Friday, February 1, 2008

सन्तोष मेरो इशान

'दिदी म तपाईंलाई घरबाट आम्बा ल्याइदिन्छु ल' उसले भनेको थियो 'अनी हाम्रो घरमा कुखुराहरु थुप्रै छन्'
'मलाई आण्डाचाँही नल्याइदिने?'मैले कुरा लम्बाउन भने।
'आण्डा त फुटिहाल्छ नि' उसले जवाफ दियो।

उसको नाम सन्तोष। कक्षा ३ मा पढ्ने विद्यार्थी। म उसको ट्युसन पढाउने दिदी।

यो दुई तीन दिनमा म उसलाई धेरै सम्झन थालें। सम्झना को कारण हिन्दी चलचित्र 'तारे जमिन पर' थियो। जती त्यो चलचित्रको बिज्ञापन हेर्थे त्यती तो फुच्च चे मेरो मस्तीस्कमा नाच्न थाल्यो। मैले त्यो फिल्म हेर्ने निर्णय गरे। मैले फिल्म हेरेँ।
फिल्म हेरुन्जेल म फिल्मको पात्रमा सन्तोषलाई खोजिरहेको थिएँ।

मलाई त्यो फिल्मको पात्र इशान अवस्ती अरु कोइ नभएर त्यही सन्तोष जस्तो लाग्यो। सबै कुर उस्तै। मैले ध्यान आकर्षण गरेको पहिलो कुरा हातमा लगाएको डोरी थियो। त्यो फुच्चे ले जहिले पनि हातमा डोरी लगाउँथ्यो।

'हातमा के लगाएको?' मैले एक पटक सोधेको थिएँ। उसले जवाफ मन्द मुस्कान मात्रै दियो।

सन्तोष इशान जस्तै पढ्नमा कमजोर, हेर्दा दुब्लो र नराम्रो थियो। अक्षर त झन् दुरुस्तै। दुइवटा धर्का लाई काटेर तल माथि गर्ने। तर उसको अबोध गफले गर्दा होला उ मेरो मनपर्ने विद्यार्थी मध्ये एक थियो।

गफ गर्न उसलाई खुब मन पर्थ्यो। पढ्ने बेलामा गफ गर्थ्यो, अरुको गफ सुन्थ्यो कि त अरुले के के गर्दै छ भन्ने हेर्थ्यो । मलाई उसलाई गृहकार्य गराउन धौ धौ पर्थ्यो।

कागजको फुल, चरा बनाउन सिकाउँछु भन्दा एकदम खुशी हुँदै कागजहरु लिएर बसिहाल्थ्यो। उसलाई पढाई भन्दा अतिरिक्त कृयाकलाप गर्न मन लाग्थ्यो।

उसको घर पाल्पा हो। अहिले त्यहिँ पढ्छ रे भन्ने सुन्छु। जहाँ भएपनी इशान अवस्ती को जस्तो हालत नहोस् भन्ने मेरो कामना छ।

Note: I had written this article before some weeks ago. But I couldn't complete it with my whatever reason. But I have learnt a lesson not to leave any article unfinished.

1 comment:

  1. I wish Santosh gets somebody like Ram Shankar Nikumbh.

    ReplyDelete