Friday, February 29, 2008

जन्क ईमेल

हिजो मैले एउटा ईमेल पाएँ। त्यो ईमेल अनुसार, मैले अरुहरुलाई जती धेरै त्यही ईमेल पठायो मेरो ईच्छाहरु पुरा हुन्छ भन्ने थियो।

यसले मलाई म सानो छ दाँ को याद दिलायो जुन बेला म कक्षा ५ मा पढ्ने गर्थे। त्यती बेला हाम्रो कक्षामा यस्तै खाल्को हल्ला चलेको थियो।

एउटा कागज हुन्थ्यो। भगवान को बारेमा के के लेखेको। त्यो पाएपछी आफुले १० वाट अथवा त्यो भन्दा धेरै लेखेर अरुलाई दिनुपर्ने। नत्र आफुलाई न् राम्रो हुन्छ रे भन्ने हल्ला थियो। अनी कसरी कसरी हाम्रो हात मा आइ पुग्थ्यो त्यो पत्र । त्यस पछी टेनसन । लेख्न थालथ्यौ । सरले पढाई राख्नु भएको बेला पनि लुकी लुकी लेखथ्यौ।
अहिले सम्झदा धेरै हाँस उठ्छ । बिचरा हाम्रो तेती बेलाको कलिलो मस्तिस्क ।

2 comments:

  1. i agree with you too. Mero ni kati testo hunthyo. Ahile tara ma jati gare ni testo mail forward gardina. au lai tension hunchha bhanera.............

    ReplyDelete
  2. अरु त ठिकै थियो, उच्च शिक्षित साथीहरु समेतले त्यस्ता मेलहरु पठाएर हैरान पारिसके!

    ReplyDelete