Friday, February 15, 2008

रङगबाद

छलफल सुरु हुनु भन्दा पहिला 'रङगबाद' बारे केही हल्का कुराकानी भईरहेको थियो मार्टिन चौतारीमा । मैले त झन बुझिरहेको थिइन। मलाई मेरो अनुमान अनुसार रङगबाद रङगमन्चसँग जोडीएको शब्द होला भन्ने लागेको थियो । जे भएपनी म मार्टिन चौतारीको छलफलमा साहित्य सम्बन्धी डा. गोविन्दराज भट्टराईद्वारा प्रस्तुत छलफलमा भाग लिन गएँको थिएँ।

साहित्य सम्बन्धी ज्ञान नभएको तर साहित्यमा रुची भएको हुनाले यही रुचीले मलाई त्यहाँ पुर्याएको थियो। त्यहाँ जानुको अर्को उदेश्य त्रिभुवन विस्व बिद्यालयको प्रोफेसरको लेक्चर कस्तो हुन्छ भन्ने अनुभब पनि बटुल्न मन लागेको थियो ।

छलफल तोकिएको १ घण्टा पछी सुरु भयो । १ घण्टा एक्लै कुर्नु परेपनी छलफल चाख लाग्दो भएकोले २ घण्टा बितेको पत्तो नै भएन।

छलफलको मुख्य बिषय 'रङगबाद'थियो । 'रङगबाद'पछिल्लो समयको कान्छो कबिता आन्दोलन हो । जस्तै कबिताको आयमेली आन्दोलन ।

रङ भनेको बिचार हो। त्यसैले रङ हरु धेरै हुन्छन। 'रङगबाद' भनेको कबिताको नयाँ हाँगाँ हो जसमा फल अनी फुल लाग्नेछ।

कबिताहरु अहिलेसम्म पढ्न र सुन्न सकिन्छ तर 'रङगबाद' कबिता हेर्न पनि सकिन्छ।
रङबदिहरु १ अक्षर र २ अक्षरलाई स्विकर्दैनन किनभने १ अक्षर ले निरन्कुश्त जनाउँछ। २ अक्षर भनेको 'यो' वा ' त्यो' हो भन्ने जनाउँछ । यो छान्नु पर्‍यो वा त्यो छान्नु पर्‍यो । यसले मानिसलाई सिमा तोकाएर बन्धनमा पार्छ भन्ने विश्वाश गर्छन् रङग बादिहरु त्यसैले उनिहरु पुस्तकको सन्ख्य ८० बाट सुरु गरेर ३ सम्ममा अन्त्य गर्छन्।
रङ ग वा द सँग सँगै कविताको वारेमा धेरै छलफल भयो । मेरो धेरै पहिले देखी बसिरहेको प्रश्न हरुको उत्तर पनि पाएँ ।

No comments:

Post a Comment