Thursday, April 10, 2008

Constituent Assembly Election, April -10 - 2008 ( 2064/12/28)

संबिधानसभाको चुनाव भन्ने चाड पनि सकियो । रमाइलो सँगनै मनाइयो । भोट हालियो अनी सम्झनाको लागि थुप्रै फोटोहरु पनि खिचियो । साथी सुर्यमालाई त धन्यवाद दिनै पर्छ । सुर्यमा मुरी मुरी धन्यवाद छ है क्यामरा को लागि। उसको नाम पनि पपुलर नै भयो यसपली 'भोट के मा ? सुर्यमा भन्दै सबैले उसलाई जिस्काएर हैरान पारे।

फेरी कुरा गरौ संबिधानसभाको चुनाव चाड कै । घर को सबै परिवार लवा लस्करका साथ घरदेखी भोट हाल्न गयौ। भोटे हाल्ने केन्द्रमा त मान्छेहरुको ताँतीनै लागिसकेको रहेछ । बिहान् साँढे सात बजे देखिनै। एक घण्टा लाइनमा कुर्यौ। लाइन सर्ने नाम नै लिदैन । ह् या भनेर घर तिर फर्क्यौ। भरे २ बजे तिर भोट हाल्न गएको त महाराजा जस्तै भएर भोट हाल्न पाइयो । तर ढिलो गएर होला मत पेटिका त भरी सकेको रहेछ । 'के हो मेरो मत त खस्न मान्दै मान्दैन त ' मैले भने। 'हामी खसाइदि हालर्छौ नि ' त्यहाँको मान्छेले भन्यो । तर मैले नै कोची कोची हालिदिए। बल्ल बल्ल भोट हाल्न पाएको नहाली कहाँ छोड्थे र !!
यस पाली ६०% जतीले भोट हाले रे । अनी भोट हाल्ने संख्या महिलाहरुको धेरै थियो रे । हाम्रो क्षेत्र नम्बर ८ को मा जम्मा ११३० जना थिए । ८०० जतीले भोट हालेछन।
केही तथ्यांकहरु :
  • २१००० मतदान केन्द्रमा (३३ केन्द्रमा मतदान स्थगित)
  • भोजराज पोखेरेल -प्रमुख निर्वाचन आयुक्त
  • मिस्रित निर्वाचन प्रणलीको प्रथम पटक प्रयोग
  • मतदान कार्यमा २ लाख ३४ हजार कर्मचारी खटिएका
  • बिधुतिय मत पेटिका प्रथम पटक काठमाडौं क्षेत्र नम्बर १ मा प्रयोग गरियो
  • एक करोड ७६ मतदाता
  • ५४ वटा दल सहभागी
  • मतदान बिहान सात बजे देखी ५ बजे सम्म सम्पन्न
The Empty Ring Road in Kathmandu Valley


Election Poll Centre Sitapaila VDC at Yuba Sahabhagita School




Voting Line in the early morning at 7:30 am


5 comments:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete
  2. The elections went relatively peacefully. Which is Great.

    ReplyDelete
  3. great posting and nice pics...

    ReplyDelete
  4. Happy New Year 2065. wish you all the best...

    ReplyDelete
  5. Thanks Mprofit, ya it really went peacefully and let's hope this peace will remain forever in Nepal.

    Thanks Badri Ji, Happy New Year to you too.

    ReplyDelete