Wednesday, April 16, 2008

लोहोरुङहरुको खाना सिब्रिङ्ग

एउटा रुख हुन्छ। त्यो रुखको मुना मुना टिप्नु पर्छ । मुना पलाउने सिजन यही हो। त्यो मुना लाई घरमा ल्याएर केलाउनु पर्छ। किराले खाएको पात र नखाएको छुटाउनु पर्छ । पहेलो पात पनि छुटाउनु पर्छ। केलाई सकेको मुनाहरुलाई पाखल्नु पर्छ। पखालिसकेर एउटा ठुलो भाँडामा पानी राखेर त्यो पानीमा मुनाहरु भिजाउनु पर्छ। २, ३ दिन सम्म भिजाइसकेपछी सिब्रिङ्ग तयार हुन्छ। त्यस पछी निकालेर सानो सानो टुक्र पारेर काट्नु पर्छ।

कसरी खाने ?
सिलौटामा नुन, खुर्सनी र जिरा पिन्नु पर्छ । सानो सानो पारेर काटेको सिब्रिङ्गसँग पिनेको नुन, खुर्सनी र जिराको पेस्ट मोल्नु पर्छ। अलिकती तेल पनि हालेर मोल्नु पर्छ। अनी तयार हुन्छ मिठो मिठो सिब्रिङ्ग को अचार । त्यस पछी गर्नुहोस् अचार मा अट्याक।

7 comments:

  1. सिब्रिङ्ग को अचार तयार गरेर अचार मा अट्याक गर्नु कहिले कहिले, अहिले नै जिब्रोमा रस चुहिसक्यो।
    I will try to make this pickle, but when you make before that, do not forget to invite..

    ReplyDelete
  2. This comment has been removed by a blog administrator.

    ReplyDelete
  3. एउटा particular रुख हुन्छ । जुन पायो तेही रुखको मुना हैन । त्यसैले अचार बनाउन गाह्रो छ। सबै ब्लगगरहरुलाई ब्लगगरको भोज भयो भने खुवाउँला नि !!

    मेरो साथीहरुले चाँही खुब मिठो मानी मानी खायो

    ReplyDelete
  4. If so, pls organize blogger's party

    ReplyDelete
  5. Happy New Year!

    This template looks very beautiful!

    ReplyDelete
  6. आरती जी यो लोहरुङ्हरु ले मात्र खान हुने हो कि अरु ले पनि खदा हुने हो?, मलाई पनि कस्तो खाउ खाउ लाग्यो अचार त ।, तर यो रुख मैले देखेको छैन, अब देखे भने त्यसको मुना म टिपिहाल्छु, र तपाईं को फर्मुला प्रयोग गरिहाल्छु, तर बनाउने थाप अरु जानकारी गराउनुहोल होला, धन्यबाद्

    ReplyDelete
  7. ओहो ! यो अचार त जसले पनि गज्जबले खान मिल्छ। कुनै दिन यसको फोटो खिचेर पोस्ट गरौला अनी आँफै बनाएर खानु होला मेरो पोस्टमा भएको निर्देशन अनुसार है त all the best

    ReplyDelete