरुलाई मायालु आमा दिनुहोस् जसले गर्दा सबैको मनमा माया नै माया होस् र विश्वामा शान्ति फैलिरहोस्।


Me with my mom

My Beautiful 'Aama' (She was 20 yrs then)


नोट: मैले यो लेख लेख्न भन्दा अगाडि बसन्त दाई को ब्लग मा भ्एको आमा भन्ने पोस्ट पढेको याद आयो । अनी त्यो पोस्ट फेरी पढ्न मन लाग्यो । त्यो पोस्टले आमाको महत्व कती हुन्छ भन्ने बोध गराउँछ । मैले त्यो पोस्टमा कमेन्ट गरेको त थिइन तर मैले ब्लग मा पढेको सबै भन्दा राम्रो लागेको पोस्ट त्यो नै हो। त्यो पोस्टले सबैको मन लाई छुन्छ । बसन्त दाई लाई मैले personally चिनेको त छैन तर पनि बसन्त दाई लाई धन्यवाद छ है आमा बारे त्यो पोस्ट जसले आमा कती महत्वपूर्ण हुन्छ भन्ने बताउँछ । http://www.gautambasanta.blogspot/ को childhood memories मा छ त्यो post सबै जनाले पढ्नु होला ।

6 comments:

  1. thats good article as well ...any way how you know my blog i am suprised .......i wanna know more about you ......just about your opinion and thoughts ....dont get negative.....

    ReplyDelete
  2. Thanks Raj,
    About how I knew ur blog: क्याप्छ्याकी 's blog- Dibya Thapa's blog - Your comment- finally your blog..

    If u want more about me u can visit my profile or u can send me email.
    its aratirai2003@yahoo.com

    ReplyDelete
  3. आरती मलाई त्रि्रो लेखाई एकदमै मन पर्‍यो । छोरीले आमालाई बढी माया गर्छन् । आमाले पनि छोरीलाई । भनिन्छ घर भनेको पहिलो पाठशाला र आमा भनेको पहिलो शिक्षिका हो । मलाई त्रि्रो आमाछोरीको कुरा पनि यसैसँग मेल खाए जस्तो लाग्यो । एउटा कुरा आमाले त्रि्रो बुबासँग बिहे गरेको भन्दा पनि कुनै युवकसँग बिहे गरेर तिमी छोरी भएकी हौली होइन र - होइन भने त्रि्रो लेखाइको अर्थ तिमी जन्मिसकेपछि आमाको बिहे भएको अर्थ लाग्ला है । हा हा हा हा .............

    ReplyDelete
  4. Thank you Arati for dedicating your blog post to your mother. Nother is mother and no word can be as great as it is.

    ReplyDelete
  5. ओहो शंकरको कमेन्ट बल्ल बल्ल मेरो ब्लगमा देखा पर्‍यो !!

    एकपल्ट मैले मेरो एक जना साथी (केटा)लाई छोरीले आमालाई बढी माया गर्छन् भन्दा उसले के भन्नु भएको त्यस्तो चाँही न भन्नु है छोरा ले पनि माया गर्छन् भनेर झोकिदै भन्यो । त्यसैले छोरा छोरी दुबैले माया गर्छन् भन्नु पर्छ।

    अनी तिमीले ठीक भन्यौ मेरो आमाको एउटा युबकसँग बिहे भएपछी म जन्मे (हा हा ) तर जेभएपनि मेरो लेखको अर्थ बुझीयो हैन र ?

    Thanks basanta dai,
    Ya Mothers are great

    ReplyDelete
  6. आरती जी सार्है खुशी लाग्यो तपाईको आमा प्रतिको माया को बारेमा पढ्न पाउँदा। भनिन्छ नि आफुलाई जन्म दिने आमा र आफु जन्मेको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छ भनेर, आमाको महत्व कस्तो हुने रहेछ भन्ने कुरा आमाको साथमा बस्दा भन्दा पनि विछोडिएपछि थाहा हुने रहेछ। म पनि अहिले आमा र आफ्नो जन्म भुमी देशलाई छोडेर एक्लै बिरानो देशमा कामको शिलशिलामा बसेको छु। वास्तवमा सम्पूर्ण विश्व आफ्नो विपक्षमा हुदाँ पनि आफ्नी आमा कहिले पनि आफ्नो सन्तानको विपक्षमा हुन सक्दिनन्। चाहे आफ्नो सन्तान चोर फटाहा धुर्त बदमास किन नहोस् ,एउटी आमाको लागी सधै आफ्नो प्यारो हुन्छ। आफ्नो सन्तानलाई सधै अबोध र देख्छिन्। उनको जस्तो निस्वार्थ माया सायद सँसारमा अरु कसैले दिन सक्दैनन्। म पनि अहिले विदेशमा आए पछि मात्र थाहा पाएको छु आमाको माया कस्तो हुने रहेछ भनेर।

    सन्चै छ आमा प्रदेशी छोरो बिरानो ठाँउमा,
    नरोई बस्नु सम्झेर मलाई त्यो सुन्दर गाँउमा।
    कोखीको बास गरायौ मलाई दश महिना दु:खमा,
    अमृत धारा पिलायौ मलाई भोकाउदा मुखमा।
    हिडायौ मलाई थिरथिर गर्दै हातको आडले,
    मलाई मिठो ख्वाएर आफू पेट भर्‍यो माडले।।
    साहुको धन मुटुको किला, बेचेर तिलहरी,
    पठायौ स्कूल साँचेर मिठो सपना मनभरी।।
    पढेर ठुलै प्रगति गर्ला छोराले भनेर,
    राखिनौ पेवा थैलीको दुमो सब दियौ गनेर।
    भाग्यको खेला कर्मको लेखा म पढ्न सकिन,
    आमाको रहर पुर्‍याउने बाटो म बढ्न सकिन।।।
    हिड्दै छु अहिले बिरानो बनि प्रदेशी माटोमा,
    फूलको बहार छाडेर लागे काँडाको बाटोमा।।
    तैपनि आमा हजुरको आषिश लाग्दैछ मलाई,
    अरुको राम्रो सोच्नेलाई गर्छ दैवले भलाई।।।।

    सुवाश श्रेष्ठ
    गोरखा नेपाल (हाल दोहा कतार)

    ReplyDelete