Monday, April 21, 2008

फुल ब्यापार

बिहानको ३ बजे देखी खुद्रा फुल ब्यापारीको जीवन सुरु हुन्छ । उनिहरु फुल ठेक्का गर्छन् र ठेक्का अनुसार फुल उनिहरुकहाँ आइपुग्छ । ठेक्का वालाहरु मौसम अनुसार फुल ल्याउँछन । कहिले लाहुरे फुल त कहिले ग्लाडुलस । यस्तै बिभिन्न थरिका फुलहरुमा सयपत्री , कारनेशन , गुलाब , बखम बस , क्युरस आदी पर्छन ।

यास्ता साना फुल ब्यपारीहरु स्वयम्भुको आसपासमा थुप्रै भेटिन्छन् । उनिहरुका अनुसार प्राय यि फुल ग्राहकहरुले घर लगेर भगवानलाई चढाउने गर्छन् ।

उनिहरुको फुल बेच्ने समय बिहान को १० बजे सम्म मात्र हो । त्यस पछी फुल बिक्री हुँदैन । आज बिक्री नभएको फुल भोली बिक्री गर्छन् । कुनै फुल त्यसै राख्दा नबिग्रिने हुन्छ भने कुनै फुललाई पानीमा राख्नु पर्ने हुन्छ । भोली पल्ट पनि बिक्री नभए बिग्रेर जान्छ ।

फुल बिक्री हुने मौसम जेठ हो तर औसी , पुर्णेमा पनि फुल धेरै बिक्री हुन्छ ।

सोभा के सी इचङगु नारायणमा बस्ने एक महिला हुन र उनी एक खुद्रा फुल ब्यापारी हुन । उनले फुल बेच्न थालेको १० बर्ष भयो । उनको अनुसार दैनिक १०० देखी १५० रुपैया सम्मको फुल बिक्री हुने गर्छ।

यसरी खुद्रा फुल ब्यापारीहरुले आफ्नो गर्जो टार्नुका साथै आफ्नो देशको फुललाई ब्यापारीकरण् गर्न मद्घत पु याइ रहेका छन। उनिहरुको यो सानो पाइलाले भोली नेपालको पुष्प ब्याबसाय अन्तराष्ट्रियस्तरमा पुग्न नसक्ला भन्न सकिन्न। खाँचो छ त केवल सरकारको अलिकती सहयोग!!!

नोट : यी माथिका हरफहरु मैले फुल सम्बन्धी एउटा सानो टि.भी रिपोर्ट बनाउन को लागि लेखेको थिएँ । यो हाम्रो 6th sem bachelor को प्रोजेक्ट work थियो । प्रोजेक्ट पुरा भएन । किताब मिलाउनेक्रममा भेटेपछि ब्लगमा किन पोस्ट नगरौ भनेर पोस्ट गरिरहेको छु ।

3 comments:

  1. good research!! great job!!! Definitely if our government will support to them, they can promote their business outside of the country.....Let`s do for it....

    ReplyDelete
  2. It would have been great if you had attached the picture of that woman that you have described here in your article. And, I wonder, that how could anyone surive with that less amount in this crazy and expensive world?

    - Dibyendra

    ReplyDelete
  3. Thaks Badri Ji

    Thanks Dibyendra Ji, I will post the picture of that woman someday.

    Thanks

    ReplyDelete