Wednesday, October 15, 2008

दाजुको बिहे पछीको कुरा .....


दाजुको बिहे पनि सकियो । सबै जना आफ्नै धुनमा लागिसक्यौ । समय पनि कती चाडै बित्छ । काठमाडौं आएको पनि हिजो अस्ती जस्तो लाग्छ । तिनकुनेमा बसेको हिजो अस्ती जस्तो लाग्छ। आन्टीले दिनु भएको खानेकुरा हरुको झल्झली याद आउछ तिनकुने बस्दा को । अनी स्वयम्भु सरेको पनि भर्खर नै हो जस्तो लाग्छ। ४,५ बर्ष पनि थोरै समय हुँदो रहेछ । अबको दुई तीन बर्षमा त हाम्रो घरमा छुनु मुनु छुनु मुनु गर्ने बच्चा पनि हुन्छ होला कि दाजुहरु कतै बाहिर तिर गएर घरनै उजाड लाग्ने पो हुन्छ कि । भोली के हुन्छ भन्ने कुरा कसलाई पो थाहा हुन्छ र । जे भएपनी सबै जन खुशी अनी सुखी नै होस् यही मेरो कामना हो।

हाम्रो प्यारो भाउजुलाई स्वागत छ हाम्रो सानो छाप्रोमा जहाँ सुख अनी सुबीधा त छैन तर माया नै माया भरिएको छ भन्न चै फरक पर्दैन होला। आन्तिममा, खुशी लागेको छ रक्तपात भएन हाम्रो घरमा। शायद हामी सबैमा मानविय भावना उत्पन्न भईसकेछ । के यो नै हैन र नयाँ नेपालको चाहाना .....

6 comments:

  1. अनि, बिहे चाँहि कुन दिन भा'को हो नि ??? अनि घरना रक्तपात भएन भन्न को मतलब " बली नदिएको" भन्न खोजेको हो ?

    ReplyDelete
  2. आकरजी 'दाजुको बिहेको प्रसङ्ग ' पढ्नु होला अनी मात्र थाहा हुन्छ रक्तपतको बारेमा अनी दाजुको बिहे चै सताइस र २८ गते भएको हो।

    ReplyDelete
  3. निकै रमाईलो भए जस्तो छ नि दाजुको बिहेमा ।

    ReplyDelete
  4. This is a great blog.

    I have created a Nepali social bookmarking site like digg.com. Its goreto.co.cc . You can share your blog posts on this and get more traffic to your site.

    I would like to invite you to join this site goreto.co.cc and start sharing news now.

    ReplyDelete
  5. दाजुको बिहे त रमाइलो भयो नि ! सारी लाएर कुद् न सिकियो तर चप्पल चाँही फ् ल्याट मा है

    @ sudip and sujan kafle
    May be I will join some day...

    ReplyDelete
  6. Congratulations to the newly wed couple and best wishes for a very happy married life.

    ReplyDelete