Monday, October 20, 2008

जाडो आयो !

हिजो एकछिन घाममा बसेर किताब पढ्न क्या रमाइलो भएको थियो । हातमा किताब थियो 'अन्तर्मनको यात्रा ' । सुरु गरेको धेरै दिन भईसक्यो तर पढ्न फुर्सद पाइरहेको थिइन । अब त जाडो मौसम पनि सुरु भईसक्यो अनी जाडो मौसममा घाममा बसेर पढ्न गजब रमाइलो हुन्छ। भ्यएसम्म धेरै भन्दा धेरै किताबहरु पढ्नु पर्ला। तर जती पढ्दै गयो त्यती इम्याजिनेशन चलेर हैरान पार्छ । दिमागमा लेख्ने कुराहरुको ओइरो लागेर ओभर फ्लो जस्तै हुन्छ । फेरी कन्ट्रोल गर्छु अनी पढ्न ध्यान दिन्छु।

हिजो एकछिन सुर्यमा सँग घुमघाम गर्न पनि भ्याएँ नजिकैको गुम्बामा। फोटोहरु पोस्ट गर्न मन लगेर पोस्ट गर्दै छु । काठमाण्डौ ज्यादै रमाइलो छ !










8 comments:

  1. नेपालको जाडोमा के रमाइलो छ भने न्यानो घाम र ताप्न मिल्ने ठाँउ, चाहे त्यो घरको आँगन होस या छाना नत्र चौरमा लडे नि हुने डले नि हुने, सुन्ताला खोल्स्याँउदै र बदाम छोडाँउदै।
    साह्रै याद पो आयो हो!

    ReplyDelete
  2. Sunbath in Kathmandu Winter...WOW... Those pictures are wonderful please post more if u can

    ReplyDelete
  3. जाडो महिना भन्ने बित्तिक्कै बदम लेख्नु पर्यो भनेको त घोतानेले लेखिसकेछन हा हा

    ReplyDelete
  4. 'education always doesnot bring happiness,ignorance sometimes gives bliss indeed'. when i red the book
    "antermanko yatra" i pinched myself
    manytimes. it was really heart touchable. i came to know through that book that life is everything but nothing.
    honestly,how did u feel while reading "antarmanko yatra"?

    ReplyDelete
  5. dear anonymous i haven't finished it reading . i'll tell after finishing it .

    ReplyDelete
  6. ओ,,हो,,नेपालको जाडो सम्झिदा त त्यो असनको म,म,को पो याद आयो मलाई त जाडोमा तातो-तातो म,म, खानु क्या रमाइलो हुन्थ्यो। जे होस उजेलि जी ले प्रसङ उठाउनुभएर हामिहरु जहा भए पनि जाडोको याद दिलाउनु भयो। त्यस्को लागी धन्यबाद,

    ReplyDelete
  7. sangamkirati ji
    म त उजेली परिन है तर कमेन्टको लागि धन्यवाद !

    ReplyDelete
  8. ओ,,,, सरी,,,,,हेर्नु न उजेलि जि लाई पनि कमेन्ट लेख्दै थिए। त्यसैले तपाईलाई पनि उजेलि नै पो भन्न पुगेछु,सरी है आरती जि,,,

    ReplyDelete