Friday, June 5, 2009

आरती sleeps


ब्लगगिङको दुनियाँबाट पनि धेरै टाढा भइएछ । शायद रकेटनै लिएर दगुर्ने बेलापो भइसकेछ कि ! सिधा भन्नु पर्दा ब्लग चलाउने पनि अफिसबाट नै हो । घरबाट पनि नचलाउने त हैन तर ईन्टरनेट कुर्दा कुर्दा patience नै भङ भएर पारो तताइ हाल्छ ।

मौका पर्ना साथ फेसबूकमा धान, मकै, टमाटर रोप्न थाल्छु अनी 'पेट सोसाइटी ' मा पैसा कमाउन मेरो गूडीयालाई साथीहरुसँग भेट्न, रङशालामा कुदाउन, बल खेलाउन थाली हाल्छु । अनी ब्लग त ओझेलमा परीहाल्छ । बिचरा ब्लग ।

फेसबूक चलाउने मान्छे यस्तो यस्तो हुन्छ भनेर निकालिएको रिसर्च नपढेको पनि हैन। तर addiction भन्ने कुरा पनि अचम्मको हुदो रहेछ ।

हुँदा हुँदा आफ्नो ब्लगको जन्म महिनाको जन्म दिवस मनाउछु भन्दा भन्दै तेतिकै भयो । यो त अती नै भयो बा !

आरती speaks त आरती sleeps भयो हा हा हा

9 comments:

  1. hoina aarati jee, chasma lagayera chahi na sutnu hola hai!
    :)

    ReplyDelete
  2. साँच्चै एकदमै निष्क्रीय हुनुभयो तपाईँ । कहिले लेख्‍न नआको कुरा लेख्‍नुहुन्छ कहिले नभ्याको कुरा लेख्‍नुहुन्छ । तपाईँको दैनिकिबाहेको विचार पढ्न नपाएको त धेरै पो भयो !!

    ReplyDelete
  3. धेरै सुत्नु भएन, अब त उठ्नु पर्‍यो !
    :)

    ReplyDelete
  4. ढिलै भएपनि ब्लगले दुई वर्ष पूरा गरेकोमा बधाई र आउँदा दिनका लागि शुभकामना!

    साथीहरुको स्वरमा स्वर मिलाऊँछु है म पनि; "धेरै सुत्नु भएन, अब त उठ्नु पर्‍यो !"

    ReplyDelete
  5. Enjoyed reading your blog.....it is nice and think honest... i like photography too ....hehe ... keep on writing... cheerz

    ReplyDelete
  6. हा...उ... ! (नआत्तीनुस है, हल्ला गरेर उठाउन मात्रे खोजेको)

    ब्लगलले दुई बर्ष पुरा गरेकोमा बधाई र निरन्तरताको शुबकामाना :)

    ReplyDelete
  7. लामो समय पछीनै भएपनी
    ब्लगमा आउनुभएकोमा धन्यवाद।
    तर धेरै सुत्नु हुन्नहै?अब उठ्नेबेला भयो।

    ReplyDelete
  8. hahaha nice one, now its about time for you to wake up and post more interesting stuffs..

    ReplyDelete