Thursday, February 7, 2008

झण्डा र अर्थ

मलाई झण्डामा भएको रङ्को समिश्रण र आकृतिहरुको अर्थ हुन्छ भन्ने धेरै पहिलासम्म थाहा थिएन ।
हामी कक्षा ८ मा हुँदा ' हाम्रो राष्ट्रिय झण्डा ' भन्ने पाठ नेपाली किताबमा पढेपछिमात्र थाहा पाएको थिएँ । त्यस पाठमा हाम्रो झण्डा को सुक्ष्म तरिकाले ब्याख्खा गरिएको छ। त्यतिबेला जाँचमा पास हुने तरिकालेमात्र पढिने हुँदा अहिले त्यती सम्झन सकिरहेको छैन।
मलाई झण्डाको बारेमा लेख लेख्न सम्झनुको कारण छ।
'के यो केन्या को झण्डा हो?'मैले केन्याबाट आउनु भएको सर को कोठामा भएको झण्डा देखे पछी सोधेको थिएँ।
उहाँले आफ्नो झण्डाको बयान गर्न थाल्नु भयो।

झण्डामा भएको माथिल्लो भागको कालो रङ्ले केन्यन शारीरिक रङ बुझाउँछ। बिचमा भएको रातो रङ्ले केन्यन जनताहरुले ब्रिटिश साम्रराज्य हटाउन बगाएको रगतको रङ बुझाउँछ। रातो देखी मुन्तिर भएको हरियो रङ्ले केन्या को उर्बरा भुमी जनाउँछ। यसै गरी बिच मा भएको ढाल र भालाले केन्यन जनताले ब्रिटिशहरुसँग लडाइँ खेल्दा चलाएको हातहतियार बुझाउँछ। यि तीन रङ्को बिच मा भएको सेतो रङ्ले शान्ती जनाउँछ।
यि कुराहरु सुनिसकेपछी मलाई हाम्रो झण्डा को याद आयो। के हाम्रो झण्डा घरमा छ? यो प्रश्नको उत्तर खोज्ने क्रम मा धेरै बर्ष पहिला यही प्रश्नले मलाई झण्डा बनाउँन प्रेरित गरेको कुरा सम्झे। सायद म त्यती बेला कक्षा ६ मा पढ्थे। एक दिन मैले एक जना क्यानेडियन को घरमा क्यानडाको झण्डा राखेको देखेर मलाई पनि हाम्रो देशको झण्डा घरमा राख्न मन परेको ले आफै कागजको बनाएर राखेको थिएँ।

झण्डा सम्झने क्रममा मैले त्यो झण्डा कहाँ होला भनी सम्झे। धेरै बर्ष अघिको कुरा, दमकको घरको कुनै झोलाको कापी को च्यापमा हुनसक्छ भन्ने निस्कर्ष निकाले। अनी फेरी सोच्न थाले हाम्रो झण्डामा भएको रङ र अकृतिको अर्थ।
पाठ सम्झिन सकिन। त्यसैले हाम्रो झण्डा को सबै अर्थ निकाल्न सकिन। हाम्रो झण्डा मा भएको चन्द्र र सुर्यले हामी चन्द्र वंसी र सुर्य वंसी हौं र निलो रङ्ले शान्ती बुझाउँछ भन्ने मात्र सम्झें। चन्द्र वंसी र सुर्य वंसी को अर्थ पनि निकाल्न सकिन।
तर एउटा केन्या को मान्छेले मलाई आफ्नो झण्डाको बारेमा सोच्ने प्रेरणा चै दियो ।

3 comments:

  1. Hi. I like the enthusiasm you show to post the articles.Your article reminded me of the school days when we used to study just for the sake of study. Look at the result, we are still confused while interpreting our National flag...Sun in the flag represents the strength and .......of the nepalese which they display it at the appropriate moment while the moon signifies the coolness, calmness of the nepalese. These are supposed to be the two extremes which the people poosess and displayes when required..

    ReplyDelete
  2. The sun represents the dominance of Shah Kings, the moon represents the "mooj masti" of Rana prime-ministers, the red represents the blood of common Nepali people and the blue represents the "hopelessness" of the country.

    Nepali national flag needs to be changed.

    ReplyDelete
  3. why to change flag?????
    yes, red is blood.......i.e the braveness of nepali..........and blue......it's a symbol of Santi.......yes......and white too.......Again in reality sun is far than moon.........but in our flag we have moon in upper place than sun.......it seems that,moon contols the heat /effect of sun........and however at that time.....चन्द्रवंशीले आफु ठूलो देखाउन चन्द्रमा माथि राखेको पनि भनिन्छ ।.................विश्वमै पृथक रहेको झन्डाको शानै बेग्लै छ ।

    ReplyDelete